प्रितिका थापा
विदुर\बन्दाबन्दीका कारण नियमिति औषधि खानुपर्नेहरूलाई खरिदका लागि समस्या उत्पन्न भयो । नागरिकहरूको यही समस्याका लागि स्थानीय सरकारले आफै औषधि खरिद गरेर खुवाउन थालेको छ । नुवाकोटको केही स्थानीय सरकारले थालेको यो कार्यका कारण नागरिकहरूलाई केही सहजता महशुस भएको छ ।
नुवाकोटको तादी गाउँपालिकाले सुरुवात गर्दै त्यहाँका नागरिकहरूलाई निःशुल्क औषधि खुवाउन थालेको छ ।
एक महिनाको लागि निःशुल्क औषधि उपलब्ध गराएपछि सिंहदरबारको अधिकार घरमै आएको अनुभुति भएको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका जयराम खनाल बताउनुहुन्छ । बन्दाबन्दीका कारण आफुले नियमित खाइरहेको औषधि किन्न जान समस्या भइरहेको बेलामा गाउँपालिकाले घरमै औषधि पु¥याउन आएको उनी सुनाउँछन् ।
नियमित औषधि सेवन गर्नुपर्ने नागरिकहरूलाई समस्या परेको देखेर नुवाकोटका स्थानिय तहहरूले मागको आधारमा औषधि उपलव्ध गराउन थालेको छ ।
उच्च रक्तचाप, सुगर, मुटु रोग, मानसिक रोग, दम लगायतका दीर्घ रोगका औषधी अस्पतालले सिफारिसका आधारमा नागरिकहरूलाई उपलब्ध गराउन थालेको हो । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले अहिले ५१ जनालाई गाउँपालिकाले औषधि खुवाइरहेको बताए ।
नुवाकोटको तादी गाउँपालिका सुरु गरेको यो अभियानालई अरु गाउँपालिकाहरूले पनि सुरुवात गर्न थालेको छ । दुप्चेश्वर र सुर्यगढीले पनि नागरिकहरूलाई औषधि खुवाउन थालेको छ । ति दुवै गाउँपालिकाले नियमित औषधि सेवन गर्दै आइरहेका आफ्ना नागरिकहरूलाई एक महिनाको औषधि उपलव्ध गराउन थालेको दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले बताए ।
नुवाकोटकै अर्को स्थानीय तह किस्पाङ गाउँपालिकाले पनि नियमित औषधि प्रयोग गर्दै आएका बिरामीहरूलाई औषधि खुवाई रहेको छ । यसरी औषधि उपलब्ध गराउँदा नागरिकहरूको चहलपहल कम हुने बुझाई गाउँपालिका अध्यक्ष छत्र लामाको छ । औषधि किन्नकै लागि नागरिकहरू लकडाउनको अवधिमा त्रिशुलीसम्म जानुपर्ने र त्यसले जोखिम बढाउने भन्दै गाउँपालिकाले यो अभियान सुरु गरेको लामाले बताए ।
नियमिति खानुपर्ने औषधि सकिएको र खरिद गर्नका लागि बजार जान बन्दाबन्दीले अप्ठ्यारो पार्दै आएको थियो । अझै काठमाडौंनै पुगेर औषधि ल्याउनु पर्ने नागरिकहरूको त केहि दिन औषधिनै छुटिसकेको थियो । अब स्थानीय सरकारले थालेको यो गतिविधिले नुवाकोटका नागरिकहरूलाई केही राहत महशुस भएको छ ।
No comments:
Post a Comment