Monday, January 06, 2020

ऐतिहासिक पद यात्रा नुवाकोट आइपुग्यो

विदुर\नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ । गोरखा दरबारबाट सुरु भएको ‘एकीकरण टर्च’ ¥याली आइतवार नुवाकोट आइपुगेको छ ।
सामरी भञ्ज्याङबाट नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै आइतबार राती पृथ्वीनारायण शाहले निर्माण गरेको नुवाकोटको साततले दरबारमा ‘एकीकरण टर्च’ ¥याली आइपुग्ने कार्यतालिका छ ।
तालिका अनुसार नुवाकोट दरबार परिसरमा आज सोमवार विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च’ ¥याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हँुदै काठमाडौँस्थित सिंहदरबार परिसरको पृथ्वीनारायण शाहको शालिकसम्म पु¥याइने छ । त्यहाँ विशेष कार्यक्रम गरी ¥यालीको समापन गरिने तालिका छ ।
गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते उक्त टोली काठमाडौं पुग्ने छ । पदयात्रामा गोरखाको रणसिंह दल, धादिङ्गको देवीदत्त गण र नुवाकोटको जबरजङ्ग गण सहभागि छन् । गोरखाबाट आइरहेको टोलीले धादिङको देवीदत्त गणलाई टर्च र झण्डा बुझाएको छ । त्यस्तै त्यहाँबाट नुवाकोटसम्म देवीदत्त गणकै टोलीले बाजागाजा सहित झण्डा र टर्च नुवाकोट ल्याएकोे छ ।
काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ । नुवाकोटको टोलीले बुझाएको टर्च र झण्डा लिएर काठमाडौंको पल्टन पृथ्वी जयन्तीमा (पुस २७) सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ । सेनाले ऐतिहासिक पदमार्ग पहिचान, विकास र संरक्षणमा सहयोग गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० मा उक्त पदमार्गमा पर्यटक र पदयात्री भित्र्याउन अभियान सफल हुने बताइएको छ ।
गोर्खाली फौजले वि.सं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ ।
जबरजङ्ग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेका अनुसार ‘एकीकरण टर्च’ ¥यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिएकाले नेपाल एकीकरणको स्मरण गराई अहिलेका युवा पिँढीलाई देशभक्तिको भावना जगाएर राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

सातबिसेमा पनि गोरु जुधाईने

खरानीटार\तादी गाउँपालिका वडा नं. ४ सातविसेमा यो पालीको माघेसंक्रान्तिबाट गोरु जुधाई मेला सुरु हुने भएको छ ।
नुवाकोटमा गोरु जुधाएर माघे संक्रान्ति मनाउने चलनको पछिल्लो प्रयोग सातविसेमा गर्न लागिएको हो । यो सालबाट सुरु हुने मेलाले सबै माघे संक्रान्तिमा निरन्तरता पाउने आयोजकले जनाएका छन् । स्थनायी नागरिकहरूको सक्रियतामा मेलाको आयोजना हुन लागेको हो । सातविसे बजारको पुछारमा रहेको सार्कीबगरमा गोरु जुधाई हुने र त्यसका लागि कृषहरूले गोरुको दर्ता सुरु गरेको बताइएको छ ।
नुवाकोटको तारुका, बेत्रावती, घलेभञ्याङ, लिखुको कट्टिछापमा माघे संक्रान्तिका दिन गोरु जुधाई मेला हुँदै आएको छ । यसै बीच, तारुकामा माघे संक्राान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन भएको छ । भोजबहादुर भण्डारीको अध्यक्षतामा १२ सदस्यिय मेला सञ्चालन समिति गठन भएको हो ।
कोषाध्यक्षमा मदन श्रेष्ठ, सदस्यहरूमा चन्दमान श्रेष्ठ, विष्णु श्रेष्ठ, कृष्णमान श्रेष्ठ, चूडाबहादुर बखेल, शिवराम अधिकारी, बदी प्रसाद ढकाल, लक्ष्मण प्रधान, राजकुमार श्रेष्ठ र अर्जुन भण्डारी छन् ।
बेत्रावतीमा पनि गोरु जुधाईको मेला व्यवस्थापनको लागि समिति बनाउने तयारी भइरहेको छ । यो पालीको कार्यक्रमलाई अझ व्यवस्थित गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउन यस पटकको माघे संक्रान्तिको मेलालाई प्रयोग गरिने स्थानीय अष्टमान डंगोलले बताए । 

नास्टको प्रतिवेदनमा असहमती

विदुर\ककनी गाउँपालिकामा रहेको सिसडोलमा भईरहेको फोहोर व्यवस्थापनलाई लिएर नास्टले सार्वजनिक गरेको तथ्य प्रति सिसडोल बञ्चरे सरोकार समिति आक्रोशित भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन र अनुसन्धान गरी सो क्षेत्रमा खासै समस्या नरहेको प्रतिवेदन  सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाले नास्टलाई दिएको जिम्मेवारी अनुसार नास्टले गत असोजदेखि सिसडोल क्षेत्रमा अध्ययन गरेको थियो ।
सिसडोल क्षेत्रमा बग्ने पानी र भूमिगत सतह, गन्धमापन, ग्यास, धुलोको कण, फोहरको लेदो लिचेत, आँखाले देखिने वा नदेखिने वस्तु, चराचुरुङ्गी, माछा, जनावर आदिको अध्ययन गरी यस क्षेत्रमा खासै समस्या नरहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नुवाकोटका पाँच पत्रकारलाई सम्मान र पुरस्कार

अतिथि तथा सम्मानित÷पुरस्कृत पत्रकारहरू । तस्बिर : सरोज
विदुर\नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले दुई जना पत्रकारलाई सम्मान र तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
शुक्रवार विदुमा आयोजित सम्मान तथा पुरस्कार अर्पण समारोहमा केन्द्रिय अध्यक्ष गोविन्द आचार्यबाट सम्मान र पुस्कार प्रदान गरिएको हो । २०३८ सालबाट पत्रकारिता पेशामा सक्रिय माधवप्रसाद खनालदेखि सात वर्षअघि पत्रकारिता आरम्भ गरेका बसुधा केसीसम्म सम्मानित र पुरस्कृत भएका छन् । सम्मानित हुनेहरूलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत  पत्रकारले ११ हजार १११ रुपैयाँ सहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ । सम्मानित  पत्रकारमा नयाँ रुपरेखा साप्ताहिकका संस्थापक प्रकाशक÷सम्पादक माधवप्रसाद खनाल (सञ्चार उद्यमी सम्मान–२०७६) र सुन्दरादेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक किरणप्रसाद अधिकारी (दिर्घ सेवा सम्मान–२०७६) छन् ।
यस्तै, पत्रकार मोहनविक्रम ध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७६ त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट गोरखापत्र दैनिक तथा न्युज २४ टिभिका जिल्ला सम्वाददाता रामहरि गजुरेल र महिला पत्रकारिता पुरस्कार–२०७६ बाट सगरमाथा टिभिका समाचार वाचिका बसुधा केसी पुरस्कृत भएका छन् ।
यि तीन वटै पुरस्कार नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पोहोर स्थापना गरेर प्रदान गर्न थालेको अध्यक्ष कपिलदेव खनालले जानकारी दिए । पुरस्कारको नगद राशी सौजन्य क्रमशः डबली खबर डट कम, नुवाकोट जेसिस र त्रिशुली प्रबाह साप्ताहिकले गर्दै आएको छ ।
कार्यक्रममा माधवप्रसाद खनालले आफुले जवानीमा यही पेशाका कारणले पाएको हैरानी र जेलनेललाई सम्मानले भुलाएको बताए । ‘नयाँ पुस्ताले यसरी मेरो कामको मुल्याङ्कन गर्दा र मेरा दुःखका गाथाहरूलाई सम्मानमा परिणत गर्लान् भन्ने सोचेको थिइन’ खनालले भने । यस्तै सम्मानित पत्रकार किरणप्रसाद अधिकारीले आफुले पहिलो पल्ट २०५५ सालमा त्रिशुली स्कुलमा आयोजित फुटबल प्रतियोगिताको समाचार लेखेर रुपरेखा साप्ताहिकमा प्रकाशन गराएको स्मरण गरे । ‘जीवनका उर्वर समय यही पेशामा खर्च भएछ, मेरो यो समय खर्चको पनि केही मुल्य छ भनेर सम्मान दिने पत्रकार महासंघ प्रति आभारी छु’ अधिकारीले भने ।
पुरस्कृत पत्रकार नवदीप श्रेष्ठले आफुले त्रिशुली प्रबाह साप्ताहिकमा गाउँ बस्दा ताकानै समाचार लेखेर पठाउने गरेको स्मरण गरे । ‘१८ वर्ष अघि समाचार लेखेर हुलाक मार्फत् पत्रिकालाई पठाउथें, श्रेष्ठले भने– अब त अहिलेको यो समयमा हामीले सुरु गरेको पत्रकारिताको अभ्यास पनि रुची पुर्वक सुनिने सामाग्री बनिसकेछ ।’
पुरस्कृत अर्का पत्रकार रामहरि गजुरलले आफु जन्मनुपुर्व पत्रकारितमा लागेका माधवप्रसाद खनाल सम्मानित भएको मञ्चमै आफु पुरस्कृत हुनु भाग्यको विषय रहेको बताए । ‘आज छाती फराकिलो मात्रै भएको छैन, जीवनभरि पत्रकारिता गर्ने गौरवपूर्ण भारी बोक्न पाएको छु’ गजुरलले भने । पत्रकार बसुधा केसीले आफुले प्राप्त गरेको पुरस्कारले पेशाप्रति थप जिम्मेवारी सुम्पेको महाशुस गरेको बताए ।
नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जीवनभरि नागरिकहरूको पक्ष र हकका लागि आग्रणी भूमिका निर्वाह गरिरहने पत्रकारहरूलाई नागरिक संस्थाबाटै सम्मान र आदारको खाँचो परिरहेको बताए । ‘त्यसैले पनि पत्रकार महासंघ जस्तो अग्रणी नागरिक संस्थाले समाजमा योगदान दिएका र दिइरहेका श्रमजिवीहरूको सम्मानमा हामी निरन्तर रहने छौं’ उनले भने ।
पत्रकारले सञ्चालन गरेको मिडिया लोकतन्त्रको जग
श्रमजिवी पत्रकार आफैले सञ्चालन गरेको मिडियालाई बलियो बनाउनु पर्ने पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताए । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले स्थानीय सञ्चार माध्यमहरूले स्थानीय नागरिकको बास्तविक जीवनलाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने भएकोले राष्ट्रिय सञ्चार माध्यमसंग तुलना गर्न नमिल्ने बताए ।
पत्रकारले चलाउने र धनाढ्यले  चलाउने मिडियामा फरक रहेको उनले बताए । ‘पत्रकारले नै सञ्चार गरेको मिडियाले जनताको कुरा बोल्छ, केही सञ्चार माध्याम छन्, जो अन्य श्रोत प्रयोग गरेर सञ्चालनमा छन्, तिनीहरू कर्तुत लुकाउन मात्रै मिडिया सञ्चालन गर्छन्, आचार्यले भने– त्यसैले पनि पत्रकार
आफै सञ्चालक रहेको मिडियाहरू वास्तवमै लोकतन्त्रको जग हो ।’
औपचारिकतामा आधारित भन्दा खोजी गरेर तयार पारिएको समाचारको महत्व धेरै भएकोले गुणस्तरीय समाचार उत्पादनको लागि महासंघले पत्रकारहरूलाई विभिन्न किसिमका तालिमहरूको आयोजना गरिने केन्द्रिय अध्यक्ष आचार्यले बताए । ‘हामीले आउँदो माघदेखि २०७७ को पुसम्को एक वर्षलाई नेपाल पत्रकार महासंघको तालिम वर्ष घोषणा गरेका छौं, त्यसको लाभ नुवाकोटका पत्रकारहरूले पनि पाउने छन् ।’ समाजमा कलह निम्ताउने खालको र गलत समाचार लेख्ने पत्राकार कोही छ भने सिधै पत्रकार महासंघमा जानकारी गराइदिन समेत उनले आग्रह गरेका छन् ।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले इमान्दारीताको साथ निष्पक्ष रुपमा रहेर आफ्नो ‘कलमी तागत’ देखाउन आग्रह गरे । मेयर पण्डितले जनप्रतिनिधि, कर्मचारी तथा संघसस्थाले गरेको राम्रा पक्षको बयान भन्दा पनि नागरिक हित विपरित कतै काम भइरहेको छ भने त्यस्ता विषयवस्तुप्रति खवरदारी गर्न पत्रकारलाई उनले आग्रह गरेका छन् । ‘हामी जनप्रतिनिधिले नदेखेका कुरालाई पत्रकारहरूले निर्भिकताका साथ औल्याउनु पर्छ, हामी सुधार गर्छौं’ पण्डितले भने । 
प्रेस युनियनका केन्द्रिय महासचिव अजयबावु सिवाकोटीले आफ्नो पेशासँगै नागरिकको वाक स्वतन्त्रताको पक्षमा रहेको कानून मात्रै पत्रकारहरूलाई मान्य हुनेछ भनेर सरकारलाई घचघच्याइरहेको बताए । सरकार नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा उभिन खोजेको भन्दै सच्चिन उनले चेतावनी दिए । ‘पत्रकार महासंघ र प्रेस युनियन यस्ता कुराहरूको निरन्तर खवरदारीमा छ, उनले भने– पत्रकारले स्वतन्त्रता प्राप्त गरेर मात्रै हुँदैन, नागरिकहरूको स्वत्नत्रता खुम्चिएको छ भने पनि त्यो हाम्रा लागि साझा सवाल हो ।’
यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नम्बरर ३ का महासचिव कृष्ण सारु मगरले पत्रकारिताप्रति सरकारको दृष्टिकोण साँघुरो हुदै गएको बताउनुभएको छ । सरकारको विपक्षमा पत्रकार लाग्यो भनेर नेताहरू आफ्नो झोलामा पत्रकार र मिडिया बोकेर हिडिरहेको उनले बताए । ‘पत्रकार महासंघमा नेतृत्व गर्नका लागि दलगत रुपमा संगठन खडा गरेर पत्रकारहरूमा ल्याइने विभाजन राम्रो होइन, यो भन्दा माथी उठेर हामी सबै पत्रकारले समाजका लागि, एक÷एक नागरिकका लागि पत्रकारिता गरौं’ उनले भने । 
    कार्यक्रममा पर्यटन तथा होटल व्यवसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले पेशामा निरन्तर लागिरहेका पत्रकारहरूको सम्मान र पुस्कारले जिल्लाको गरिमा बढेको बताए । उनले पर्यटनको क्षेत्रका कमल चलाउने जिल्लाका पत्रकारलाई पुरस्कार प्रदान गर्न आफुहरू तयार रहेको घोषणा गरे ।
नेपाल वार एशोसियसन नुवाकोटका जिल्ला अध्यक्ष देवराज कँडेलले अग्रर र क्रियाशिल पत्रकारहरूको जम्माले जिल्लाले नै सम्मान प्राप्त गरेको महशुस भएको बताए । गैर सरकारी सस्था महासंघ जिल्ला अध्यक्ष मिनकुमार केसीले नागरिक संस्था मध्येको अग्रणी संस्था पत्रकार महासंघले जिल्लामा सञ्चालन गरिरहेको नागरिक अभियान र पेशको संरक्षण र विकासका कार्य अन्य संस्थाहरूलाई समेत नमूना रहेको बताए ।
नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारी अझै पनि क्यामेरा देखाएर धम्याएको भरमा केही पत्रकारहरूलाई निर्णय व्यवसायीसंग रकमको मोलमोलाई गरिरहेको बताए । उनले केही पत्रकारहरूको त्यस्तो हर्कतका कारण प्रतिष्ठित पत्रकारिता पेशाको गरिमामा आँच आउन सक्ने भन्दै सुधार्न र सुध्रन आग्रह गरे ।
सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा नेपाल नागरिक समाज नुवाकोटका अध्यक्ष बाबुराम लामिछाने, प्रेस संगठनका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य शिव देवकोटा, प्रेस संगठनका केन्द्रिय सदस्य विष्णु तारुके, नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारी, जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख न्यायधीवक्ता गोपाल ढकाल, प्रेस संगठन नुवाकोटका अध्यक्ष भोलाराज पौडेल, पत्रकार महासंघका केन्द्रिय सभाषद्हरू ध्रुवकुमार रावल, बद्री प्याकुरेल, नुवाकोट जेसिसका अध्यक्ष दुर्गाराज पाठक लगायतले समयसँगै समाचार तथा सूचना सम्प्रेशण गर्ने माध्यमहरूमा भइरहेको विकासलाई आत्मसाथ गर्दै पत्रकारहरूले आफुलाई विकास गर्नुपर्ने तर्क राखे । 

तस्बिर खबर

निर्माण हुँदै गाउँको सिंहदरवार ! : नुवाकोटको दुप्चेश्वर गाउँपालिका कार्यालय भवन मंगलवार समुन्द्रटारमा शिलान्यास गर्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ (बीचमा), गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ (दाँया) र उपाध्यक्ष अञ्जु आचार्य (बाँयाँ) । गाउँपालिकाको २४ कोठाको तीन तल्ले पक्की भवन निर्माणको लागत दुई करोड १६ लाख रुपैयाँ रहेको छ ।  –प्रितिका थापा

गरिवी न्यूनिकरणमा सहकारीको भूमिका

नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठ । तस्बिर :सुजित\इमेज
विदुर\ग्लोवल उपभोक्ता सहकारी संस्था बट्टारले शनिवार आठौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभालाई सम्बोधन गर्दै विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठले राज्यको विकास निर्माण र गरिवी न्युनिकरणको लागी सहकारीहरूको उल्लेख्य योगदान रहेको बताए । उनले सहकारीहरू आर्थिक मेरुदण्डको रुपमा गाँउगाँउमा उभिएकाले सरकोको आथिृक विकासको योजनामा सघाउ मिलिरहेको बताए । वडा अध्यक्ष श्रेष्ठले त्यसका साथै नाफामुखी भन्दा पनि सेवामुखी भई स्वरोजगार सिर्जना गर्ने कार्यक्रमहरू अगाडी ल्याउनु अबको आवश्यकता भइसकेकोमा समेत  जोड दिएका छन् ।
   पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले सहकारीहरूको सहयोग र भुमिका भुईमान्छेहरूका लागि महत्वपुर्ण हुने भएकाले कृषि तथा पशुपालनमा लगानी गर्न सुझाव दिए ।
२०६८ सालमा २५ जना युवाहरूको समुह बनाई मासिक एक हजार रुपैयाँ बचत मार्फत सुरुवात भएको सहकारीले हाल १४ सय २४ जना सदस्य मार्फत १ करोड रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । गएको आ.व.मा ५ करोड ५५ लाख रुपैयाँ बचत रकम गरी ग्लोबल उपभोक्ता सहकारी संस्थाले ५ करोड ९५ लाख रुपैयाँ ऋण लगानी गरेको थियो ।
उत्कृष्ट बचतकर्ताहरू मोहनकुमारी दाहाल, विन्दामाया चित्रकार र पुर्णबहादुर राईलाई सम्मान गरेको छ । दैनिक उत्कृष्ठ बचतकर्ता तर्फ जयन्त सेढाई र टिकाप्रसाद श्रेष्ठलाई पनि सम्मान गरेको छ । उत्कृष्ट ऋणी शम्सेर बहादुर तामाङ, गणेश राई र नानीमैया पाण्डे, उत्कृष्ठ बाल बचतकर्ता आशिक राई पनि सम्मानित भए ।
उक्त सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद रिमाल, पुर्व अध्यक्ष सुर्दशन दुवाल, ग्लोवल ग्रुपका पवन नेपाल, भैरबी एकेडेमीका प्रिन्सिपल रामप्रसाद दाहाल, राष्ट्रिय सहकारी बैंकका रुपा प्याकुरेल, सहकारी सञ्चालक समिति सदस्य रघुनाथ रिमाल, सक्षम सहकारीका अध्यक्ष धनबहादुर श्रेष्ठलले मन्तब्य राखे । 

सहकारी मार्फत् नै विकास

विदुर\जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको २७ औं वार्षिक साधरण सभा गएको सोमवार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले सहकारी मार्फत ग्रामीण क्षेत्रको आर्थिक विकास हुने विश्वास व्यक्त गरे । उनले सहकारीलाई बस्ती÷बस्ती सम्म पुराउन सके आम नागरिकहरूले सहुलियत व्याजमा ऋण लिएर व्यवसाय सञ्चालन गर्न सक्ने बताए ।
      प्रदेश सांसद केशव पाण्डेले सहकारीले देशको आर्थिक उन्नतिमा टेवा पु¥याएको बताए । एउटै व्यक्ति धेरै सहकारीको सञ्चालक हुँदा सोचे अनुसारको प्रतिफल सहकारीले लिन नसकिरहेको पनि उनको भनाई छ । पछिल्लो समय सहकारीहरू बचत तथा ऋणको कारोबारमा मात्रै नभई ब्यबसायिक क्षेत्रमा समेत लाग्नु पर्ने सुझाव उनले दिए ।
जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको अघिल्लो वर्ष २५८ वटा सहकारी संस्था सदस्य रहेकोमा अहिले २६८ पुगेको छ ।
साधारणसभाले जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा संयोजक नारायण श्रेष्ठले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्बसम्मत रुपमा पारित गरेको छ । सभाले संघको रिक्त रहेको एक सदस्य पदमा दुइपिपल साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष पबित्रा घिमिरे सर्बसम्मत निर्वाचित गरेको छ ।  

दुर्घटनामा चालकको मृत्यु

विदुर\नुवाकोट ककनी गाउँपालिका वडा नं. ४ रानिपौवा नाकेढुङ्गामा बिहिवार भएको सवारी साधन दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा टिफर चालक बेलकोटगढी नगरपालिका वडा नं. १३ बराहीका  २२ वर्षिया अजय लामा छन् । ३५ किलाबाट बालुवा बोकेर काठमाडौं जादै गरेको बा २ क ३७११ नम्वरको टिफर सडक देखी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

घेदुङको चार पालिकामा समिति

विदुरमा नगरपालिका अधिवेशन उद्घाटन समारोह । तस्बिर : रोशन 
विदुर\नेपाल तामाङ घेदुङले नुवाकोटको स्थानीय तहमा आफ्नो कार्य समिति विस्तार थालेको छ ।  शनिवार विदुर नगरपालिका सहित विभिन्न पालिकाहरूमा सर्वसम्मत रुपमा कार्य समिति गठन भएको छ ।
विदुर नपाको प्रथम भेलाले प्रल्हाद तामाङको अध्यक्षतामा कार्य समिति गठन गरेको छ । उपाध्यक्ष सुशिला वाइवा र वुद्धिबहादुर तामाङ, सचिव दुर्गामाया तामाङ, कोषाध्यक्ष बिरबहादुर तामाङ र सह सचिव सागर तामाङ छन् । सदस्यहरूमा फुलमाया, शंखबहादुर, तुलबहादुर, भिमबहादुर, शेरबहादुर, सरोज, इन्दिरा, कृष्णबहादुर, श्रीवली, विकास र दउत तामाङ छन् ।
बेलकोटगढी नगरपालिकामा भिमबहादुर तामाङको अध्यक्षतामा १७ सदस्यिय, तादी गाउँपालिकामा दीपक तामाङको अध्यक्षतामा ११ सदस्यिय र दुप्चेश्वर गाउँपालिकामा कले तामाङ अध्यक्षतामा १७ सदस्यिय कार्य समिति निर्विरोध रुपमा चयन भएको छ ।
नेपाल तामाङ घेदुङ संघिय परिषद् सदस्य जयमान वाइवा तामाङले विदुरको कार्यक्रममा बोल्दै तामाङहरूको संस्कृति र परम्परा अतिक्रमणमा परेको बताए । आदिवासीको हकका लागि लडेको बताउने राजनीतिक दल र नेताहरू नै आदिवासी जनजातीको कला र  संस्कृतिको तेजोवोध गर्न तर्फ केन्द्रित रहेको उनको भनाई छ । पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले नुवाकोट र रसुवा तामाङ समुदायको आदिभुमी रहेपनि तामाङको इतिहासमा छाया पार्ने काम भएको बताए । पृथ्विनारायण शाहसंग जोडिएका पक्षसंग मात्रै गर्व गर्ने नुवाकोटको संस्कृतिले त्यस अघिका घले÷तामाङ राजाको कालखण्डको ईतिहास र योगदानको अवमुल्य भइरहेको उनको तर्क छ । कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश परिषर सदस्य सोमबहादुर तामाङले तामाङ समुदायसंग रहेको संस्कृति र निधिलाई नेपाल भ्रमण वर्षमा सरकारले सदुपयोग गरेर ‘क्यास इन’ गर्न सक्नुपर्ने बताए ।  

भ्रमण वर्षमा नदी सफाई अभियान

बेत्रावती\त्रिशुली नदीको सरसफाई गदै नुवाकोटमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को सुरुवात भएको छ । बेत्रावती उत्तरगयाधाम स्थित ऐतिहासिक एवम धार्मीक महत्वको त्रिशुली नदीमा एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सरसफाई कार्यक्रमको उद्घाटन गरे ।
नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखिएको छ । नेपाल भित्रिएका पर्यटक मध्ये १० प्रतिशत नुवाकोट र रसुवामा भित्र्याउने लक्ष्य रानखिएको छ । भ्रमण वर्षमा जिल्ला आउने पर्यटकलाई आकर्षित गर्न पर्यटकीय सम्पदाहरूको सरसफाइ र प्रचारप्रसारमा जोड दिनु पर्ने धारण सरकारवालाहरूले राखेका छन् ।
भ्रमण बर्षको सुरुवात गर्दै नेतुत्व वर्ग, उधोग वाणीज्य सघ लगायत सबै सरकारवालाको सामुहिक प्रयासबाट भ्रमण बर्ष सफल हुने कार्यक्रममा सहभागीले बताए । नेपालको आर्थिक सम्बृद्धिको प्रमुख आधारको रुपमा पर्यटन क्षेत्रलाई क्षेत्रलाई स्थापित गर्न संकल्प सहित सरकारले भ्रमण बर्ष मनाउदै छ ।
कार्यक्रममा समन्वय समितिका उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल लगायतका जनप्रतिनिधिहरूको सहभागिता थियो ।

सामाजिक सञ्जालबाट

नुवाकोट रिवाज फाउन्डेसनले चतुरालेको ब्रम्हायणी आधारभुत बिद्यालयमा वितरण गरेको न्यायो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण गर्दै राप्रपा संयुक्तका प्रवक्ता जनकराज पाठक, साथमा फाउन्डेसनका अध्यक्ष एवं मिसेज हेरिटेड–२०१९ दुर्गा बिसुराल । बिद्यालयका अध्यनरत ११० जना बिद्यार्थीहरूलाई फाउन्डेसनले न्यानो कपडा बितरण गरेको हो । सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको फाउन्डेसनले बिभिन्न बिद्यालयमा शैक्षिक सामाग्री र कपडा बितरण गरिरहेको छ । 

भाडावालाको विवरण प्रहरीलाई

विदुर\जिल्ला प्रशासन कार्यालय नुवाकोटले घर वा कोठा भाडामा लगाउँदा भाडामा लिनेको परिचय खुल्ने सहितको विवरण प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।
घरभाडामा लिएर आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाईएको हुँदा त्यस्ता गतिविधिलाई नियन्त्रण गरि नागरिकको जीउधनको सुरक्षाको प्रत्याभुति गर्न उक्त विवरण प्रहरीलाई बुझाउन निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आग्रह गरे । व्यक्ति, संस्था र कार्यालयको परिचय खुल्ने कागजात सहितको विस्तृत विवरण तथा जानकारी प्रहरीलाई उपलब्ध गराउन अनिवार्य भनिएको छ । यो संगंसंगै प्रहरीले पनि घरभाडामा बस्ने र छाड्नेहरूको विवरण अद्यावधिक गर्न थालेको बताइएको छ । 

अण्डा औषधि पनि हो

त्रिशुली\सातौँ पोल्ट्रि दिबसरको अबसरमा जिल्ला अस्पताल त्रिशुलीमा रहेका बिरामीहरूलाई अण्डा बितरण गरिएको छ ।
अण्डा ब्यबसायी संघ र पोल्ट्रि ब्यबसायी संघ नुवाकोटले जिल्ला अस्पताल त्रिशुलीमा रहेका सबै बिरामीहरूलाई एक÷एक क्रेट अण्डा बितरण गरेको हो । एक दिन होईन, हरेक दिन अण्डा भन्ने नारा सहित ब्यबसायीहरूले बिरामीहरूलाई अण्डा बितरण गरेको हो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शरिरलाई चाँहिने प्रोटिनको मात्रा पु¥याउन अण्डा खानै पर्ने बताए ।
फरक प्रसङ्गमा उनले जिल्ला अस्पताल त्रिशुलीको बिकासको लागी आफु प्रतिबद्ध रहेको समेत बताए । प्रदेश सरकारको मातहत रहेको जिल्ला अस्पताल त्रिशुलीको लागी कर्मचारी आबासिय भवन निर्माणमा बिद्युत प्राधिकरणसँगको जग्गा माग गर्दै आएको प्रमुख पण्डितले बताए ।
कार्यक्रममा जिल्ला अस्पताल त्रिशुलीका डक्टर राजेन्द्र गुरुङले बिरामीहरूले औषधिको रुपमा अण्डा सेबन गर्नु पर्ने बताएका छन् । प्रत्येक दिन अण्डा सेबन गरेमा प्रोटिनको कमीले हुने रोगको निदान घरमै गर्न सकिने उनले बताए ।

बट्टारमा मुक्तिनाथ बिकास बैंकको शाखा

बट्टार\मुक्तिनाथ बिकास बैंक लिमिटेडको शाखा कार्यालय बट्टारमा स्थापना भएको छ ।
मुक्तिनाथ विकास बैंकले बट्टारमा सम्पुर्ण बैकिङ सेवा सहितको शाखा शनिवार उद्घाटन गरेको हो । बिभिन्न जिल्लामा एकै साथ १८ वटा शाखा कार्यालयको उद्घाटन गरेको बट्टारका शाखाका प्रबन्धक माधब अधिकारीले बताए ।
असोजबाट शाखाको कारोबार सुरु गरेपनि शाखा कार्यालयको उद्घाटन अहिले गरेको हो । हाल सम्म १ करोड भन्दा बढि निक्षेप संकलन गरेको उक्त शाखाले ५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको शाखा प्रबन्धक अधिकारीले बताए । नुवाकोटमै झण्डै आठ सय ग्राहक रहेको बिकास बैंक मध्येको पहिलो बैंक मुक्तिनाथ बिकास बैंकले बिना धितो ७ लाख रुपैयाँसम्म ब्यबसाय अनुरुप कर्जा प्रबाह गरिरहेको छ ।
बैंकको १४ औँ बार्षिक उत्सबको अबसरमा शाखा कार्यालयको उद्घाटन गरेको जनाएको छ । २०६३ सालमा पुष १ गते स्याङ्गजा बजारमा स्थापना भएको बैंकको केन्द्रिय कार्यालय काठमाडौँमा छ । मुक्तिनाथ विकास बैंकले देशैभरि रहेका आफ्ना १३४ वटा शाखा, २२ वटा एटीएमबाट करिब सात लाख बढी ग्राहकलाई आधुनिक बैङ्किङ, ग्रामीण बैङ्किङ र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैङ्कास्योरेन्स, आस्बा, एटीएम कार्ड सेवा, एबीबीएस जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।

नगरको ‘करियर’ परमर्श

गेर्खु\विदुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सुन्दरी क्यौरिनी माविमा ‘करियर’ परमार्शको कक्षा सञ्चालन गरेको छ । कक्षा ९ र १० का बिद्यार्थीहरूलाई भबिष्यको योजना निर्माण गर्न सहयोग गर्नको लागी परामर्शको अभियान सञ्चालन गरेको बताइएको छ ।
नगरपालिका भित्र माबि सञ्चालन भएका सबै बिद्यालयमा नगरपालिकाले यो अभियान सञ्चालन गर्ने शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयका बिद्यार्थीहरूलाई उच्च शिक्षा अध्यायनको लागी छात्रबृत्तिको ब्यबस्था गरेको बताए । राज्यले नै सामुदायिक बिद्यालयका बिद्यार्थीहरूलाई प्राथमिता दिएको बताउदै उनले नगर भित्रबाट डक्टर पढ्ने बिद्यार्थीलाई ६ लाख र ईन्जिनियर पढ्ने बिद्यार्थीलाई ४ लाख रुपैयाँ छात्रबृत्तिको ब्यबस्था गरेको जानकारी दिए ।
कार्यक्रममा जिल्ला अस्पताल त्रिशुलीका मेडिकल अधिकृत डक्टर सोफिया अधिकारी, कम्प्युटर ईन्जिनियर परमात्मा अधिकारीले सहजिकरण गरेका थिए ।

माघ १६ गतेबाट छैठौं नुवाकोट महोत्सव

विदुर\‘धार्मिक ऐतिहासिक कला सस्कृतिको प्रवद्र्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नारा सहित आगामी माघ महिनामा छैटौँ नुवाकोट महोत्सव हुने भएको छ । पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै नुवाकोट उद्योग वाणिज्य संघले माग १६ देखि २६ गतेसम्म महोत्सव गर्न लागेको हो ।
पर्यटकीय सम्भावनालाई उजागर गर्दै सम्भावनाहरूलाई सार्थकतामा परिणत गरी जिल्लालाई  पर्यटकीय स्थलको रुपमा विकसित गर्न योगलदान पुराउने महोत्सवको मुख्य उद्देश्य छ । महोत्सवमा जिल्लाको धर्म, संस्कृति, जनजाती, भेषभुषा, रितिरिवाज परम्परा र नुवाकोटको कृषि उद्योग, आर्थिक शैक्षिक व्यापार व्यवसाय, पर्यटनको प्रवद्र्धन गरिने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी महोत्सव आयोजना गरिएको उनले बताए ।
      महोत्सवमा २५० वटा स्टल रहने बताइएको छ । संघमा २४ सय सय ३६ जना साधारण सदस्य छन् । ती साधारण सदस्यहरूले २५ प्रतिशत छुटमा स्टल राख्न पाउने संघका प्रवक्ता सविनराज भण्डारीले बताए । जिल्ला स्थित रहेका स्थानीय तहलाई चिनाउन सफल चिजविजहरूको छुट्टाछुट्टै स्टल रहने पनि बताइएको छ ।
यस्तै, यस बर्षको महोत्सबमा नुवाकोटमा लगानीको बिषयमा बहस गर्ने जनाएको छ । महोत्सबलाई पृथक बनाउन ठुला ब्यबसायिक घरानाका ब्यक्तिहरूसँग लगानीको बिषयमा महोत्सव स्थलमै बहस गर्ने योजना रहेको संघका द्धितिय उपाध्यक्षम सन्तोष उप्रेतीले बताए । 

स्थानीय तहका नेताहरूले लिए सपथ

विदुर\नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटको १२ वटै स्थानीय तहका पदाधिकारीहरूले शपथ खाएका छन् ।
प्रतिनिधिसभा र प्रदेस सभाको संयोजक र सचिव एंव १२ वटै स्थानीय तहका अध्यक्ष, सचिव, इञ्चार्ज र सह–इञ्चार्जको सपथ ग्रहण भएको हो । नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा (एमाले) र माओवादी केन्द्र मध्ये एक अर्को गरेर बराबर संख्यामा पद विभाजन गरिएको थियो ।
पार्टीको केन्द्रिय समितिले निर्देशन गरे अनुरुपको कार्यक्रमलाई समुदायस्तर सम्म पु¥याउन त्यस अवसरमा नेकपाका नुवाकोटका ईन्चार्ज महेन्द्र पाण्डेले निर्देशन दिए । पार्टीले निर्दिष्ट गरेको अधिकारलाई नागरिक तहसम्म पु¥याउन र अफ्नो पार्टीले जितेको स्थानिय तहमा जनप्रतिनिधिहरूलाई सहयोग गर्न उनले निर्देशन दिए ।
प्रदेश सभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले गुट÷उपगुट भन्दा माथि उठेर काम गर्न आग्रह गरे । पार्टी प्रति बफादार हुन र ईमान्दारिताका साथ जिम्मेवारी बहन गर्न जिम्मेवारी पाएका नेताहरूलाई उनले निर्देशन दिए ।
प्रदेश सभा सदस्य केशब पाण्डेले अब पुर्ब एमाले र पुर्ब माओबादी भन्नुको अर्थ नरहेको बताए । केन्द्रमा दुई पार्टीको एकिकरणसँगै स्थानिय स्तरसम्म एक भैसकेकाले यो वा त्यो भनेर सम्बोधन गर्न नहुने उनले बताए ।
प्रदेश सभा सदस्य बद्री मैनालीले बर्तमान नेकपाको सरकारले गरेको सकारात्मक कामलाई प्रतिपक्षीहरूले जानी जानी गलत प्रचार गर्दै आएको बताए । प्रतिपक्षीले गरेको गलत प्रचारलाई चिर्दै सरकारले गरेको सकारात्मक कामहरू जनता समक्ष पुराउन स्थानिय तहका नेता तथा कार्यकर्ताहरूलाई उनले आग्रह गरे ।

२०७६ पुस २१ गतेको सम्पादकिय

विद्यालय भवन बनाऔं
रसुवा जिल्लमा भुकम्प गएको ५ वर्ष बित्न लाग्दा पनि भत्किएका दश वटा भन्दा वठि विद्यालयका भवन अझै पुनर्निमाण हुन नसकेको तथ्याङ्क देखिएको छ । त्यसो त, जोखिम बस्तीमा परेका कारण झण्डै ७ वटा विद्यालय भवन र अन्य केही कारणले ३ वटा विद्यालय पुनर्निमाण हुन सकेको छैन । ति विद्यालयहरूको नाम नै लिएरक ुरा गर्ने हो भने पनि गोसाइँकुण्ड गाउँपालिका २ टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय को भवन निर्माण हुन सकेको छैन । उक्त विद्यालयको अवस्था दयनिय नै रहेको छ । विद्यालयको ३ कोठे पक्की भवन भएतापनि एउटामा कार्यालय र एउटा कोठा र बाँकि कक्षा टहरामा पढाउनु परेको समसया विद्यालयसति देखिएको छ । तीन वर्ष अघि चीन सरकारले निर्माण गर्नका लागी जिम्मा लिएपछि कुनै प्रयास भएको छैन । चीनियाँ लगानीमा निर्माण हुने भनेर नेपाल सरकारको निर्माण सूचीमा नसमेटिएको त्यस विद्यालयले देखाइरहेको छ रसुवा जिल्लाको सामुदायिक विद्यालयहरूको भौतिक संरचनाको दयालाग्दो हविगत । जस्तापाता कति बेला हुरीले उडाउछ भन्ने त्रास पनि बरोवरी नै छ । चीन सरकार ले निर्माण गर्ने भनेर ओगटेर राख्दा भवन निर्माण गर्न समस्या भइरहेको छ । विद्यालय भवन पुननिर्माण नहुँदा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या परेको छ । भत्किएका विद्यालय पुनर्निमाण नहुँदा असुरक्षित जोखिम युक्त भवनमा पढाउनुपर्ने बाध्यता कायमै छ । यस्तै, समस्या उत्तरगया १ को तिरु आधारभुत कालिका आधारभुत वालोदय आधारभुत, करुम¥याङ आधारभुत भुमेदेवी आधारभुत कालिका १ को अनन्त स्मृति आधारभुत विद्यालय र आमाछोदिङमो गाउँपालिका ५ स्थित पाजुङ आधारभुत विद्यालयमा पनि छ । विनाशकारी भुकम्पपछि जोखिमयुक्त बस्तीमा परेकाले यी स्थानहरूमा विद्यालय निर्माण हुन सकेको छैन ।
शिक्षाका लागि काम गर्ने कयौंै सामाजिक संस्था र जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मा धाएपनि रकम विनियोजन नगरेको गुनासो प्राधानाध्यापकहरूको छ । भुकम्पले जमिन चिरिएपछि जग्गाको अभाव खेपिरहेका अनि जोखिममा परेका सात वटा र चीन सरकारले जिम्मा लिएको तीन वटा विद्यालयको निर्माण अहिलेसम्म सुरु नहुनुले सरकारको उदासिनतालाई प्रस्तुत गरेको छ ।
यी समस्याको जानकार स्थानीय सरकार मौन प्रायः देखिएको छ । जसले गर्दा बालबालिकहरू भुकम्प लगत्तै खेलेका विद्यालयको जस्तो असुरक्षित संरचनाको बीचमा पढिरहेका छन् । वर्षेनी कमजोर बन्दै गएको थोत्रा पर्खालले सामुदायिक विद्यालय बालबालिकाका लागि हुने दुर्घटना स्थलको रुपमा तयार भएको जस्तो देखिन्छ । भविष्यकका कर्मधार नै जोखिममा परिरहेको संरचनाको पुर्ननिर्माण थालौं । 

‘सरकार टोलटोलमा पुगेर काम गर्छ’

तारुकामा आयोजित विकास शिविरमा फाईल हस्तान्तरण । तस्बिर: जगदीश खनाल
तारुका\नुवाकोटको तारकेश्वर गाउँपालिकाले विकास निर्माणका योजनाहरू सम्वन्धित वडामानै पुगेर सम्झौता गर्ने अभियानलाई जारी राखेको छ । त्यस अन्र्तगत पछिल्लो पटक वडा नम्बर २ मा विकास शिविरको आयोजना भयो ।
आर्थिक बर्ष २०७६\७७ मा वडा नम्बर २ को १२ वटा योजनाको सम्झौता सम्पन्न गरेको गाँउपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए । बाँकी रहेको अन्य योजनाहरूको पालिकाको विशेष सभापछि सम्झौता गरिने उनले बताए । ‘अब सरकारले गर्ने काम टोल टोलमा वडा वडामा नै हुने छ, नागरिकहरूले पहिलाको जस्तो दुख पाइरहनु पर्दैन’ गाउँपालिका अध्यक्ष वस्तीले भने ।
नेपाल सरकारको सम्बृद्ध नेपाल सुखी नेपाली अभियानलाई पुरा गर्ने अभिप्रायले जिल्लामा नै पहिलो पटक नागरिकहरूलाई सहज र सबैको पहुँचका साथै सम्बृद्ध तारकेश्वरको लागी वडा स्तरिय आयोजना सम्झौता कार्यक्रम सञ्चालन गरिएका बताइएको छ ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष समरबहादुर आलेमगरले विकासको लागी आएको बजेटको प्रभावकारी रुपमा प्रयोगगरी नागरिकहरूको हितको लागी कार्य गर्न उपभोक्ता समितिलाई निर्देशन दिए ।
गत बुधबार वडा नम्बर ४ बुधसिंबाट सुरु गरिएको वडा स्तरिय आयोजना सम्झौता कार्यक्रम गाउँपालिकाको सबै वडामा गरिने तारकेश्व्र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधव घिमिरेले इमेज साप्ताहिकसित बताए ।
योजना उपभोक्ता समितिका पदाधिकारीहरूले वडामै सहज र सरल तरिकाले योजनाको सम्झौता गर्न पाउदा गाउँमै सिंहदरबार आएको अनुभुती भएको बताएका छन् ।

हेटौडा नै स्थायी

विदुर\लामो समयदेखि स्थान र नामको बारेमा बिवाद हुँदै आएको प्रदेश नं. ३ को बारेमा सत्तारुढ दलले आइतवार बिहान टुङ्गो लगाएको छ । प्रदेश नं. ३ को नाम वाग्मती  र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय आइतवार नेकपाले गरेको हो । नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रदेश ३ सरकारका एक मन्त्रीले  प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको बताए । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ ।  यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती मध्ये कुन चाँही राख्ने भन्नेमा सत्तारुढ पाटी नेकपामा नै कुरा मिलिरहेको थिएन । हेटौडा प्रदेश स्थापना देखि अस्थायी राजधानी रहदै आएको थियो ।
राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरूबीच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।
प्रदेश राजधानी नुवाकोटपनि हुने विषयमा जिल्ला स्तर बहश चलेको भएपनि त्यो प्रस्तावले ‘उपल्लो तहको’ छलफल कँहि भएको पाइएको छैन । नुवाकोटबाट निर्वाचित नेकपाका प्रदेश सांसद बद्री मैनालीले नुवाकोट प्रदेश राजधानी हुन पर्ने प्रस्ताव डेढ वर्ष अघि सदनमा दर्ता गराएका थिए । 

ककनीमा प्रदेशको ‘हिल स्टेसन’

विदुर\नुवाकोटको ककनीमा हिल स्टेसन बनाउन ठेकदारसँग सम्झौता भएको छ । पर्यटकीय क्षेत्र पहिचान र पर्यटन विकासको नयाँ परिकल्पना सहित प्रदेश ३ सरकारले ८ स्थानमा हिल स्टेशन बनाउँदै छ ।
प्रदेश सरकारले घोषणा गरेको भ्रमण दशक २०२०÷२०३० अन्तर्गत यसलाई ‘ड्रीम प्रोजेक्ट’को रुपमा लिएको छ । यसै आर्थिक बर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य सहित प्रदेश सरकारले २० करोड रुपैयाँ खर्च गर्दैछ । तीन स्थानको ठेक्का सम्झौता भएको, दुई स्थानको ठेक्का प्रक्रिया रहेको, तीन स्थानको डीपीआर अन्तिम चरणमा पुगेको छ । प्रदेश ३ उद्योग, वन तथा पर्यटन मन्त्रालय पर्यटन बिकास आयोजनाका तारा शिवाकोटीले नुवाकोटको ककनीमा प्रदेश सरकारको ‘ड्रिम प्रोजेक्ट’को रुपमा ‘हिल स्टेशन’ निर्माण सुरु भएको जानकारी दिए ।
हिल स्टेसन ‘मल्टीप्रपोज’ हुने गरी निर्माण गर्न प्रदेश ३ को पर्यटन मन्त्रालयले ‘डिजाइन’ तयार गरी काम गर्न सुरु भइसकेको उनले बताए । स्टेसन निर्माण गर्न प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आव २०७५÷०७६ मा ५ करोड रुपैयाँ रकम विनियोजन गरेपनि काम भने सुरु हुन सकेको थिएन ।
पर्यटकहरूको लागि गर्मी छल्न जाने स्थानको रुपमा हिल स्टेशन बन्ने छ । हिल स्टेसनमा बगैंचा, भ्यू टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना निर्माण गरिने योजना रहेको छ ।
हिल स्टेसनमा रिसोर्ट चलाउने चाहना राख्नेलाई सार्वजनिक जग्गा उपलब्ध गराइने बताईएको छ ।
३ करोडको लागानीमा यही आर्थिक वर्षमा सम्पन्न हुने गरी ककनीमा काम सुरु भैसकेको छ । प्रदेशलाई पर्यटनको ‘हब’ बनाउने लक्ष्यका साथ विभिन्न जिल्लामा आयोजना मार्फत पर्यटकीय पार्क निर्माण, भ्यु टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैंचा, पार्किङ स्थल, पदमार्गको स्तरोन्नती, धार्मिक पर्यटकीय सर्किट निर्माण, तातोपानी क्षेत्रको संरक्षण लगायत कार्यको डीपीआर तयार भएर धेरै स्थानमा काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

तीन महिनादेखि निर्यात ठप्प

विदुर\पछिल्लो तीन महिनादेखि नेपाल र चीनबीच भइरहेको खाद्य पदार्थको व्यापार ठप्प छ ।
सुवा भन्सारका अनुसार गत भदौंदेखि दुई देशबीचमा कुनै पनि खाद्य पदार्थ आयात निर्यात भएको छैन । ‘नेपालले चिनियाँ सामान आयत गर्न रोक लगाएपछि चिनियाँ पक्षले पनि नेपाली सामान लिन नमानेको हो । गत भदौमा रसुवाको टिमुरेमा खाद्य प्रविधि विभागले प्रयोगशाला स्थापना गरेपछि यो समस्या आएको हो ।
त्यसअघि चिनियाँ खाद्य सामाग्री नेपाल आउँदा कुनै पनि परीक्षण हुदैनथ्यो । तर, विभागको कार्यलय स्थापनापछि आयात हुने सामानको लेवल परीक्षण गर्दा भाषामा समस्या आएपछि सामान आयात रोकिएको हा ।
विश्व व्यापार संगठनको सदस्य भइसकेपछि दुई देशमा हुने व्यापारमा अंग्रेजीमा लेवल लेख्नुपर्ने प्राबधान रहेको छ । चीनबाट आएको सामान चिनियाँ भाषामा मात्रै लेखिएकाले नेपाली पक्षले नबुझिएको भन्दै सामान आयात रोकेका हुन् ।
दुई देशबीचको व्यापारमा समस्या भएपछि पछिल्लो समय दुई देशका प्रतिनिधीबीच छलफल पनि भएको थियो ।
दुई देश बिचको ब्यापारमा समस्या भएपछी रसुवाका प्रमुख जिल्ला अधिकारी र लासाका प्रतिनिधीबीचमा छलफल भएर अंग्रेजीमा ‘लेवल’ लेखिएको सामान मात्रै आयात निर्यात हुने सहमती भएको थियो ।
उनका अनुसार आगामी महिना काठमाडौंमा हुने दुई देशका भन्सार विभागका प्रतिनिधीको बैठकले त्यसको निर्णय गर्ने उनले जानकारी दिए । पछिल्लो समय नेपालको पूर्वाधार निर्माणमा चिनियाँ कामदारको बाक्लो उपस्थिती भएका कारण उनीहरू चिनियाँ स्वादकै खाद्यान्न नेपाल भित्र्याउने गरेका छन् । उनीहरूले चाउचाउ, तेल, मिठाइ, विस्कुट, ससेज, मसला लगायतका खाद्यान्न लिएर आउने गरेका छन् ।
नेपालबाट पनि चीन विस्कुट, मैदा लगायतका खाद्य सामाग्री चीन निर्यात हुने गरेको छ । 

भिन्न घटनामा तीनको मृत्यु

विदुर\भिन्दाभिन्दै दुई वटा घटनामा तीन जनाको मृत्यु भएको छ । शुक्रवार फोहोर बोकेर नुवाकोट आएको गाडी दुर्घटनामा दुई जना र ‘मर्निङ वाक’मा निस्किएका एक जना बालकको ज्यान गएको हो ।
त्रिशुली जलबिद्युत केन्द्रको हेलचेक्राईका कारण एक बालकको ज्यान गएको छ । उत्पादनका लागि पानी ल्याएको नहरमा परेर एक बालकको मृत्यु भएको छ । नहर खुल्ला रहेको कारण तामाङ पानीमा खसेका छन् ।
विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका १४ बर्षिया शंकर तामाङको मृत्यु भएको हो । ‘मर्निङ वाक’मा निस्किएका तामाङ जलबिद्युत केन्द्रको पानी ल्याएको नहरको २ नम्बर पुलबाट खसेर उनको मृत्यु भएको हो ।
यसै बीच, काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो । बा ३ ख ३०३८ नम्बरको उक्त गाडी शुक्रबार बिहान  तिनपिप्लेबाट पाँच सय मिटर अगाडि ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक माइला लामा र सहचालक कमल तामाङ छन् । 

निर्माण सामाग्री सस्तियो

विदुर\घर निर्माणका सामाग्रीहरूको मूल्य यो बर्षकै सस्तिएको छ ।
निर्माणमा प्रयोग हुने सिमेन्ट, डन्डी, ढुंगा, रोडा र बालुवा लगायतको मूल्य अहिले घटेको हो । निर्माण सामग्री उत्पादन उद्योगहरू बीचको मूल्य प्रतिस्पर्धा, विद्युतको सहज आपूर्तिका कारण उत्पादन लागतमा कमी आउनुका साथै उत्पादनकमा केही हदसम्म आत्मनिर्भरताका कारण बजारमा निर्माण सामग्रीको भाउ घटेको व्यवसायीहरूले बताएका छन् ।
विगतका वर्षहरूका तुलनामा घर निर्माण हुने क्रम पनि यसपालि निकै कम भएकाले बजारमा निर्माण सामग्रीको माग घटेको छ । यसको असर स्वरूप निर्माण सामाग्री आपूर्ति चाप बढेको छ । यसकारण पनि उद्योगीहरूले विद्युत् सहज भएको बेला क्षमताभन्दा न्यून उत्पादनको अवस्थामा नबसिरहन निर्माण सामग्रीको मूल्य घटाएर पठाएका छन् । भूकम्पबाट भत्किएका धेरै घरहरूको पुनर्निर्माण भइसकेकाले पनि पछिल्ला दुई÷तीन वर्षयताको तुलनामा अहिले घर निर्माण संख्या घटेको व्यवसायीले बताए ।

तस्बिर खबर

काठमाडौंमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नुवाकोटका दुई खेलाडीलाई स्थानीयले स्वागत तथा नगर परिक्रमापछि उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नुवाकोटका युवा व्यवसायी राजन श्रेष्ठको साथमा तेक्वान्दोतर्फ कास्य पदक विजेता रेजिन रिमाल (दाँयाँ) र रजत पदक विजेता कृष्णबहादुर तामाङ (बाँयाँ) ।
–सुनिल श्रेष्ठ

असार मसान्तसम्म म्याद

विदुर\राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको निर्णय बमोजिम निजी आवास निर्माणको काम आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी नयाँ समयसीमा निर्धारण गरेको छ ।
गएको असारसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीलाई र कार्तिक मसान्तसम्म दोस्रो किस्ता लिई सक्नुपर्ने लाभग्राहीलाई एक पटकका लागी सम्बन्धित स्थानिय तहले निवेदन लिई लाभग्राहीबाट घर पुनःनिर्माणको सुनिश्चितता गरि सिफारिस गरेर समय थप गर्न सकिने प्राधिकरणले जनाएको छ ।
त्यसकोे लागी स्थानीयतहको सिफारिसमा जिल्ला आयोजना कार्यान्वयन इकाईले आवश्यक छानविन गरी जिल्ला पुनर्निर्माण सहजिकरण समितिमा पेश गर्ने र्निर्णय भएको छ ।
लाभग्राही कायम भएकाले पहिलो किस्ता यही पुस मसान्त भित्र र दोस्रो किस्ता माघ मसान्तसम्म लिईसक्नुपर्ने निर्णय गर्दै कार्यान्वयनको लागी जिल्ला आयोजना कार्यान्वय एकाईमा पठाएको अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय नुवाको निमिक्त प्रमुख शम्भुकुमार शाहले जानकारी दिए ।

मालपोतमा नगद नचल्ने

विदुर\जिल्ला मालपोत कार्यालय नुवाकोटमा अब नगद नचल्ने भएको छ । कार्यालय प्रयोजनका लागि सेवाग्राहीले तिर्ने राजश्व अहिलेसम्म नगदै बुझ्ने गरेको मालपोतले अब बैंक भौचर खोज्ने छ । कार्यालयमा नगदको कारोवार हुँदा सेवाग्राहीदेखि नागरिकहरूसम्मले शंक गर्ने र दैनिक संकलन भएको रकमको सुरक्षा गर्ने चिन्ताबाट मालपोत पन्छिएको छ ।
त्यसका लागि जिल्ला मालपोत कार्यालय परिषरमै बैंक स्थापना भएको छ । एनआईसी एसिया बैंकको एक्टेन्सन काउन्टर मालपोत कार्यालयमा बसेको हो । जग्ग पास, रजिष्ट्रेसन, नामसारी, कित्ताकाँट लगायत मालपोतमा हुने कामको राजश्व अब बैंकबाट मातलोपमा पुग्ने एनआईसी बैंकका कुशल बरालले बताए । मालपोत कार्यालयको सेवा अनलाईनबाट हुन थाले पछि बिचौलियाहरूले सेवाग्राहीहरूसँग रकम असुल्ने क्रम रोकिएको दाबी गर्दै आएको छ । 

तस्बिर खबर


समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय नुवाकोट चिसो मौसममा समुदायलाई न्यानो उपलब्ध गराउने अभियान अन्र्तगत दाउरा वितरण गर्दै । बिहानी समयमा चिसोबाट जोगिन विदुर नगरपालिकाका मुख्य चोकमा जम्मा भएका नागरिकहरूलाई प्रहरीले आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको छ । –दिपेन्द्र श्रेष्ठ

‘तिर्नुपर्ने’को सूचीमा नुवाकोट रेडक्रसकर्मी पनि

विदुर\नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुले चार बर्ष अघिको भूकम्पका कारण करोडौं रुपैयाँ कमाएको खबरले गएको साता तहल्का पिटेको छ । जसमा नुवाकोट रेडक्रसका चार जनाको नाम पनि बरोवरी आएको छ । केन्द्रिय अध्यक्ष सञ्जीव थापा सहितका पदाधिकारी तथा आफन्तका लागि महाभूकम्प अकुत सम्पत्ति कमाउने बरदान सावित भएको समाचार सार्वजनिक भएको छ । रेडक्रसबाट सञ्चालन हुने परियोजनाका आथिृक रकम हनिामिना गरेको, नियमभन्दा बढी भत्ता तथा सेवासुविधा असुलेको बताइएको छ ।
२०७२ साल बैशाख १२ गतेको महाभुकम्प नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका ७ जनासहित भूकम्प प्रभावित जिल्लाका ७० जनाले भूकम्पको नाममा लुट मच्चाएका हुन । केन्द्रीय पदाधिकारीसहित भूकम्प प्रभावित नुवाकोट, रसुवा, धादिङ, दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा र मकवानपुर जिल्लाका रेडक्रस भूकम्प प्रतिकार्य सञ्चालन समितिका ७० जना पदाधिकारी तथा सदस्यहरूले तलबलाई घुमाउरो पाराले मासिक ‘अनोरियम’ भनेर लुट मच्चाएका हुन् ।
आकस्मिक दुर्घटना, विपद्को बेला उद्धार राहत कार्यमा पहिचान बनाएको रेडक्रस नेपालमा भने विनाशकारी भूकम्पपश्चात केन्द्रीय कार्यालयमा भूकम्प प्रतिकार्य सञ्चालन समितिको गठन गरी २०७२÷३÷२५ गते विशेष निर्णय गरेर सुबिधाको नाममा ब्रम्हलुट भएको पाइएको हो । केन्द्रीय अध्यक्ष थापाले मासिक एक लाख २५ हजार, महामन्त्री देबरत्न धाख्वाले मासिक ९८ हजार एक सय, कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले मासिक ६३ हजार, उपमहामन्त्री हरिप्रसाद न्यौपानेले मासिक ५४ हजार, केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्माले मासिक ४० हजार र केन्द्रीय सदस्य भक्त खवासले ४० हजार चार वर्षदेखि लिदै आएका छन् । रेडक्रलाई भुकम्प पिडितको नाममा खर्च गर्न दाताले लिउको रकमबाट उनीहरुले यसरी मासिक रुपमा  रकम बुझेका हुन् ।
२०७२ असार १ गतेदेखि २०७५ भदौं १४ गतेसम्म ‘अनोरियम’ बुझे पनि कर भने नतिरेको पाइएको छ । यति धेरै रकम लिएर पनि राज्यलाई एक प्रतिशत मात्र कर तिरेको उजुरीपछि आन्तरिक राजश्व कार्यालय कालिमाटीले अनुसन्धान गरी २०७५ पुस २५ गते १५ प्रतिशत कर अशुली गर्न रेडक्रस केन्द्र तथा जिल्ला शाखाहरूलाई निर्देशन दिएको थियो । रेडक्रस केन्द्रले ढिलो गरी ‘अनोरियम’मा बाँकी १४ प्रतिशत व्याज र जरिवानासहित असुली गरिसकेको छ भने १४ जिल्लाले भने कर तिर्न आनाकानी गरिरहेकोले आन्तरिक राजश्व कार्यालयले पुनः रेडक्रस केन्द्रलाई २०७६ मंसिर ११ गते ‘अनोरियम’को कर तिर्न ताकेता गरेको छ । ताकेतापछि रेडक्रस केन्द्रले आन्तरिक राजश्व कार्यालय कालिमाटीमा मासिक ‘अनोरियम’ खाने तर हालसम्म कर नतिर्ने सोसाइटीका पदाधिकारी तथा सदस्यहरूको विबरण पठाएको छ । जसमा नुवाकोट शाखाका समेत चार जना छन् । नुवाकोट रेडक्रसका सभापति सुरतबहादुर चित्रकार, उप सभापति राजकुमार भट्टराई, मन्त्रि हरि श्रेष्ठ र कोषाध्यक्ष श्रीराम पाण्डेपनि यही सूचीमा दर्ज भएका छन् । उनीहरू तर्निुपर्ने कर र त्यसको हर्जना इन्कार गरिरहेका छन् ।
यस्तै, रसुवाका बाबुलाल तमाङ, दिनेशकुमार तामाङ, लामा रिंजेल घले, धादिङ्गका सीताराम कोईराला, नारायण तिमिल्सेना, दूर्लबकुमार तामाङ, ओखलढुङ्गाका सुमनराज भण्डारी, मोहनकुमार श्रेष्ठ, नारायप्रसाद दाहाल, गोपालचन्द्र श्रेष्ठ, पोकलनाथ दाहाल, कान्ती राजभण्डारी छन् । रामेछाप शाखाका शिबकुमार कार्की, जयप्रकाश श्रेष्ठ, दिनेशकुमार कार्की, सिन्धुली शाखाका अशोक श्रेष्ठ लालबहादुर कार्की, शकुन्तला श्रेष्ठ, पवन पाख्रिन, शान्ता मैनाली छन् । ललितपुर शाखाका बाबुराजा महर्जन, बेखामान व्यञ्जनकार, कल्पितकुमार त्रिपाठी, हरिगोविन्द महर्जन, दिनेश कार्की, विनोद ताम्राकार छन् ।
भक्तपुरका मनोजकुमार थापा, परशुराम पाण्डे, प्रदिपकुमार केसी, शिवबहारी केसी, कृष्णश्वरी हाडा पनि छन् ।
काठमाडौं शाखाका मथुराराम श्रेष्ठ, नविन मानन्धर, बुद्धीमान शाक्य, उत्तमनारायण महर्जन, श्यामकाजी डोटेल, कमल नकर्मी, लक्ष्मीरत्न तुलाधर छन् । काभ्रेपलाञ्चोक शाखाका रघुवर चौ प्रधान, श्यामसुन्दर श्रेष्ठ, उद्धवप्रसाद पौडेल, कुमार कार्की, रघुनाथ हुमागाईं, अनन्तकृष्ण श्रेष्ठ छन् । सिन्धुपाल्चोक शाखाका राजेन्द्रमान ताल्चाभडेल, कमलचन्द्र कक्षपति, भरतकुमार बस्नेत छन् । गोरखा जिल्ला शाखाका भगवानबाबु मास्के, रामकृष्ण राजभण्डारी, टोपबहादुर बाँनिया, यदुनाथ भट्टराई, शुक्रराज पन्त, शंकरबहादुर कुँवर, राजेन्द्र न्यौपाने, रामशरण आचार्य, कृष्णबहादुर आले रहेका छन् ।
यस्तै, दोलखा जिल्ला शाखाका टिकानारायण प्रधान, गोकर्ण पोखरेल, रँगध्वज बुढाथोकी, राधादेवी मास्के, इश्वरीप्रसाद दाहाल छन् ।
मकवानपुर शाखाका सूर्यचन्द्र न्यौपाने, यशोदाकुमारी श्रेष्ठ, लालबहादुर थापा, खेमराज सापकोटा, पिताम्बर बास्तोला ।
कर नतिर्नेको सूची रेडक्रस केन्द्रले पठाएकोमध्ये प्रदेशका महामान्यधिबक्ता सुर्यचन्द्र न्यौपाने समेत छन् । यस्तै नगर प्रमुख मोहनकुमार श्रेष्ठ, वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा सदस्य शिबहरि केसी र नेपाल सरकारका कर्मचारी टोपबहादुर बाँनिया रहेका छन् ।

दुई आँखा क्लिनिक स्थापना

विदुर\गएको हप्ता नुवाकोट र रसुवामा एक÷एक आँखा क्लिनिक स्थापना भएको छ ।
नुवाकोटको दुप्चेश्वर गाँउपालिकामा ग्रामिण क्लिनिक सञ्चालनमा ल्याएको छ । तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंको सहयोग र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको सहकार्यमा अत्याधुनिक उपकरण सहितको आँखा सेवा दुप्चेश्वरमा सुरु भएको हो । ग्रामिण क्लिनिक सेवा नाम दिइएको छ । हरेक महिनाको २ गते र १६ गते आँखा विशेषज्ञले सेवा दिनेछन् ।
क्लिनिक उद्घाटन कार्यक्रमको अवसरमा सञ्चालन गरिएको आँखा शिबिरमा १५८ जना आँखाका बिरामीहरूको परिक्षण गरिएको छ । जसमध्ये ९ जनालाई सुपथ मूल्यमा चश्मा उपलव्ध गराइनुका साथै निःशुल्क औषधि बितरण गरेको आँखा केन्द्र नुवाकोटले प्रमुख शंकर अधिकारीले जानकारी दिए ।
यस्तै, रसुवाको कालिका गाउँपालिकामा पनि ग्रामिण आँखा क्लिनिक स्थापना भएको छ । जिल्ला सामुदायीक आँखा केन्द्र रसुवा तथा कालिका गाउँपालिले क्लिनिक स्थापना गरेको हो । त्यहाँबाट तत्तको भेगका नागरिकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । 

ट्युसन पढ्न काठमाडौं

रसुवा\यहाँको आमाछोदिङ्मो गाउँपालिकाका विद्यार्थी यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा तयारीका लागि काठमाडौं गएका छन् ।
गाउँपालिकाका तीनवटा माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थी विगतका वर्षहरूमा पनि ट्युसन पढ्न काठमाडौं जाने गरेका थिए । परीक्षा नजिकिएपछि रसुवाको माथिल्लो क्षेत्रस्थित विद्यालयका विद्यार्थी बाहिरिने गरेको पार्वतीकुण्ड मावि गत्लाङका प्रधानाध्यापक अमरलाल यादवले बताए ।  ट्युसन पढ्न काठमाडौं जाने परम्परा नै बसेकाले यसलाई रोक्न नसकिएको उनले बताएका छन् ।
परीक्षा दिने तयारीमा रहेका रसुवाका विद्यार्थी कात्तिकदेखि नै विद्यालय छाडेर काठमाडौं गएपछि विद्यालयका पठनपाठन प्रभावित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष कमै मात्र विद्यार्थी गएका र उनीहरूलाई पनि फर्काउने प्रयास भइरहेको विद्यालयले जनाएको छ । यो विद्यालयबाट यस वर्ष २७ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् ।  तीमध्ये आधा विद्यार्थी काठमाडौं गइसकेका छन् ।
विद्यार्थीहरू कात्तिकबाटै विद्यालय आउन छाड्ने भएपछि पठनपाठन समेत प्रभावित हुने गरेको छ । गाउँमा बसेर पढ्दा घरायसी काम गर्न‘पर्ने, विद्यालयमा विषयगत शिक्षक अभाव, सामाजिक परम्परा र देखासिकीका कारण विद्यालय छाड्ने क्रम बढेको हो । करिब ६ महिना मात्रै गाउँको विद्यालय उनीहरू रहने गरेका छन् । 

विस्थापितले पाउन सकेनन् जग्गा

हिमनाथ देवकोटा
रसुवा\साढे चार वर्षअघि गएको पहिरोमा परी रसुवाको नौकुन्ड गाउँपालिका–१, सांग्युलका डुक्पा तामाङको घर भत्कियो । घर वरिपरि पहिरो आयो। पहिरोका कारण उनी त्यहाँ बस्न सकेनन् । गाउँमा बस्ने वातावरण नभएपछि उनी लेकतिर लागे । तर लेकमा सधैं बस्न सम्भव थिएन । हिउँदको समय गाउँमा र बर्खाको समय लेकमा बस्ने क्रम सुरु भयो । केही समय त्यो क्रम चलिरह्यो । पछि उनी छोरीको घरमा गए। अहिले पनि उनी त्यहीं बसिरहेका छन् । पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयले गाउँ छाड्न थाले । पहिरोको जोखिममा परेकाहरूलाई सोही गाउँपालिकाको लांबुमा स्थानान्तरण गर्ने कार्य सुरु भयो। तर उनको परिवार छुट्यो । साढे चार वर्षसम्म पनि सुरक्षित स्थानमा जग्गा नपाएपछि उनी सदरमुकाम आइपुगे । ‘गाउँका अरूले जग्गा पाइसके,’ ८२ वर्षीय डुक्पाले भने, ‘हामी तीन घर त्यसमा परेनौं ।’
पहिरोका कारण गाउँमा बस्ने अवस्था छैन । तर उनले अहिलेसम्म अन्यत्र जग्गा व्यवस्थापन गर्न सकेका छैनन । ‘घर त बनाउनुपर्ने,’ उनले भने, ‘जग्गा नपाए कसरी बनाउने। उमेर गइसक्यो ।’ सांग्युलकै थारलामा थोक्रा तामाङले पनि अझै घर बनाउने सुरसार गरेका छैनन् ।
गाउँमा घर बनाउने जग्गा छैन । लामो समय लेकमा टहरा बनाएर बिताएका उनी पनि जग्गा पाउने आशामा भौंतारिरहेका छन् । गत असोजमा उनको परिवार लांबुमा आएको थियो । अहिले उनको चारजनाको परिवार त्यहीं बसिरहेको छ । तर घर बनाउनका लागि जग्गा मिलेको छैन । ‘भूकम्प गएको यतिका समय भइसक्यो,’ उनले भने, ‘अरूले जग्गा पाउँदा पनि हामीले पाउन सकेनौं ।’ सबै लांबु जान थालेपछि सांग्युलकी कान्छी तामाङ पनि त्यतै लागिन् । ‘गाउँमा अलिअलि जग्गा छ,’ उनले भनिन्, ‘गाउँमा खेतीपाती गर्नुपर्छ ।’ हिउँदमा काम गर्न गाउँ जाने उनले बताइन् । ‘मैले बनाउन सक्दिनँ,’ उनले भनिन्, ‘दिएपछि सबैलाई दिनुपर्ने हो तर हामीलाई छुटाए ।’ छुटेका विस्थापितहरूका लागि जग्गा खरिद प्रक्रिया चलिरहेको सामुदायिक आत्मनिर्भर केन्द्र रसुवाका पैरवी संयोजक विश्वास नेपालीले बताए । जिल्लामा एक हजार ९५ विस्थापित छन्। तीमध्ये ६ सय १९ जोखिमयुक्त क्षेत्रका विस्थापित परिवारलाई पुनःस्थापना गर्न जग्गा खरिद गरिएको छ । विस्थापितको व्यवस्थापनका लागि जिल्लाका चार स्थानमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन हुँदै छ । जिल्लाको लांबु, तिरु, बोगटीटार र पांलिङमा एकीकृत बस्ती विकास गरिनेछ। तिरुमा एक सय १८, बोगटीटारमा ५३, लांबुमा २१ र पांलिङमा ५१ परिवारको व्यवस्थापन गरिनेछ ।
तिरुमा निर्माण हुने एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत भइसकेको छ । यसका लागि ६ करोड बजेट विनियोजन भएको छ। चारवटै बस्तीको प्रारम्भिक योजना स्वीकृत भएको छ । रसुवाका ९० प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । पुनःनिर्माणको समय–सीमा सकिनै लाग्दा जिल्लाका ९० प्रतिशतले तेस्रो किस्ता बुझेका हुन् । जिल्लामा १२ हजार पाँच सय १४ लाभग्राही छन् । तीमध्ये ११ हजार आठ सय ३७ लाभग्राहीसँग अनु्दान सम्झौता भएको छ, जसमा ११ हजार ८१९ ले पहिलो, ११ हजार ३१९ ले दोस्रो र १० हजार ६९५ जना सेवाग्राहीले तेस्रो किस्ता बुझेका छन् ।
९४ प्रतिशत पहिरोपीडितसँग सम्झौता भएको छ । त्यसमध्ये ९९ प्रतिशतले पहिलो, ९५ प्रतिशतले दोस्रो र ९० प्रतिशतले तेस्रो किस्ता लिएका कार्यालयले जनाएको छ ।

बट्टारमा सनराइज बैंक

बट्टार\सनराईज बैंकले यहाँ शाखा सञ्चालनमा ल्याएको छ ।
गएको सोमबार बैंकको शाखा उद्घाटन भएको हो । बट्टारमा स्थापना भएको यो सनराईज बैंकको १२८ औं शाखा हो । शाखा कार्यालयको स्थापना गर्दै प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले नुवाकोट बित्तिय संरुथाहरूको लागी उपयुक्त स्थान रहेको बताए । त्रिदेशिय राजमार्गको ट्रान्जिट प्वाईट, औधोगिक ग्रामको रुपमा बिकास हुँदै गरेको नुवाकोटमा बित्तिय संस्थाहरू थपिनु उत्साहजनक रहेको उनले बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटमा चिनसँगको सहयोगमा ईकोनोमिक जोन कार्यक्रम लागु भैरहेको बताए । नगरपालिकाले नगर भित्र रहेका नागरिकहरूलाई उद्यमी बनाउनको लागी बिभिन्न सिपमुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएकाले उनिहरूको मागको सम्बोधन बैङ्कले गर्नु पर्ने बताए ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले निजी क्षेत्रको बैङ्कहरूमा उदारणिय रुपमा सनराईज बैङक प्रस्तुत हुँदै आएको दावी गरे । ६ लाख ग्राहक रहेको बैङकको ८२ अर्ब निक्षेप रहेको उनले बताए ।
नुवाकोटमा निक्षेप संकलनका लागि मात्रै नभई ब्यबसायीक क्षेत्रमा सहयोग गर्न नुवाकोट आएको उनले बताए ।

महादेव माविको भवन शिलान्यास

विदुर\नुवाकोटको बेलकोटगढी नगरपालिकाको महादेव माविको २४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास भएको छ । नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बुधबार शिलान्यास गरेका हुन् । बिद्यालयमा भवन अभाबले त्यस विद्यालयमा शैक्षिक गतिबिधि सञ्चालनमा बढिनै समस्या हुँदै आएको थियो ।
उक्त शिलान्यास कार्यक्रममा लामो समय सेवा गरेर निवृत्ति भएका तथा समायोजनमा परि अन्य बिद्यालय जान लागेको शिक्षकहरूको सम्मान र विदाई समेत भएको छ । दुर्गाप्रसाद घिमिरे, कृष्णप्रसाद खतिवडा, जिवनाथ लामिछाने, चुडाराज सापाकोटा, निराजन श्रेष्ठ, दिपेन्द्र ढकाल र केशवप्रसाद न्यौपानेलाई दोसाल्ला ओढाएर सम्मान सहित विदाई गरिएको छ ।
विद्यालयको स्थापनादेखि क्रियाशिल हेमनिधि नेपाल, रङ्गनाथ नेपाल, लुमडीराज नेपाल, भगिरथ नेपाल, रामबहादुर राई, कृष्णलाल श्रेष्ठ, बद्रीप्रसाद नेपाल र डिलबहादुर लामालाई विद्यालयको तर्फबाट सम्मान पत्र प्रदान सहित दोसल्ला ओढाएर सम्मान गरियो। डम्बरबहादुर लामा, जंगबहादुर लामा, बेदकुमार न्यौपाने र अर्जुनप्रसाद नेपाल सम्मानित भए । कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले शिक्षाले बिकास, परिवर्तनको मापन गर्ने भएकोले शिक्षामा हुने खर्च खेर नजाने र सदुपयोग हुने बताए । 

सामाजिक सञ्जालबाट

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा कराँते विधामा बिजयी नेपाली खेलाडीहरुको सम्मानमा गोकर्णेश्वर–९ शंखडोल काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वण पदक विजेता नुवाकोटका अनु अधिकारी (दाँयाँ) लगायतका अन्य खेलाडीहरु ।  

जनावरको क्षती बढ्दो

रसुवा\लाङटाङ राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुले क्षति पु¥याउने क्रम बढ्दै गएको छ ।
पछिल्लो समय वन्यजन्तुले मान्छेलाई आक्रमण गर्ने, घरपालुवा पशुलाई मार्ने तथा अन्नबाली खाएर हैरान बनाउन थालेपछि स्थानीय चिनिन्त बनेका छन् । निकुञ्जले दिएको जानकारी अनुसार पछिल्लो १० महिनामा १८७ परिवार प्रभावित बनेका छन् । चालु आर्थिक वर्ष २०७६÷७७ को चार महिनामा मात्रै भालुको आक्रमणबाट चार जना गम्भीर घाइते भएका छन् ।
२०७५ माघदेखि २०७६ कार्तिक मसान्तसम्म वन्यजन्तुबाट पीडित भएका १८७ जनालाई राहत वितरण गरिएको निकुञ्जले जनाएको छ । कार्यालयले १० महिनामा १६ लाख ७१ हजार १३२ रुपयाँ राहत रकम उपलब्ध गराएको हो ।
वन्यजन्तुले क्षति गर्न थालेपछि पीडितले खेती गर्ने तथा पशुपालन गर्ने कार्य कम हुन थालेको छ । धेरैजसो जंगली बदेलले बाली क्षति गरेको निवेदन आउने गरेको छ । 
  २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो ।

३२५ को परिक्षण

लच्याङ/यहाँ मंगलबार भएको आँखा शिविरमा ३२५ जनाको आँखा परिक्षण गरिएको छ ।
३२५ जनभन्दा बढीको स्वास्थ्य शिविर मार्फत आँखाको चेकजाँच गरिएको सामुदायिक आँखा केन्द्र नुवाकोटका इञ्चार्ज शंकर अधिकारीले जानकारी दिए । आँखा परिक्षण गरिएका मध्ये २९ जना मोतियाबिन्दुका बिरामी भेटिएको अधिकारीले बताए । उनीहरूको बट्टारमा हुने शिविरमा निःशुल्क अप्रेशन हुनेछ ।

बिजुलीको पोलले रोक्यो सकडकको काम

धुञ्चे/रसुवाको स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक छेउमा रहेका बिजुली बत्तिको तार अहिलेसम्म सार्न नसक्दा सडक स्तरोन्नतिको काम रोकिएको छ ।
स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सञ्चालन भइरहेको अन्तरराष्ट्रिय राजमार्ग दुई लेनको कार्य चीन सरकारको सहयोगमा हुन लागेको र काम गर्न चिनियाँ ठेकेदारसमेत कार्यक्षेत्रमा आइसके पनि सडक छेउमा रहेका विद्युत् लाइन अन्यत्र सार्न ढिलाइ हुँदा राजमार्ग स्तरोन्नति गराउने काम स्थगन भइरहेको गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । दशैँ अगाडि नै टिमुरेको घट्टेखोलामा एक छलफल गरी सडक स्तरोन्नति गर्न जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले काम गर्न आई सडक विस्तारमा सहज पार्न राजमार्ग छेउका विद्युत् लाइन अन्यत्र स्थानान्तरण गरिदिन आयोजनाले आग्रह गरेको थियो ।
लाइन स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरण धुञ्चेलाई आग्रह गरिए पनि विद्युत् खम्बा सार्ने प्रक्रिया अगाडि नबढ्दा राजर्माग सुधारमा ढिलाइ भइरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
स्याफ्रुबेँसी–रसुवागढी खण्डको विद्युत् लाइन नयाँ विस्तारका लागि प्रक्रियामा जाने कार्य अगाडि बढिसकेको प्राधिकरण धुञ्चेका सहायक प्रशासन अधिकृत विद्यासागर श्रेष्ठले बताए ।
रसुवागढीमा निर्माणाधीन १११ मेगावाट विद्युत् आयोजना, रसुवा भन्सार कार्यालय, अध्यागमन र सुरक्षा निकायलाई समेत अहोरात्र आवश्यक पर्ने भए पनि स्याफ्रुबेँसी–रसुवागढी क्षेत्रको विद्युत् लाइन हटाउन नसक्ने बताइएको छ ।
विद्युत् लाइन सडकमा भएको निहुँमा चिनियाँ ठेकेदार कम्पनीलाई काम पर सार्न सहज भएको तर विस्फोटक पदार्थको प्रयोगबाहेक अन्य काम गर्न कुनै समस्या नहुने स्थानीयवासीले बताएका छन् ।
यसैगरी स्याफ्रुबेँसीदेखि मैलुङ खण्डमा नेपाली सेनाले निर्माण गरी सडक सुधार आयोजनालाई हस्तान्तरण गरेको १७ किमी नयाँ ट्र्याकको व्यवस्थापन गराउने कार्य अन्तिम चरणमा पुगेको छ । स्याफ्रुबेँसी–मैलुङ खण्डमा नयाँ मार्गका छेउ एवं कुनामा टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सडक सतह मिलाई ग्राभेल तथा कालोपत्रेसमेतका काम अगाडी बढेपछि नयाँ मार्गमा ओहोरदोहोर गर्ने सवारी साधन गुडाउन बन्द हुने र सबैखाले सवारी साधन साविक बेत्रावती–धुञ्चेतर्फको पासाङल्हामु राजमार्गतर्फ जानुपर्ने प्रमुख भण्डारीले बताए ।

नुवाकोटको बुनीवेंशीमा इन्धन भण्डारण हुने

विदुर/चीन सरकारको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृह (डिपो) निर्माणस्थलका लागि नुवाकोटमा जग्गाको पहिचान गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवदेव जोशीको संयोजकत्वमा गठित ‘पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्न जग्गा पहिचान कार्यदलले विदुर नगरपालिका–५ स्थित बुनीबेँसीमा जग्गा पहिचान गरेको हो ।
कार्यदलले नुवाकोटको विभिन्न स्थानमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको स्थलगत अवलोकन पपछि सो स्थानमा जिल्ला समन्वय समितिको नाममा रहेका ८९ रोपनी जग्गा इन्धन भण्डारणगृहका लागि उपयुक्त रहेको ठहर गरेको संयोजक जोशीले जानकारी दिए ।
नुवाकोटका सरोकारवालासँगको समन्वयमा विभिन्न पाँच स्थानको अवलोकन भएको थियो । अबलोकनको क्रममा बुनीबेँसीमा रहेको जग्गा तुलनात्मक रूपमा बढी सम्भाव्यता भएको पाएको कार्यदलले जनाएको छ । गल्छी–रसुवागढी सडक मार्गसँग जोडिएको, समथर भूभाग, सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेकाले छनोट गरी प्रतिवेदनमा समावेश गरिएको हो ।
जिल्ला मालपोत कार्यालयका अनुसार उक्त जग्गा हाल १७ परिवार मोहीले उपभोग गर्दै आएका छन् । दुई वर्षअघि चीन सरकारले नेपालमा तीन ठूला इन्धन भण्डारण गृह बनाउन जनाएको प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान पहल सुरु भएको छ । नेपाल आयल निगमसँग अहिले पेट्रोलियम पदार्थको भण्डारण क्षमता काठमाडौं केन्द्रीत ७१ हजार १९८ किलोलिटरको छ । निगमका अनुसार उक्त क्षमता करिब सात दिनका लागि मात्र पुग्नेछ । चीन सरकारको सहयोग अन्तर्गत भण्डारण क्षमता वृद्धि गराउन चाहेको निगमले संघीय संरचना अनुसार प्रत्येक प्रदेशमा एक–एक भण्डारण गृह निर्माण गर्न तयारी पनि अघि बढाएको छ ।

गुणस्तरको आधारमा बजेट

विदुर\बिद्यालयको शैक्षिक गुणस्तरका आधारमा विदुर नगरपालिकाले बजेट बिनियोजन गर्ने भएको छ । विदुर नगरपालिका वडा नम्बर ३ मौरिटार स्थित चण्डी आधारभुत बिद्यालयको ४३ औँ बार्षिक उत्सबको उद्घाटन गर्दै नगर प्रमुख सञ्जु पण्डितले बिद्यालयको अबस्था भन्दा पनि शैक्षिक अबस्थाको आधारमा नगरपालिकाले सहयोग गर्ने बताए ।
सामुदायिक बिद्यालयको आबाश्यक्ता पुर्ति गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको बताउदै उनले बिद्यालयको मागको आधारमा बिद्यालय भवन देखि शिक्षकसम्मको ब्यबस्थापनमा विदुर नगरपालिका प्रतिबद्ध रहेको बताए । पछिल्लो समय बिद्यालयहरूले आबाश्यक्ताको पहिचान मात्रै हुने र गुणस्तरिय शिक्षामा जोड नदिइएको पाइएकाले नगरपालिका शिक्षा शाखाबाट सुक्ष्म आनुगमन समेत भैरहेको उनको दावी छ ।
कार्यक्रममा उपप्रमुख गिताकुमारी दाहाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिवाकर चापागाई, शिक्षा बिज्ञ तुलध्वज खतिवडा लगायतले मन्तब्य राखेका थिए । 

२०७६ पुस १४ गतेको सम्पादकिय

सडक पहिरोको कारण
नुवाकोटका १२ वटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ । नुवाकोट जिल्लामा जमिन व्यवस्थापन तथा पहिरो जस्ता प्राकृति प्रकोपको विषयमा काम गर्दै आएको गैर सरकारी संस्था आत्मनिर्भर सेवा केन्द्रले तयार गरेको तथ्याङ्क अनुसार जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा रहेका विभिन्न बस्ती पहिराको जोखिममा रहेका पाइएको हो । किस्पाङ गाउँपालिका पहिराबाट सबैभन्दा बढी जोखिममा रहेको देखिन्छ । तर त्यसको तुलनमा अन्य स्थानीय तहहरू पनि उत्तिकै पहिरोको जोखिममा रहेको पाउन सकिन्छ । जिल्लामा वर्षेनी छ जनाको हाराहारीमा पहिरोमा परेर ज्यान गुमाउनेहरू छन् । पहिरोबाट हुने अन्य भौतिक क्षती र वर्वादीको तथ्याङ्क त तयार भएकै छैन । भुकम्पले विगारेको जनिमको आन्तरिक संरचना अलिेसम्म ठिक ठाउँमा आइसकेको छैन, जसले गर्दा सुरक्षित र बलियो भनिएकै स्थानहरू फ्याफ्यासी भत्कने गरेको छ ।
पहिरोका करण बर्खायाम सुरु हुने वित्तिकै मानविय क्षती हुने गरेको हरेक वर्षको घटनालाई स्मरण गर्दै अहिले नै त्यसको पुर्व तयारी गरिनु आवश्यक देखिएको छ । पहिरो जान सक्ने सम्भाबित क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा लैजान योजना, पहिरो नियन्त्रण गर्ने, नयाँ पहिरो जान सक्ने स्थानको पहिचान गर्ने लगायतका जरुरी र अत्यावश्यक काम अहिले देखिनै सुरु हुनु जरुरी देखिएको छ । २०७२ सालमा गएको भूकम्पको प्रभावका साथै जनताको मागअनुुसार प्राविधिक अध्ययन नगरी सडक विस्तार र छोटो समयमै धेरै सम्पन्न गर्नुपर्ने दबाबले पनि पहिराको जोखिम बढाएको अध्यायनले देखाएको छ । त्यस कारण पनि सडक निर्माण कार्यहरूमा अब सावधानी अपनाउनै पर्छ ।
अहिले चालु आर्थिक वर्षको मध्य समय छ, अहिलेदेखि असार मसान्तसम्म हुने विकास निर्माण त्यस अन्र्तगत पनि सडक खन्ने कामले पहिरोको संख्या बर्षेनी थपेकै छ । त्यसैले अहिले बेलैबाट सडक निर्माणका लागि बलियो भौगोलिक संरचना र प्राविधि पक्षहरूलाई केलाएर काममा बजेट खर्चिेने तर्फ स्थानीय सरकारहरूले ध्यान दिनुन बेश हुनेछ । नत्र नाममा सडकमा हुने आर्थिक खर्चले समाजकै सदस्यहरूको ज्यान बर्षेनी लिइरहेको घटनाले निरन्तरता मात्रै पाइरहने छ ।