Monday, January 13, 2020

नुवाकोटमा पृथ्वि जयन्ती, १२ वर्षपछि सरकारले मनायो

देविघाटस्थित शाहको पुर्णकदको शालिक
पृथ्वि जयन्तिको पुर्व सन्ध्यामा शनिवार दिउँसो
रंगरोगन गरेर टल्काईदै । तस्बिर: किरण लोहनी 
विदुर\राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार नुवाकोट जिल्लामा औपचारिक कार्यक्रमहरू मात्रै भएनन्, १२ वर्ष अघि सरकारले हठात् उपेक्षा गरेको यो दिवसलाई फेरि स्थानीय सरकारहरूले हर्षोल्लासका साथ ग्रहण गरेका छन् । यो अवसरमा नुवाकोटमा २५४ वर्षसम्म राजधानी रहेको स्मरण गर्दै जिल्लावासीले ईतिहासप्रति गर्व गरेका छन् ।
नुवाकोटको दुई स्थानीय सरकराले आइतवार सार्वजनिक बिदा दिएको थियो । विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सार्वजनिक विदा दियो । यो संगै सरकराले १२ वर्षपछि शाहको जन्मजयन्ती र एकता दिवसलाई औपचारिक रुपमा ग्रहण गरेको पृष्टि गरेको छ । २०६२÷६३ को जनआन्दोलन सफल भएपछि नुवाकोटको साततले दरवार परिषरमा आयोजित कार्यक्रममा (२०६३ पुस २७) दिवस मनाईरहेका नागरिक र तत्कालिन राप्रपाका नेताहरू माथी आक्रमण भएको थियो । त्यस बेलाको नेकपा माओवादीले शाहको जन्मजयन्ती मनाउनेहरू गणतन्त्रको विरोध रहेको भन्दै कार्यक्रममा सहभागिहरूलाई कुटपिट गरेर लखेटेका थिए । १२ वर्षपछि खोला पनि फर्कन्छ भनेजस्तै गरी नुवाकोटमा राजनीतिक आस्था भन्दा माथी देखिएर सरकार, राजनीतिक दल र नागरिक समाजले राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहको २९८ औं जन्म
जयन्ती तथा राष्ट्रिय एकता दिवस विदुर नगरपालिकाको कार्यालयले नुवाकोट दरवार परिषरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्यो । नुवाकोटको ऐतिहासिक गरिमा उजागर गर्नका लागि भब्य कार्यक्रमको आयोजना गरिएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । डुँडिखेलमा भएको कार्यक्रममा शोभायात्रा, पुरस्कार वितरण र शाहको योगदानको बारेमा चर्चा भएको छ । २९८ औं राष्ट्रिय एकिकरण दिवस मुल समारोह समिति गठन गरेर नगरपालिकाले औपचारिक कार्यक्रम गरेको हो । 
यस्तै, पृथ्वी स्मारक संरक्षण समितिले समेत शाहको देहवशान भएको देविघाटमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ । समितिले वर्षेनी पुस २७ मा कार्यक्रम गर्दै आएको छ । नेकपा मालले समय कार्यक्रमको आयोजना गरी शाहको राष्ट्र निर्माणको योगदानको चर्चा गरेको छ । माले नुवाकोटका अध्यक्ष कृष्णहरि गजुरेलले शाह र नुवाकोटको सम्वन्ध, नुवाकोटप्रति उनको योगदान अन्यत्र भन्दा अधिक रहेकोले नुवाकोटमा उनको जन्मोत्सव र एकता दिवसको अवसरमा विशेष हुनुपर्ने छ ।
विदुर नगरपालिकाले आइतवार आयोजना गरेको कार्यक्रमलाई केहि दिन अघि कुशबहादुर डंगोल अध्यक्ष रहेको मुल समारोह समितिले प्रचार गरेको थियो । सोही कार्यक्रमलाई विदुर नगरपालिकाले ग्रहण गर्दै यो सालबाट नियमित रुपमा गर्ने गरी नगर प्रमुखको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । 
पोहोरसम्म शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनेहरूलाई राजावादीको रुपमा उपेक्षा गरिन्थ्यो । नेकपा तथा काँग्रेसका नेताहरू कार्यक्रममा सहभागि भएपनि उनीहरू माथी नै आलोचना हुँदै आएको थियो । काँग्रेस नेता अर्जुननरसिंह केसी गणतन्त्र स्थापनापछि देविघाटनमा आयोजित एकता दिवसको कार्यक्रममा लगातार दुई वर्ष सहभागि भएपछि उनकै पार्टी भित्र र अन्य दलमा समेत आलोचना भएको थियो । उनले २०६४ सालदेखिनै शाहको योगदनाको चर्चा गर्न नेपालीहरूले कन्जुस्याई गर्न नहुने बताउदै आएका थिए ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले तत्कालिन बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । नुवाकोटमा भएका औपचारिक कार्यक्रमहरू जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा चर्चा भएको छ । वि.सं. १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उनी पराजित हुनुपरेको थियो । उनी वि.सं. १८०१ मा नुवाकोटमा विजयी भएका थिए । उनी कीर्तिपुरमा पनि दुई पटक पराजित भएका थिए । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अंग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अंग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गरेक ाथिए । यसपछि भारतमा उपनिवेश चलाइरहेका तत्कालिन अंग्रेज पनि उनीसँग डराएका थिए ।
शाहले ‘व्रतरत्न माला’ नामक कृति लेखेका छन् । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको छ । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइहरू हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको थियो ।
शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भयो । शाहलाई राष्ट्र निर्माताको उपमा दिने गरिएको छ । आलोचकहरूले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका र्छन् ।

झोरमा सुरुङ अध्यायन

विदुर\उपत्यकालाई कम दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा नुवाकोट सुरुङमार्गको चिनियाँ टोलीले प्रारम्भिक अध्यायन गरेको छ । काठमाडांैको टोखादेखि थानसिंगको छहरेसम्म चिनियाँ प्राबिधिकहरूले अध्यायन गरेका हुन् । भु–बनोट, माटोको प्रकार र चट्टाटनको नमुना संकलन गरेका छन् ।
अध्यायन टोलीमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली नेपाल आएको हो ।  सुरुङको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा छ ।
काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्मको सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत ३० अर्ब रुपैयाँ लाग्न सक्ने प्रक्षेपण छ । 

एक वर्षमै भत्किन थाल्यो

विदुर\विद्यालयहरूको भवन निर्माणमा दिगोपन नभएको ट्रान्रपरेन्सी ईन्टरनेसनल नेपाल नुवाकोटले जनाएको छ ।
हतारमा पुनःनिर्माण भएका शैक्षिक संस्थाको भौतिक अबस्था निर्माण सकिएको १ बर्ष भित्र भत्किन थालेको कार्यक्रम संयोजक दिपेश घिमिरेले बताए । नुवाकोटमा पुननिर्माणमा देखिएको समस्याको बारेमा पत्रकारहरुसंग छलफल भएको छ । १२ वटै स्थानिय तहमा भएको पुनःनिर्माणको प्रगतीको अबस्थामा राज्यले निकालेको तथ्याङ्क फरक रहेको उक्त संस्थाले जनाएको छ ।
गुनासो फारम भरेर  लाभग्राही  सूचीमा पछिल्लो पटक समावेश मध्ये अधिकांश नक्कली भुकम्प पिडित देखिएको पत्रकारले बताएका छन् । ‘जनप्रतिनिधिसंगको सम्वन्धका आधारमा घरनै नभएकाहरु गुनासोबाट सिफारिसमा परेका र उनीहरुको नाम लाभग्राहीको सूचीमा देखिएको छ’, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले भने ।
उत्तरगया दैनिकका सम्पादक शिव देवकोटाले सरकारकै हेलचेक्राई र अथितिले भुकम्प पिडितहरु मारमा परिरहेकोले नागरिक समाजले यस तर्फ आबाज बुलन्द गर्नुपर्ने बताएका छन् ।

राज्यको उपेक्षामा ब्यबसायी

बट्टार\नेपाल निर्माण ब्यबसायी संघका केन्द्रिय अध्यक्ष रबि सिंहले राज्यको ६५ प्रतिशत बिकासको बजेट खर्च गर्ने निर्माण ब्यबसायीलाई राज्यले उपेक्षा गरेको बताए । नुवाकोट निर्माण ब्यबसायी संघको १३ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले राज्यको ठुलो बजेट कार्यान्वयन गर्ने निकायलाई बिभिन्न ऐन नियम भन्दै काम गर्न नदिने खेलमा राज्य लागेको आरोप लगाए । नेपालका सबै निर्माण कम्पनीले काम गर्न सक्ने क्षमता राख्दा पनि ठूला कामको बहानामा बिदेशी कम्पनी भित्र्याउनु दुखद रहेको उनको तर्क छ ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बिकास निर्माणको पहिलो खुड्किलोको रुपमा निर्माण ब्यबसायीहरू रहेको बताए । उनीहरूलाई काम गर्ने बातावरण सिर्जना गरेमा मात्रै सम्बृद्ध नेपालको परिकल्पना गर्न सिकिने बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मुलुक बिकासोन्मुख अबस्थामा रहेकाले सम्झौता गरेको अबधि भित्रै योजना काम सम्पन्न गर्न निर्माण ब्यबसायीहरूलाई आग्रह गरे । केहि समस्या रहेपनि राज्यसँग बसेर त्यसको समाधान छलफलबाट गर्न सक्ने भएकाले कामनै रोकेर बस्न नहुने पण्डितले बताए ।
नुवाकोट निर्माण ब्यबसायी संघका अध्यक्ष सुमन अधिकारीले स–साना कामहरूमा पनि राज्यले निर्माण ब्यबसायीहरूलाई ठग्ने गरेको दावी गरेका छन् । संघकको बार्षिक साधारण सभामा सहभागी भएका नुवाकोटका निर्माण ब्यबसायीहरूले केन्द्रको अधिकार स्थानिय तहमा आएपनि दक्ष, अनुभबी प्राबिधिक कर्मचारीको कमीले काम गर्न असहज भएको टिप्पणी गरे ।

नुवाकोटबाट ४२ जना हराए

विदुर\पाँच महिनाको अवधिमा नुवाकोटबाट ४२ जना हराएका छन् । यो संख्या साउन १ गतेदेखि मंसिर मसान्तसम्मको हो । 
जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्याङ्क अनुसार हराएकामा महिला बढी छन्र । महिला ३६, बालक २ र बालिका ४ जना छन् । प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार हराएका मध्ये प्रहरीद्वारा ५, आफन्तले खोजी गरि पत्ता लगाएका १५ र आफै घर फर्केका ७ जना छन् । अझैं १२ जना महिला, १ बालक र १ बालिका नभेटिएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ देखि २०७६÷०७७ सम्मको छ वर्षमा ६३७ जना नुवाकोटबाट हराएका थिए । दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराएका थिए । त्यस्तै विदुर नगरपालिकाबाट ८५ जना र बेलकोटगढी नगरपालिकाबाट ७७ जना नागरिकहरू हराएका छन् ।
गाउँपालिकाहरू ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए । ती हराएका मध्ये ३८० महिला, ४७ बालक र १२२ बालिका मात्र भेटिएको छ ।
तथ्याङ्क अनुसार हराउनेमा बढी मात्रामा १९ देखी ३० वर्ष उमेर समूहका युवा÷युवतीहरू २२० जना, १८ वर्ष सम्मका १८०, ३१ देखी ५० वर्ष सम्मको १८७ र ५१ देखी ७० बर्षसम्मकामा ५० जना छन् ।
जातीयको आधारमा हराउनेमा जनजाती २४५, दलित १८३, क्षेत्री, ९८ ब्राहमण ७६  र अन्यमा ३५ जना छन् । त्यस्तै,  सामाजिक सञ्जालको विकृतीबाट हराउनेमा १६१ जना बढी रहेको छ भने ११७ जना साथीको संगतमा लागेर घर छाडेको प्रहरीको तथ्याङ्कमा छ ।
प्रहरीले गत आर्थिक वर्ष २०७५÷०७६ मा १५२ जना हराएकोमा १०३ महिला, १३ बालक र ३६ बालिका रहेको बतायो । ति मध्ये ९७ महिला, १३ बालक र ३४ बालिका भेटिका थिए । ६ महिला र २ बालिका अझैं बेपत्ता छन् ।
तथ्याङ्क अनुसार ६ वर्षमा ६३७ जना हराएका थिए भने ५४९ जना मात्र भेटिएका थिए । ८८ जनाको अहिले पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । महिला, बालक र बालिका हराएको भन्दै सुरुमा प्रहरीमा निवेदन आउने भएपछि परिवारले भेटेपछि जानकारी नदिने कारणले तथ्याङ्क बढी भएको अनुमान प्रहरी कार्यालय नुवाकोटको महिला सेलका प्रमुख असई सुकु तामाङको छ । 

सडकको काम आधाआधि सकियो

विदुर\राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएका सोही योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
कामका लागि भौगोलिक रुपमा बढि कठिन रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिरमा त्रिशुली नदी किनार हुँदै डाइभर्सन बनाएर गाडी आउजाउ नियमित बनाउन लागिएको उनले बताए । त्यहाँ सडक चौडा पानृका लागि भिर काट्ने काम भइरहेको छ । दिउँसोको समयमा सडक निर्माणको कामले यातायातका साधन सञ्चालन हुन रोकिएपछि डाइभर्सन बनाइने भएको हो । 
धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्म निर्माण भइरहेको सडकको प्रगति उत्साहजनक नभएकाले नदीमा डाइभर्सन बनाएर नियमित काम गर्न लागिएको हो । डाइभर्सन बनाएर नियमित कार्य सञ्चालन गरेर गल्छी हुँदै देवीघाटदेखि गङ्गटेसम्मको २८ किमि सडक तीन महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यही सडकको तीन स्थानमा एकैसाथ कालोपत्रे गर्ने काम भइरहेको छ । कल्चौडी भिर र बुधसिंगघाट भिरबाहेक अन्य स्थानमा सडक चौडा गर्ने काम सम्पन्न भइसकेको बताइएको छ । मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानन्तरण, सडकको सीमा निर्धारण, पहिरो लगायतका कारण काम गर्न आएको अवरोध हटाउँदै निरन्तररुपमा योजना अघि बढाएको आयोजना प्रमुख भण्डारीले बताए ।
सडक निर्माण अन्तर्गत ठेकेदार कम्पनी मार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशुली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सन मार्फत भइरहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम गरिरहेको हो ।
कार्यालय स्थापनाको समयमा नौ अर्ब ५० करोड रुपैयाँ बजेट अनुमान गरेपनि त्यो रकम अहिलेनै अपुग हुने देखिएको छ । योजना अन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका ११ वटा पुल निर्माण तर्फको प्रगती भने ३० प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ । 

रसुवाको तातोपानी क्षेत्र प्रदुषित

विदुर\रसुवाको तातोपानी क्षेत्रमा फोहोर बढेको छ । यसले गर्दा रोगको संक्रमण बढेको पाइएको हो ।
नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाइहेपनि चिलिमेको तातोपानी लगाएत टिमुरे र स्याफ्रुबेशीको तातोपानी क्षेत्रमा अत्याधिक फोहोर बढेपछि पर्यटकहरूको आकर्षणमा कम पर्ने चुनौती देखिएको छ ।
तातोपानी क्षेत्रलाई पर्यटन विकासको लागि महिला तथा पुरुषका लागि नुहाउने धारा ,कुवा अलग नबनाएका कारणले पनि समस्या रहेको छ । सार्वजनिक शौचालय नभएका कारण जथाभावि दिशापिसाव गर्ने भएकाले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव परिरहेको छ ।तातोपानी नुहाउन जाने भक्तजनहरू दुर्ग्न्धित क्षेत्रमै खाना पकाउने खाने तथा अन्य कृयाकलाप गर्न वाध्य छन् ।
नुहाइसकेपछि लुगा फेर्ने घर दिसा–पिसाब फेर्ने सौचालय, खाजा खाने ठाउँ र बास बस्ने घर जस्ता पुर्वाधारको विकास भए मात्रै यहाँ पर्यटकको संख्या बढ्ने स्थानीयहरूले बताएका छन् ।
तातोपानी सहित गोसाइकुण्ड लाङटाङ क्याङजिङ लाङटाङ हिमाल तामाङ पदर्माग लाङसिसा नागथलि थुमन लगाएत थुप्रै ठाउँहरू रहेका छन् । खुल्ला दिसामुक्त जिल्ला घोषणा भई सकेपनि सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालय बनाउने योजना तीनै तहको सरकारको नभएका कारण यो क्षेत्र दुगन्धित बन्दै गएको छ ।

नुवाकोट महोत्सवको तयारी तिब्र

कलाकारहरू टुङ्गो लगाउन संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती,
महासचिव कृष्ण अधिकारी, प्रवक्ता सविन राजभण्डारी
लगायत पदाधिकारी काठमाडौंमा । 
विदुर\नुवाकोट उद्योग वाणिज्य संघले आगामी माघ १६ देखि २६ गतेसम्म गर्ने भनिएको छैठौं नुवाकोट महोत्सवको तयारी तिव्र पारिएको छ ।
भ्रमण वर्ष लाई लक्षित गर्दै गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरूभन्दा पृथक बनाउन लागिपरेको नुवाकोट उद्योग वाणिज्य संघका प्रबक्ता सबिनराज भण्डारीले बताए । महोत्सवको लागि अहिले विभिन्न समिति तथा उपसमितिहरू गठन भएको छ ।
महोत्सवमा स्थानिय कला, संस्कृति तथा भेषभुषाको प्रचारप्रसार र स्थानिय पहिचानलाई प्रर्वदन गर्ने बताइएको छ । महोत्सवमा नुवाकोटको १२ वटै स्थानिय तहलाई ५÷५ वटा स्टल उपलब्ध गराउने जनाएको छ । सबै स्थानिय तहले आफ्नो गाँउ झल्किने बस्तुहरूको प्रचार प्रसार गर्ने जनाएको छ ।
धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने भएको छ ।
११ दिनसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पुर्याउने बताईएको छ । २५० वटा स्टल रहने महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री र जिल्लामा १२ वटै स्थानीय तहको पहिचान सहितका स्टल रहने नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । 

घलेको स्मृतिमा स्वाथ्य भवन

गेर्खु\विदुर नगरपालिका वडा नम्बर ११ का एक स्थानियले नगर स्वास्थ्य क्लिनिकका लागि भवन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
स्थानिय प्रगती घलेको सम्झनामा उनका परिवारले नगर स्वास्थ्य क्लिनिकका लागि भवन निर्माण गरी हस्तान्तरण गरेका हुन् । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाको अभियानमा स्थानियको सहयोगले थप उत्साहि बनाएको बताए । नगरबासिहरूको स्वास्थ्य, शिक्षा, खानेपानी लगायत महत्वपूर्ण काममा नगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
उपप्रमुख गिताकुमारी दाहालले नगर भित्र रहेका प्रत्येक नागरिकको समस्या हल गर्न नगरपालिका दत्तचित्त रहेको बताए । सामुदायिक रुपमा देखिएका समस्या समाधानका लागि नगरपालिकाले वडा वडाबाट योजना छनौट गर्दै बजेट बिनियोजन गर्न थालेको बताए ।
स्थानिय भरतबहादुर घले र ज्ञानेन्द्रप्रकाश घलेले बुहारी प्रगती घलेको स्मृतिमा नगर स्वास्थ्य क्लिनिकको भवन निर्माण गरी हस्तान्तरण गरेका हुन् । ज्ञानेन्द्रप्रकाश घलेले आफ्नो स्वर्गिय श्रीमती प्रगती घले पेशाले नर्स भएकाले उनको स्मृतिमा स्वास्थ्य संस्था निर्माण गरेको बताए । 

प्रहरीको काम र गतिविधिको समीक्षा

विदुर\जिल्ला प्रहरी कार्यालय नुवाकोटले सञ्चालन गरिरहेको प्रहरी समुदाय साझेदारी कार्यक्रमको समीक्षा भएको छ ।
बिद्यालय देखि समुदायसम्म साँझेदारीमा सञ्चालन भइरहेको प्रहरीको कार्यक्रम प्रभावकारिताको समीक्षा भएको हो । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्रबिधिको बिकाससँगै सुरक्षा चुनौती बढ्दो रहेको बताए । जसले गर्दा यो अभियानका कारण प्रहरी नागरिकहरूसंग हुने घुलमिलले नयाँ चुनौतीको समाधान भइरहेको विश्वास राखे । उनले पछिल्ले समय नुवाकोट प्रहरीले बढाएको सक्रियताले समुदायमा शान्ति र अमनचयन स्थापित भएको बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले प्रहरीलाई पर्ने जुनसुकै सहयोग स्थानिय तहले गर्ने र गर्दै आएको बताए । नुवाकोटमा देखिएका अपराधिक कार्यहरूलाई रोक्न १२ वटै स्थानिय तह प्रतिबद्ध रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरलले अपराधिक कार्यको अनुसन्धान स्वतन्त्र हुनु पर्ने बताए । दुरदराजमा घटेका घटनाहरूको अनुसन्धानमा स्थानिय समुदाय र राजनीतिक दलबाट हस्तक्षेप नभएको उल्लेख गर्दै नुवाकोटमान न्याय सम्पादनमा सहजता रहेको सुनाए ।
१२ वटै स्थानिय तहमा ईलाका प्रहरी कार्यालयको स्थापना भैसकेकाले जिल्ला भरिनै बलियो सुरक्षाको प्रत्याभुत दिलाउन प्रहरी सक्षम रहेको प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले बताए । 

सामाजिक सञ्जालबाट

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासको नवसञ्जीवनी मावि व्यवस्थापन समितिका अध्यक्ष एवं नबिसंघ नुवाकोटका क्षेत्रिय अध्यक्ष कृष्ण मिश्रले आफ्नो जन्मदिन अवसरमा शनिवार विदुरस्थित ‘आमाको मायाको छात्रावास’मा केक काटेर मनाउदै एक थान टेलिभिजन सेट प्रदान गरेका छन् ।

उपत्यकाको फोहोर अब बञ्चरेमा

ककनी\ओखरपौवाको सिसडोलमा व्यवस्थापन हुँदै आएको काठमाडौँ उपत्यकाको फोहोर आउँदो फागुन महिनादेखि नुवाकोटकै बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा लगिने भएको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ बञ्चरेडाँडामा निर्माणाधिन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने बताइएको छ । अब काठमाडौं उपत्यकाको फोहोर त्यही विर्सजन हुने छ । फागुन १ गते देखि नै फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
गएको वैशाखदेखि निर्माण सुरु भएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा मङ्सिरदेखि नै फोहोर लैजान दिने विभागको योजना थियो । निर्माण ढिला हुँदा क्षमता सकिएको सिसडोलमा नै उपत्यकाका १८ वटा नगरको फोहोरमैला व्यवस्थापन हुँदै आएको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपैयाँको लागत सम्झौतामा बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।
यसको निर्माणमा भइरहेको ढिलाईको बारेमा नुवाकोटका सांसदहरूले वारम्वार चासो व्यक्त गरिरहेका छन् । सांसदहरूले पटक पटक स्थलगत अनुगमन गरेर समयमानै काम सम्पन्न गर्न निर्देशन पनि दिएका थिए । अहिले फोहोर विर्सजन भइरहेको सिसडोल भरिएपछि त्यहाँ समस्या उत्पन्न भइरहेको छ । फोहोरबाट निस्केको लिचेडले स्थानीयहरू बिरामी पर्न थालेपछि उनीहरूले फोहोरको उचित व्यवस्थापन गर्न समेत काठमाडौं महानगरपालिका र नेपाल सरकारसंग आग्रह गर्दै आइरहेका छन् । तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार पहिलो चरणम ातयार भएको स्थानमा फोहोरको व्यवस्थापन हुन थाल्ने छ । पहिलो चरणमा सेल नं. १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं. २ को बाँकी काम सम्पन्न गरिनेछ उनले बताए ।
अघिल्लो वर्षदेखिनै निर्माण आरम्भ भएको बञ्चरेडाँडा ल्याडफिड साइडको कामले अहिले तिब्रता पाएको हो । फागुन १ गतेबाटै प्रयोगमा ल्याउनका लागि भौतिक संरचनाको काम समयमै सकेर व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागले जनाएको छ । स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्र सहित १७ सय रोपनी जमिन ओगटेको छ । जसमध्ये १०४ रोपनी क्षेत्रफल जमिनमा फोहोर फाल्ने सेल बनाइनेछ । जमिनको भागमध्ये ४० प्रतिशतमा ल्यान्डफिल साइटको सेल नं. १ तयार हुँदैछ ।
यो स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक प्रणालीमा आधारित ‘सेमिएरोबिक’ विधि अनुसार निर्माण गरिएको महानिर्देशक गेलालले बताएका छन् । उनका अनुसार जमिनमुनिको पानी व्यवस्थित गर्न सबैभन्दा मुनि ‘ट्रेन्च’ बनाइएको छ । ट्रेन्चमाथि ‘पेबल’ (गोला ढुङ्गा)लाई ‘जियोटेक्सटायल’ले बेरेर खाल्डो भरिनेछ । त्यसपछि चिम्ट्याइलो माटोले वाटर ‘प्रुफिङ गरिने उनले बताए । त्यसमाथि पानी नछिर्ने गरी àजियोमेम्ब्रेन’ ओछ्याइने छ । त्यसमाथि पेबल राखेर लिचेट  निकाल्ने पाइप बिछ्याइन्छ । लेदो संकलन गर्न साइटको बाहिरपट्टि दुईवटा पोखरी बनाइनेछ । पोखरीमा जम्मा भएको लेदो प्रशोधन गरेर मात्र खोलामा पठाइनेछ । फोहोरबाट निस्कने ग्यास संकलन गर्न पनि पाइप बिछ्याइनेछ । यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् ।
फोहोरलाई श्रोतमै छुट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोर मात्र ल्याइएमा यो ल्यान्डफिल साइटमा एक सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने विज्ञहरूले अनुमान गरेका छन् ।

चीनबाट १० लाख किलो प्याज

विदुर\चालु आर्थिक वर्षको ५ महिनामा रसुवागढी नाका हुँदै चीनबाट १० लाख किलो सुकेको प्याज आयात भएको छ ।
भारत सहित नेपालमा प्याजको भाउमा वृद्धि भएपछि रसुवागढी नाका हुँदै चिनिँया प्याज भित्रिन थालेको हो । चीनबाट आउन थालेपछि मात्रै नेपाली बजारमा प्याज सुलभ भएको हो । भन्सार विभागका अनुसार यस अवधिमा नेपालमा कुल १८ लाख ३५ हजार २८२ किलो सुकेको प्याज आयात भएको हो ।
चीनबाट प्याज किन्न पाँच महिनामा नेपालले ८ करोड २१ लाख खर्च गरेको छ । नेपालले भारतबाट ३ करोड ५० लाखको मात्र प्याज किनेको छ ।

सुत्केरीलाई हातहातै अण्डा

विदुर\विदुर नगरपालिका वडा नम्बर ५ ले नगर स्वास्थ्य क्लिनिकमा खोप लगाउन आउने सुत्केरीलाई एक\एक क्रेट अण्डा बितरण गरेको छ ।
बच्चा जन्मेपछि लगातार सुई लगाउन आउदा १ क्रेट अण्डा वडा कार्यालयले उपलब्ध गराउने छ । यो अभियानको सुरुवात गएको हप्ताबाट भएको हो । विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको यस नगर स्वास्थ्य क्लिनिकमा विदुर नगरपालिकाका अन्य वडा र बेलकोटगढी नगरपालिकाबाट समेत सेवा लिन आउने गरेका छन् । नगर स्वास्थ्य क्लिनिकमा आउने सबै सुत्केरीहरूलाई अण्डा उपलब्ध गराउने वडा नम्बर ५ का अध्यक्ष शिबकुमार चित्रकारले बताए ।

विप्लव जिल्ला सेक्रेटरी पक्राउ

विदुर\जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित विप्लव समूहका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल ‘अशोक’लाई पक्राउ गरेको छ । उनी गएको सोमवार नुवाकोटकै तारेश्वर गाउँपालिकाको पयूटारबाट पक्राउ परेका हुन् ।
‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए ।
विदुर–२ नुवाकोटडाडाँ, वडा नंं. १० गेर्खु, बेलकोटगढी नगरपालिका–४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं. १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न व्यक्तिसंग चन्दा उठाएको उनलाई अभियोग छ । 

दुई वटा बन्दुक सहित पक्राउ

विदुर\दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ बाट भरुवा बन्दुक सहित घ्याङफेदीका गुरुदोर्जे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी बुधवार दिउँसो घरबाटै पक्राउ परेका हुन् । जंगलमा भरुवा बन्दुक लुकाईएको भन्ने विशेष सूचनाको आधारमा समुन्द्रटारबाट गएको प्रहरीले २ थान बन्दुक सहित उनलाई पक्राउ गरेको हो । 

तस्बिर खबर

उज्यालोको खुसी :
बट्टारमा भएको मोतियाविन्दुको निःशुल्क अप्रेसनपछि आफ्नो फर्किको दृष्टिका साथ दंग देखिएका नुवाकोटको विदुर नगरपालिका वडा नं. १३ कल्याणपुरका ७८ बर्षिय लिलाबहादुर कोइराला । 
–शंकर अधिकारी

दलित पत्रकारको संयुक्त शाखामा भड्ताल

विदुर\राष्ट्रिय दलित पत्रकार संघ नुवाकोट रसुवा शाखा गठन भएको छ । टिभि त्रिशुलीका पत्रकार संगम दर्जी भड्तालको अध्यक्षतामा समिति गठन भएको हो । उपाध्यक्षमा गोपाल मिजार, सचिबमा राजकुमार नेपाली, सह–सचिबमा झरना नेपाली, कोषाक्षमा कमला मगराती छन् । यस्तै, कार्य समितिको सदस्यहरूमा प्रमिला सुनार, पार्बती बिक, बिन्दा मिजार र मनिस परियार छन् ।
नुवाकोट र रसुवमा जिल्लाका कार्यरत दलित समुदायका पत्रकारहरूको भेलाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले नेपालमा बिधागत रुपमा पत्रकारको बिकास हुन जरुरी रहेको बताए । सक्रियाशिल पत्रकारहरूको क्षमता विकासका साथै नयाँ पत्रकारहरूलाई पेशामा आर्षणका लागि महासंघले काम गर्न लागेको उनले बताए ।
आउँदो माघ देखि १ बर्षसम्म पत्रकार महासंघले तालिम बर्षको रुपमा मनाउन लागेको बताउदै उनले नुवाकोटमा यो अवधिमा क्षमता विकासका लागि विशेष अभियान सञ्चालन हुने बताए ।
राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नम्बर ३ का सचिब बशन्त परियारले पत्रकारितामा आबद्ध दलितहरूलाई एकजुट बनाउनको लागी संघ गठन भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका संस्थापक शिव देवकोटा, केन्द्रिय सभाषद् ध्रुवकुमार रावल, नुवाकोट शाखाका उपाध्यक्ष रुपा अर्याल, फोनिज नुवाकोटका सचिव गमला लामा, आदिवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर, दलित संघ नुवाकोटका अध्यक्ष भोजबहादुर नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

पाँचथरदेखि मध्ये पहाडी लोकमार्ग प्रचारमा

विदुर\नेपाल भ्रमण बर्षलाई सफल बनाउन पुर्बको चिवाभञ्ज्याङ पाँचथर देखि पश्चिमको झुलाघाट बैतडीसम्म पुग्ने मोटरसाईकल यात्रीलाई गएको हप्ता नुवाकोटमा स्वागत गरिएको छ ।
१७१६ किलोमिटर पुष्पलाल मध्य पहाडी लोकमार्गले २३ जिल्ला छुनेछ । २३ जिल्लाको बिभिन्न एतिहासिक स्थल, पर्यटकिय क्षेत्र, स्थानिय बस्तिहरूको प्रचार प्रसार गर्दै मोटरसाईकल यात्रामा आफुहरू नुवाकोट आईपुगेको पाँचथरका हर्क नेम्वाङले बताए ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गले छोएका सबै जिल्लाहरूको पहिचान स्थापित गर्ने, पर्यटन बर्ष २०२० मा गतिलो गन्तब्य बन्न सक्ने स्थानहरूको पहिचान र प्रचारका लागि हिडेको उनीहरूले बताए छन् । पाँचथरबाट हिडेको छ दिनमा उनीहरू नुवाकोट आइपुगे ।
उनीहरूलाई जिल्ला समन्वय समिति र नुवाकोट उद्योग बाणिज्य संघमा स्वागत गरिएको थियो । संघमा भएको कार्यक्रममा उपाध्यक्षहरू गीता अमात्य, राजेन्द्र श्रेष्ठ, सन्तोष उप्रेती, सचिव उपेन्द्र बुढाथोकी, प्रवक्ता सविन राजभण्डारी, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदीश खनाल लगायतले मोटरसाइकलबाट यात्रा गरिरहेका टोलीको स्वागत गरेका थिए । उनीहरू एक रात नुवाकोटमा बिताएर धादिङ्ग हुँदै बैतडी तर्फ लागेका छन् । 

सामुदायिक होमस्टेमा प्रदेश सरकारको सहयोग

विदुर\आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न प्रदेश नं. ३ सरकारले सामुदायिक होमस्टे सञ्चालनका लागि एक करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । त्यसमा नुवाकोट जिल्लाको पनि केही सामुदायिक होमस्टे पर्ने भएका छन् । प्रदेश सरकारले उक्त कार्यक्रममा समावेश हुन चाहाने समुदायका लागि खुल्ला सूचना जारी गरेको छ । 
उद्योग पर्यटन तथा वन मन्त्रालयले नौ वटा सामुदायिक होमस्टे चलाउन एक करोड १० लाख रुपैयाँ छुट्याएको होर । सामुदायिक रुपमा सञ्चालन हुने होमस्टेलाई राज्यले नै बिकास गर्ने जनाएको छ । सामुदायिक रुपमा सञ्चालन हुने होमस्टेको लागी १० लाख रुपैयाँ सम्मको अनुदान उपलब्ध गराउने तयारी छ । जसका लागि प्रस्तावना माग भएको छ ।  एउटा सामुदायिक होमस्टेलाई १० लाख रुपैयाँ अनुदान दिने नीति रहेको छर ।
नुवाकोटको दुप्चेश्वर गाँउपालिका, विदुर नगरपालिकाको वडा नम्बर २ साततले दरबार पसिर र म्यागङ गाँउपालिकाको बुङताङमा रहेको होमस्टेलाई प्रदेश सरकारले सहयोग गर्न लागेको बुझिएको छ । ति बाहेकका नयाँ स्थानमा होमस्टे सञ्चालन गर्ने समुदायले समेत प्रदेश सरकार समक्ष प्रस्तावना पेश गर्न सकिने बताइएको छ । भ्रमण वर्ष २०२० का लागि यो कार्यलाई अघि सारिएको समेत बताइएको छ । 

रसुवागढी आयोजनाको काम ७१ प्रतिशत सकियो

धुञ्चे\रसुवाको टिमुरेमा निर्माण भइरहेको रसुवागढी आयोजनाको ७१ प्रतिशत काम सकिएको छ । आयोजना प्रमुख छवी गैरेका अनुसार सन् २०२० फेबु्रअरी भित्र १११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । त्यसका लागि आयोजनामा कार्यरत ३० भन्दा बढी प्राविधिक अहोरात्र काममा लागेका छन् ।
रसुवागढी मुनी बाँध बाध्ने, डिसेन्ड पोखरी, बालुवा थिग्य्राउने पोखरी, विद्युत गृह निर्माण को काम अगाडी बढेको छ । चार हजार एक सय ८५ मिटरको हेड रेस सुरुङ भने गत वर्षमा निर्माण सम्पन्न भइसकेको छ ।
चार वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गरि राष्ट्रिय प्रसारणमा विद्युत पठाउने लक्ष्यका साथ सन् २०१४ बाट निर्माण कार्य अगाडि बढेको रसुवागढी अवरोध भुकम्पको असर जस्ता विविध कारणले निर्धा्रित समयमा निर्माण सम्पन्न पुरा नहुने भएको छ ।
आयोजनाको निर्माण लागत १३ अर्व ६१ करोड ४० लाख छ । सुरुङ भित्र पानी पठाउन बाहिरी सतहको भोटेकोसीमा एक बाध रहने र विद्युत गृह बालुवा थिग्य्राउने पोखरी समेतका सम्पुर्ण संरचना भुमिगत रहने छ ।
यस आयोजनाबाट बार्षिक ६१ करोड ४० लाख युनिट विद्युत उत्पादन हुने प्राविधिकहरूले बताए । टिमुरेको तातोपानी नजिक थुमन क्षेत्रको आधार इलाकामा रहने विद्युत गृहमा तीन वटा फ्रान्सिस नामको टर्वाइन जडान गर्ने काम भइरहेको छ ।
बाँध बाधिएको स्थल भोटेकोसीदेखी प्रतिसेकेन्ड ८० घनमिटर विद्युत पुग्ने बताइएको छ । आयोजनाको निर्माण स्थल कडा खाले पहाडभित्र रहेका कारण भोटेकोसिमा आउन सक्ने बाढी, भुक्षय, भुकम्प तथा चट्याङ जस्तो कुनै पनि प्राकृतिक प्रकोपले असर नपार्ने प्राविधिकहरूले बताए ।

प्रदेश राजधानी नुवाकोट हुनुपर्ने सांसहरुको माग

विदुर\प्रदेश नं. ३ को केन्द्र र नामको विषयमा नुवाकोटका सांसदहरूले सहजमती जनाएका छन् । नेकपाका सांसद हिरानाथ खतिवडा र काँग्रेसका सांसद कल्पना नेपालीले नुवाकोट राजधानी हुने आधार सहित असहमती जनाएका हुन् ।
प्रदेश नं. ३ को नाम बागमती र स्थायी राजधानी हेटौडा बनाउन नेकपाको केन्दीय कमिटीले दिएको निर्देशन प्रति प्रदेश सभामा नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले आपत्ति जनाएका छन् । प्रदेश सभामा नुवाकोटबाट उनी सहित ५ जना सदस्य छन् । प्रदेश नं. ३ को राजधानीको केन्द्र चयनको सम्बन्धमा नेकपाका सांसदहरू एक आपसमै बाझिरहेको समयमा नेकपाका नुवाकोट अध्यक्ष खतिवडाले नेतृत्वको निर्णय मान्य नहुने भन्दै त्यसलाई सच्याउनको लागी माग गरे ।
उनले प्रदेश नम्बर ३ को सदनमा नुवाकोट नै प्रदेशको राजधानीको केन्द्रको लागी उपर्युक्त रहेको बताए । प्रदेश नम्बर ३ को १३ वटै जिल्लालाई सहज र पायक पर्ने स्थानको रुपमा नुवाकोट रहेको उनको भनाई छ ।
प्रदेश सभामा छुट्टा छुट्टै सम्बोधन गर्दै सांसदद्धय खतिवडा र नेपालीले नेकपाको केन्द्रीय कमिटीले केन्द्र कहाँ बनाउने भन्ने निर्णय गर्नु प्रदेश सभा र प्रदेश सांसदहरूको अधिकार क्षेत्रभित्र प्रहार भएको बताए ।
नुवाकोटबाट निर्वाचित प्रदेश सांसद बद्री मैनालीले झण्डै दुई वर्ष अघि नुवाकोटलाई प्रदेश नं. ३ को राजधानी बनाउन माग गर्दै संसदमा प्रस्ताव दर्ता गराएका थिए । हेटौडा र काभ्रेपछि प्रदेश राजधानीको लागि नुवाकोटको नाम चर्चा हुँदै आएको थियो । 

जन्मभुमी र सारथीको साधारण सभा

विदुर\शनिवार किस्पाङ गाउँपालिका वडा नं. ५ मा रहेको जन्मभुमी कृषि सहकारी संस्था र विदुर नगरपालिका वडा नं. ९ कोलोनीमा रहेको सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण छुट्टा छुट्टै कार्यक्रमका बीच सम्पन्न भएको छ । जन्मभुमीको पाँचौ र सारथीको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सारथी सहकारीको बार्षिक साधारण सभालाई सम्वोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सहकारीले सरकराले लिएको ‘सुखी नेपाली’को अभियानलाई पुरा गरिरहेको बताए । उनले एक व्यक्ति एक सहकारीको अभियानले विशेष गरी विदुर नगरपालिकामा सार्थकता पाउदै गरेको उल्लेख गरे । सहकारीले कृषक, साना व्यवसायी तथा आम नागरिकहरूको भावना समेटेर चल्ने हुँदाले समुदायको भरपर्दो साथीको रुपमा रहेको उल्लेख गरे । सहकारीले ५ करोडको ऋण लागानी गरेको छ । सहकारीले ई–बैंकिङ सेवा सुरु गर्न लागेको सारथी सहरकारीका अध्यक्ष गोकर्ण रोक्काले बताए ।
यस्तै, जन्मुभमी सहकारीको कार्यक्रममा अखिल नेपाल किसान महासंघ नुवाकोटका अध्यक्ष एवं नेकपा नुवाकोटका सदस्य यमकुमार खातीले कृषि सहकारी मार्फत स्थानीय निकाय बैज्ञानिक र आधुनिक कृषि उत्पादनमा नागरिकको बीचमा काम गर्न आग्रह गरे । कृषकहरूलाई व्यवसायी बनाउन स्थानीय निकायले भुमिका खेल्न भुल्नु नहुने उनको भनाई छ ।
विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठले व्यवसायी कृषक बनाउन कृषकलाई उत्साह थप्ने काममा कृषि सहकारीहरूको महत्वपूर्ण भुमिका रहेको बताए । किस्पाङ ५ का वडा अध्यक्ष नरहरि भट्टले वडाको तर्फबाट सहकारीको कार्यक्रममा भरपुर सहयोग गरिने बताए । 

२०७६ पुस २८ गतेको सम्पादकिय

स्वागत योग्य कार्य
नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले गोरखाबाट सुरु गरेको पदयात्रा नुवाकोट हुँदै काठमाडौं पुग्यो । आइतवार काठमाडौंमा आयोजित राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा यो पद यात्रा विशेष आकर्ष र चर्चा रह्यो । नुवाकोट जिल्ला हुँदै अघि बढेको यो यात्राका कारण नुवाकोटको ऐतिहासिक पक्षहरू सतहमा आएका थिए । जसले गर्दा जिल्लाको शान र गर्व गर्न लाएकको विषवस्तु तयार भएका थिए । राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहसंग सम्वन्धित कुराहरूलाई राजनीतिक आस्थाका रुपमा हेरिदा कयौं इतिहासहरू ओझेलमा पर्दै आएका छन् । तर, १२ वर्षपछि खोला फर्केको भनेझै नुवाकोट जिल्लामा ठिक १२ वर्षपछि स्थानीय सरकारले शाहको योगदनाको चर्चा गर्दै औपचारिक कार्यक्रमहरूको आयोजना गरेको छ ।
राजनीतिक दलहरूबाटै तिस्कृत पृथ्विजयन्ती र राष्ट्रिय एकता दिवस यो पालीबाट विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले स्थापित गराउने प्रयास गरेको छ । दुवै स्थानीय सरकराले आइतवार सार्वजनिक विदा दियो । विदुर नगरपालिले त झन् आफ्नै अध्यक्षतामा मुल समारोह समितिको समेत गठन गर्यो । आधुनिक नेपालको एकीकरण र विकासक्रमको सुरुवात भएको तिथि रहेको पुस २७ लाई विशेष रुपमा मनाउनुमा इतिहासविद्धहरूले तर्क गरिरहेका छन् । गणतान्त्रिक नेपालमा राजसंस्था र राजाको गुणगान गाउनु उपयुक्त नभएको ठहर दोश्रो जनआन्दोलनपछिको सरकारले गर्यो । त्यसअघि पुस २७ मा दिइदै आएको राष्ट्रिय विदा हटाइयो । हुन त अहिलेपनि संघिय सरकारले आइतवारलाई सार्वजनिक विदा दिएन, तर नुवाकोटका दुई वटा स्थानीय सरकारले आइतवार विदा दिएर पुस २७ को महत्वलाई पुनर्ताजकी गरेको छ । शाहको जन्मजयन्ती, राष्ट्रिय एकता दिवसको महत्व अन्त भन्दा नुवाकोटमा बढी हुनु स्वाभाविक हो । नेपाल एकीकरणको सुरुवात, २५ वर्षसम्म नेपालको राजधानी र शाहको देहबशान भएको नुवाकोट । यसर्थ पनि यस दिवसलाई विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले ग्रहण गर्नु स्वागत योग्य छ ।