Saturday, March 07, 2020

नुवाकोटमै हिउँको मज्जा

सागर खनाल
फिकुरी\नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ मा रहेको फिकुरी डाँडालाई ट्रेकिङ हब बनाउने अभियानमा हिँडेको पर्यटन व्यवसायी, पत्रकारहरू र अभियानता सहितको टोली बुधबार पुगेको छ ।
३४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडाखर्क पुगेको टोलीले क्याम्पिङ गरेर रात बिताएको छ । रातभर अत्याधिक हिमपात परेपनि त्यस्तो असहज केही नभएको सहभागीहरूले जनाएका छन् । करिब ३ फिटसम्म हिउँ जमेको भए पनि भेडाखर्क बसाइ सहज रहेको एक्सप्लोरेशन टिमका संयोजक उर्जा तामाङले जानकारी दिए ।
३८०० मिटर उचाईको फिकुरे डाँडाँबाट लाङटाङ, गणेश हिमाल, मनाश्लु, गोसाइकुण्ड रेन्ज सहजै देख्न पाइयो। साथै हिमाली जन जीवन र संस्कृति अवलोकन गर्न सकिन्छ ।
त्यसैगरी टिममा सहभागी नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतका अनुसार ट्रेल अत्यन्तै सम्भावना बोकेको भएकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए । राजधानी नजिकैको यो ट्रेलको उचित प्रचार प्रसार गर्नुपर्ने महतले औल्याए । ५२ जना सहभागी टोली आज ६ घन्टाको पदयात्रा पछि १८०० मि उचाईमा रहेको ठूलो गाउँ पुगेर बास बस्नेछ ।
रातभर बाक्लो हिमपात परे पनि टिममा सहभागी सबै सदस्यहरू सकुशल रहेको टिम लिडर एवं रसुवा ट्रेकका सञ्चालक गगन राज न्यौपानेले जानकारी दिए ।
तिन हजार ८ सय मिटर उचाईमा रहेको फिकुरी डाँडा एतिहासिक धार्मिक हिसाबले पनि महत्वपुर्ण स्थान हो । ठूलो गाउँ पछि टोली रसुवाको डाँडागाउँ झरना र घलेगढी पुगेर फर्कने न्यौपानेले जानकारी दिए ।
दुई जिल्लाका पर्यटन व्यवसायी सञ्चारकर्मी टिमले भ्रमण गर्ने छन् भ्रमण पश्चात यस क्षेत्रको प्रर्वद्धनात्मक भिडियो उत्पादन लेख समाचारले आगामी दिनमा पर्यटकलाई भ्रमण गर्न
सहज हुने नक्सा प्रकाशन गरि फोटो सहितको जानकारीमुलुक प्रचार प्रसार गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तथा उद्देश्य रहेको आयोजक टिमले जानकारी दिएको छ ।
हिउँमै किताब विमोचन
फिकुरी\लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ । 
फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् । फिकुरी डाँडाको उचाईं ३८०० मिटर रहेको छ, जहाँबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । एक्कासी परेको भारी हिमपातका कारण पदयात्री समुह भेडीखर्कबाट फर्किएको थियो ।
‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो’, बाक्लो हिउँमा 
उभिएर साहसिक पर्यटनमा सक्रिय 
पदयात्रीहरूमाझ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दीपक महतले भने, ‘महासागरले घरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरूबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना हो ।’ 
कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक संस्था रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछनेले भने, ‘सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरेका छौं ।’
फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य महत, रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष लामिछाने, लेखक सिलवाल, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितिय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज् एशोसिएसन (टान)का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए । 
श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए)को ६३ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा श्रीलंकामा निम्त्याइएका टुर–टे«किङ गाइड तथा टे«किङ प्रशिक्षकसमेत रहेका सिलवालले त्यही बेलाको एक साता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटेका छन् ।
‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो । त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्’, कन्फिडिरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका किस्पाङनिवासी सिलवालले भने, ‘त्यसका लागि सक्रिय यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाज र यात्रामा जोडिएका सूर्यगढी, किस्पाङ, ठूलोगाउँ र कालिका गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय र सहयात्री सबै धन्यवादका पात्र हुन् ।’

चार जनाको मृत्यु

विदुर\काठमाडौं गएको साता भएको फरक–फरक सवारी साधन दुर्घटनामा नुवाकोटका तीन जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । त्यस्तै नुवाकोटमा भएको एक घटनामा एक जना वृद्धको मृत्यु भएको छ ।
गंगाहल अगाडि भएको दुर्घटनामा दुई जना र टोखामा भएको मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गं.गाहल अगाडीको घटनामा मोटरसाईकल चालक नुवाकोटका निखिल तामाङ र पछाडी बसेका ककनीका रुपेश तामाङको उपचारका क्रममा निधन भएको हो ।
बालाजुतर्फ जाँदै गरेको बा २ ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ७८ प १४० नम्बरको मोटरसाइकल राती ११ बजे आपसमा ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखा माछापोखरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पुरानो मदानपुर–८ का वर्षीय निखिल तामाङ र रुपेश तामाङको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, टोखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भयो भने एक जना घाइते भए गणेशस्थान नजिकै बिजुलीको पोलमा ना १६ प ९१३४ नम्बरको मोटरसाइकल ठोक्किँदा पञ्चकन्या गाउँपालिका–२ का प्रशुन तामाङ भनिने हितबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनायो । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार नुवाकोटकै शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय सुनिल थापाको भने ग्रीनसिटी अस्पताल उपचार भइरहेको छ ।
यसै बीच, घाँस काट्ने क्रममा रुखबाट लडेर विदुर नगरपालिका वडा नम्बर १० आँगुटारमा एक ज्यान गएको छ । मृत्यु हुनेमा ७० वर्षिय बोधनाथ पौडेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घर नजिकै कुटमेरोको रुखमा चढी घास काट्ने क्रममा
पौडेल लडेर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो ।

भौतिक सुधारमा जोड

रामचन्द्र खनाल
त्रिशुली\नुवाकोट, धादिङ र रसुवाको सबैभन्दा पुरानो विद्यालयको रुपमा परिचित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको ६९ औ वार्षिक उत्सव सम्पन्न भयो ।
त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर वृद्धी तथा शिक्षालयको भौतिक अवस्था सुधारका लागी प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरिरहेको बताए । उनले शिक्षाको षेत्रका काम गर्ने प्रदेश सरकारहरूमा बागमती उत्कृष्ठ रहने दावी समेत गरेका छन् । नवनिर्मित भवनको उद्घाटन समेत गर्दै मुख्यमन्त्री पौडेलले शिक्षा नीतिलनई नै परिमार्जन गर्दै प्राबिधिक शिक्षाको रुपमा बिकास गर्ने बताएका छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा तामाङले नुवाकोटलाई प्रदेशको राजधानीको रुपका बिकास नगरे पनि बिकासको काममा तिब्रता दिन आग्रह गर्दै मुख्य मन्त्री पौडेललाई ब्यङ्ग्य गरे । साथै उनले बिकासको लागी बिभिन्न योजनाहरू प्रदेशमा पुगेकाले योजना अनुसारको बजेट बिनियोजन गर्न माग गरे ।
वागमती प्रदेशसभा सदस्य केशव पाण्डेले हरेक विद्यालयमा शिक्षकको नै महत्वपूर्ण भूमिका हुने बताए । शिक्षक अनुसारका बिद्यार्थी उत्पादन हुने भएकाले गुणस्तरिय र मेहनती शिक्षक आबाश्यक रहेको पाण्डेले बताए ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षाको परिभाषा गर्दा शिक्षित हुनु मात्र नभई प्रयोगात्मक शिक्षा पनि हुनुपर्ने बताए । प्राबिधिक बिषयले मात्रै नागरिकहरूको बिकास र दक्ष जनशक्ति उत्पादन हुने भएकालदे सबै बिद्यालयमा प्राबिधिक धारको ध्यन हुनु पर्नेमा उनले जोड दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा)को समन्वय तथा एशियाली विकास (एडिबी) बैंकको आर्थिक सहयोगमा ११ करोड ५३ लाखको लागतमा विद्यालयको भवन पुनःनिर्माण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि महिला फिडर छात्रवाससमेत सञ्चालनमा रहेको बताए । २००७ साल चैत ९ गते दुईजना शिक्षकले पाठशाला स्थापना गएर सुरु भएको त्रिभुवन त्रिशुली स्कुलमा अहिले ११ सय ३६ जनाले पढिरहेका छन् ।

पाण्डे राजदूतमा सिफारिस

सोनिका खनाल
विदुर\सरकारले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ । अहिलेका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ राजदूतको रुपमा पाण्डेलाई सिफारिस गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडललाई फिर्ता हुन निर्देशन दिने र पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
२०७३ कात्तिकदेखि चीनका लागि राजदूत भएका पौडेललाई बालुवाटार जग्गा प्रकरणमा अदातले पत्र काटेकोले फिर्ता बोलाउन लागिएको स्रोतले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गरेको भए पनि सत्ता परिवर्तनपछि प्रचण्डले नेतृत्व सम्हालेपछि ओलीको उक्त निर्णय बदर गर्दै लिलामणीलाई पौडेललाई सिफारिस गरेको थियो ।
सिफारिसमा परेका पाण्डे नेकपा नुवाकोटका ईन्चार्ज समेत छन् । उनी नुवाकोटबाट २०५६सालमा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि पनि हुन् ।

रंगशालालाई आलु सहयोग

संगम भड्ताल
विदुर\नुवाकोटको लिखु र पञ्चकन्या गाउँपालिकाका कृषकहरूले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई निर्माणका लागि आलु सहयोग गरेका छन् ।
तीन लाख रुपैयाँ बरावरको आलु कृषकहअरुले संकलन गरेर चितवन पठाएका हुन् । लिखु गाउपालिका वडा नं १ ,२ र ४, पञ्चकन्या गाउपालिकाको १ र २ नम्बर वडाहरूका कृषकहरूले १३० बोरा आलु निर्माणधिन स्थलमै पु¥याएका हुन् । गएको सोमवार उनीहरू आलु लिएर रंगशालाको निर्मााधिनस्थलमा चितवन पुगेका थिए ।

क्षेत्रपाल मावि जिल्लाको नमूना

सम्पदा खनाल
चौघडा\चौघडाको क्षेत्रपाल माबि नुवाकोटकैै नमूना स्कुल रहेको पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले बताए । क्षेत्रपाल माबिको ४६ औं बार्षिक उत्सब तथा छात्रबृत्ति बितरण कार्यक्रमको उद्घाटन गर्दै महतले नुवाकोटको उत्कृठ बिद्यालय क्षेत्रपालमा माबि रहेकोले यसलाई अझै उत्कृठ बनाउन सबै लाग्नु पर्ने बताए ।
नेपाली कांग्रेस नुवाकोटका सभापति एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले शिक्षकहरू राजनीति दलको र राजनीति व्यत्तिःहरूको चलखेल स्कुलमा बढि हुन थालेकै कारण सामुदायिक विद्यालयहरूको शिषा खस्किएको टिप्पणी गरे । कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले क्षेत्रपाल स्कुलमा छिटै स्वास्थ्य शिबिर सञ्चालन गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
बार्षिक उत्सबको अबसरमा २०७५ सालमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने ६ जना लाई नगद सहित सम्मान गरिएको छ । साथै पुर्व प्रधानाध्यापक तथा पुर्व ब्यवस्थापन समितिका पदाधिकारीहरू लाई समेत सम्मान गरिएको थियो । 

विदुर नगरपालिकाद्धारा विद्यालय अनुगमन

विदुर\विदुर नगरपालिका वडा नम्बर ८ भैरमकोटको भैरम माध्यमिक बिद्यालयको विदुर नगरपालिकाले अनुगमन गरेको छ । बिद्यालयको बिकास र शैक्षिक गुणस्तरलाई उकास्न नगरपालिकाले दिएका श्रोत तथा साधनहरूको प्रयोग र कार्यान्वयनको बिषयमा नगरपालिकाले अनुगमन गरेको हो ।
नगरपालिकाले स्वंयमसेबक शिक्षक पठाएको सन्र्दभमा र बिद्यालयको समग्र बिकासमा बिनियोजन भएको बजेटको कार्यान्वयनको अबस्थाको बिषयमा नगरपालिकाले अनुगमन गरेको हो ।
नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले बिद्यालयमा भएका श्रोतहरूको ब्यबस्थापनको लागी नगरपालिकामले सहयोग गर्ने बताएका छन् । सिमित श्रोत तथा साधनहरूबाट बिद्यालय सञ्चालन गर्नुपरेको अबस्थालाई मध्यनजर गर्दै त्यसप्रति नगरपालिकाले उचित निर्णय लिने उनले बताए । सामुदायिक बिद्यालय बिकासको लागी नगरपालिकाले कुनै सम्झौता गर्न नसक्ने बताउदै समस्याका बाबजुत बिद्यालयले उत्कृष्ट नतिजा ल्याउनु पर्ने उनको टिप्पणी रहेको छ ।
नगरपालिकाले बिद्यालयको बिकासको लागी यस बर्ष आन्तरिक श्रोतबाट ४ करोड रुपैयाँ बिनियोजन गरेको थियो । यसका साथै, शिक्षक नपुगेका बिद्यलायहरूमा नगरपालिकाले शिक्षक नियुक्ति गर्दै पठाएको छ । यसका साथै, बिद्यालयको भौतिक संरचना निर्माण, शौचालय निर्माण लगायतको बिषयमा पनि नगरपालिकाले चासो दिदै आएको छ ।

१६ प्रहरी निलम्वन

विदुर\चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ ।
केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी निरीक्षकदेखि जवानसम्मलाई निलम्वन गर्न निर्देशन दिएको हो ।
केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनरबाट गत पुस ११ गतेभित्रिएको ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाइ एक आपसमा बाँडफाँड गरेको आयोगमा उजुरीपछि छानविन सुरु गरेको हो ।
प्रहरी निरीक्षक नेपालको समूहले गाडी चालक फुर्वा पासाङको साथमा रहेको उक्त परिमाणको सुन बरामदपछि चालकलाई छाडेको आयोगले जनाएको छ। पदमा रहँदा प्रमाण लोप वा नाश गर्न सक्ने भएकाले उनीहरूलाई पदबाट निलम्बन गर्न पत्र लेखेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेनालाई नयाँ फुटबल मैदान

बट्टार\नुवाकोटस्थित नेपाली सेनाको श्री १ नम्बर गण तालिम केन्द्र मैथली क्याम्पमा फुटबल मैदान निर्माण भएको छ । क्याम्पभित्र रहेको अव्यवस्थित मैदानलाई विदुर नगरपालिका लगायत विभिन्न संघसंस्थाको सहयोगमा राष्ट्रियस्तरको बनाइएको हो ।
नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मैदान उद्घाटन गर्दै सेनाले नेपाल एकीकरणको प्रारम्भिक थलो नुवाकोटमा जनतासँगको सहकार्यमा सामाजिक कार्य गर्दा सम्बन्ध अझै सुदृढ र सुमधुर हुने बताए । गणपति खेमराज शर्माले सेना र नागरिक समाजबीचको सहकार्यको अनुपम नमूनाका रुपमा मैदानलाई लिइएको बताउँदै मैदान आन्तरिक खेलकूद तथा जिल्लाका अन्य प्रतियोगितालाई पनि सहज हुने बताए ।
मैदान उद्घाटन अवसरमा सेना र स्थानीय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा श्री १ नम्बर गणको नेपाली सेना टोली २–१ गोल अन्तरले बिजयी भएको थियो ।

ठूलो मात्रामा लागू औषध सहित पक्राउ

स्वर्णिमा कुईकेल
विदुर\ठुलो मात्रामा लागू औषधको कारोवार गर्दै आएका नुवाकोटका एक जनलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
विदुर नगरपालिका वडा नंं ९ कोलोनी डिबजारका ३३ वर्षिया रबिनजंग गौतम ठुलो मात्रामा लागू औषध सहित पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको विशेष टोलीले लागू पदार्थ सहित घरबाटै पक्राउ गरेको थियो । विहिवार जिल्ला अदालत नुवाकोट पेश भएका गौतमलाई म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको साथबाट Promethazine injection I.P–४३ एम्पुल, Diazepam injection I.P –४३ एम्पुल र Buprenorphine injection I.P–४३ एम्पुल बरादम भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पौडेलको जिल्ला अध्यक्ष भोला

विदुर\पौडेलबंश महासंघ नेपाल जिल्ला शाखा नुवाकोटको पहिलो भेला विदुरमा सम्पन्न भएको छ । भेलाले बेलकोटगढी नगरपालिका वडा नं. १० का भोलाराज पौडेलको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको छ ।
भेलाको उद्घाटन समारोहका प्रमुख आतिथि महासंघका उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक दीपकप्रसाद पौडेलले नुवाकोट जिल्लाभर छरिएर रहेका पौडेलबन्धुलाई एक ठाउँमा ल्याई पौडेल बन्धुको तथ्याङ्क संकलन, बंशावली संकलन तथा प्रकाशन लगायतका कार्यमा जिल्ला कार्यसमितिले भूमिका खेल्ने बताए ।
भेलाले उपाध्यक्षमा शिवपुरीका मधुसुदन पौडेल, सचिवमा विदुर नगरपालिकाका सीताराम पौडेल र कोषाध्यक्षमा सुर्यगगढीका प्रकाश पौडेल, सदस्यहरूमा प्रमिला पौडेल, रामजी पौडेल, दिपेन्द्र पौडेल चयन भएका छन् । भूगोल र आवश्यकता अनुसार कार्यसमिति विस्तार गरी १५ सदस्यीय निर्माण गरिने समितिका सचिव सीताराम पौडेलले बताए । सल्लाहकार समितिको संयोजकमा विदुरका गोविन्द्र पौडेल तथा सदस्यहरूमा दुर्गानाथ पौडेल तथा सोमप्रसाद पौडेल छन् ।
भेलाले नुवाकोट जिल्लाभर छरिएर रहेका पौडेलहरूको तथ्याङ्क संकलनका लागि आफ्नो भेगमा रहेका पौडेल समुदायको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । जिल्ला कार्यसमितिले जिल्लाका १२ वटा पालिकामध्ये पौडेलहरूको बसोवास रहेको पालिकाहरूमा पालिकास्तरीय महासंघसमेत गठनको तयारी गरेको पौडेल बन्धु महासंघ नुवाकोटका अध्यक्ष
भोलाराज पौडेलले बताए । नुवाकोट जिल्लामा दुई सय भन्दा धेरै परिवार पौडेल समुदायको बासोवास रहेको अनुमान गरिएको छ ।
नेपालमा ब्राम्हण समुदायमा सबै भन्दा धेरै जनसंख्या भएको थरमा पौडेल पहिलो क्रममा आउने महासंघले जनाएको छ ।

त्रिशुली आवि ४२ वर्षमा

सौरभ कुईकेल
जफती\विदुर नगरपालिका–९ जफतीको त्रिशुली आधारभुत बिद्यालयको ४१ औँ बार्षिक उत्सब सम्पन्न भएको छ ।
बिद्यालयको बार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगर भित्र रहेको सबै बिद्यालयको बिकासको लागी नगरपालिकाले नयाँ नीति लिएको बताए । १ बर्ष अगाडी बिद्यार्थी कम भएर मर्जरको प्रकृयामा गएको बिद्यालयमा अबिभाबक र शिक्षकहरूको मिहेनतका कारण बिद्यार्थी संख्या बढेको उनले बताए ।
आफु अनुकुल बिद्यालय सञ्चालन गर्दै शक्षकहरूले घाम ताप्ने प्रबृत्तिलाई रोकेको प्रमुख पण्डितले बताए । नगरपालिकाले लिएको शिक्षा नीति अनुसार काम नगर्ने शिक्षकहरूलाई सरुवा गर्ने र अस्थाई शिक्षकहरूलाई निकाल्ने सम्मको अधिकार नगरपालिकामा उनले चेतानवी दिए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले बिद्यालय बिकासको लागी नयाँ नियुक्त गरिएका शिक्षकहरूको भुमिका महत्वपुर्ण रहेको बताए । नगरपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागी नगरपालिकाले आन्तरिक श्रोतबाट ४ करोड रुपैयाँ बिनियोजन गर्दै खर्च गरेको उनले जनाकारी दिए । शःसर्त अनुदानमा आएको ३० करोड रुपैयाँले नपुग्ने भन्दै आन्तरिक श्रोतको ठुलो रकम बिनियोजन गरेको उनले बताए ।
बिद्यालयहरूमा नगरपालिकाले नियुक्ति दिएका स्वंयमसेबक शिक्षक मार्फत उत्कृष्ट बिद्यालय निर्माण नै नगरपालिकाको लक्ष्य रहेको उपप्रमुख दाहालले बताए । 

तीन महिनापछि भेटियो बाइक

विदुर\नुवाकोटको म्यागङ गाँउपालिकाबाट तीन महिनाअघि हराएको मोटरसाईकल नुवाकोट प्रहरीले भेटेको छ ।
म्यागङ गाउँपालिका ५ स्थित घर भएका शन्त तामाङको आफनै घरबाट साँझको समयमा बा ६० प ४२६२ नम्वरको १५० सिसीको पल्सर मोटर साईकल हराएको थियो ।
जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी निरिक्षक बिष्णुहरि फुयाँलका अनुसार प्रहरीको नियमित चेकजाँचको क्रममा उनको मोटरसाइकल फेला परेको हो ।

विज्ञप्ती निकालेपछि शिक्षक नेता मुक्त

विदुर\बिप्लब समुहको नुवाकोट जिल्ला शिक्षक संगठनको अध्यक्ष केशवप्रसाद बास्कोटा आफु उक्त समुहमा नरहेको विज्ञप्ती जारी गरेर प्रहरीसत छुटेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनलाई विज्ञप्तीकै आधारमा विहिवार साधारण तारेखमा रिहा गरिएको छ । फागुन ११ गते विदुर नगरपालिका वडा नं. ५ बाट पक्राउ परेका बिप्लब समुहको नुवाकोट जिल्ला शिक्षक संगठनको अध्यक्ष बास्कोटा बेलकोटगढी नगरपालिका वडा नं. ६ का स्थायी नागरिक हुन् ।
३३ वर्षिया बास्कोटाले पहिला आफु विप्लब समुहमा रहेको तर अहिले उक्त पार्टी त्याग गरिसकेको बताएका छन् । 

उद्यमीलाई तालिम

विदुर\पुर्णिमा परियोजनाले नुवाकोटका निर्माण सम्बन्धि उद्यमीलाई बजार ब्यबस्थापन सम्बन्धि २ दिने तालिम दिएको छ ।
जिल्ला भित्र रहेका बिभिन्न ३० जना ब्यबसायीहरूलाई परियोजनाले बजार ब्यबस्थापन सम्बन्धि तालिम दिएको हो । आफ्नो उद्योगबाट उत्पादन भएको बस्तु तथा सेवाको बजारिकरणको योजना, बजारको अबस्था र मागमा आधारित बस्तुको उत्पादनमा तालिममा जोड दिईएको पुर्णिमा परियोजनाले जनाएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बजारको अबस्था अनुसार मात्रै बस्तुको उत्पादन गर्नुपर्ने बताए । उद्यमीहरूले ब्यबसायिक योजना निर्माण गरी बजारको मागमा आधारित रहेर सुवा उपलब्ध गराउमा मात्रै सफल हुने उनले बताए ।
नुवाकोट उद्योग बाणिज्य संघसँगको सहकार्यमा पुर्णिमा परियोजनाले काम गर्दै आएको छ । निर्माणसँग सम्बन्धित ब्यबसायी तथा उद्यमीहरूलाई परियोजनाले ब्यबसायिक सहयोग गर्दै आएको छ । ब्यबसायिक योजना निर्माण, बित्तिय सहजिकरणको लागी आबाश्यक परामर्श, ब्यबसाय सहायता कक्ष लगायतको सहयोग गर्दै आएको छ ।

मगर संघ नुवाकोटमा रामकृष्ण

विदुर\नेपाल मगर संघ नुवाकोटको छैठौ अधिवेशनले रामकृष्ण थापामगरको नेतृत्वमा १७ सदस्यीय कार्यसमति चयन भएको छ ।
गएको शनिवार विदुरमा भएको भेलाले रामकृष्ण थापामगरको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिति सर्वसम्मत चयान गरेको हो । समितिको उपाध्यक्षमा महेन्द्र थापामगर, सचिवमा बच्चुमाया सुनारीमगर, सहसचिवमा रामकुमार खड्कामगर र कोषाध्यक्षमा भरत पुलामीमगर चयन भएका छन् ।
त्यस्तै संघको सदस्यहरूमा रजनी थापामगर, रामचन्द्र रानामगर, रामकुमार थापामगर, निरञ्जन खड्कामगर, रत्न रानामगर, कुमार रानामगर, बासु थापामगर, कुमार थापामगर, श्रीकृष्ण पुलामीमगर र विश्वराज जर्घामगर छन् ।
नेपाल मगर महिला संघ नुवाकोटको तेश्रो अधिवेशनले रोजिना राई सुजाली मगरको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको छ । उनी लिखु गाउँपालिकाका उपाध्यक्ष हुन् । उनको समितिको उपाध्यक्षमा पार्वती थापामगर, सचिवमा कविता थापामगर र कोषाध्यक्षमा देविमाया मगर छन् । सदस्यमा कोकिला थापामगर, सुमिता आलेमगर, शशी लुंगेली थापामगर, सविता थापामगर, सावित्री रानामगर, एलिसा आलेमगर, सुनिता पुलामीमगर, मौसमी आलेमगर र भगवती थापागर छन् । 

सकियो रनिङशिल्ड

समुन्द्रटार\नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ‘राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७६’ आइतबार सम्पन्न भएको छ ।
भलिबल प्रतियोगितामा कल्याण मावि, रुकमणी मावि, महादेव मावि र दुप्चेश्वर माविका छात्राहरूले प्रतिस्पर्धा गरेका थिए । जसमा कल्याण मावि प्रथम, रुकमणी मावि द्वितिय र दुप्चेश्वर मावि तृतिय भएको छ । भलिबलमा छात्रतर्फ ९ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । जसमा कल्याण मावि, गोल्फुभञ्ज्याङ र रुकमणी माविले क्रमशः प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्न गरेको छ ।
कवड्डीमा कौकेश्वरी मावि, भुमेस्थान मावि, रुकमणी मावि, दुप्चेश्वर मावि, महादेव मावि र कल्याण मावि विद्यालयका छात्राहरूले भाग लिएका थिए । जसमा दुप्चश्ववर मावि प्रथम, रुकमणी मावि द्वितिय र कल्याण मावि तृतिय भएको छ ।
यही फागुन ९ गतेबाट सुरु भएको रनिङशिल्ड प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका भित्रका विद्यालयहरू कौकेश्वरी मावि, बीरेन्द्र मावि, भुमेस्थान मावि, रुकमणी मावि, दुप्चेश्वर मावि, माफ्ले मावि, महादेव मावि र कल्याण मावि सहभागि रहेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । 

तेश्रो पटक कुमारी पुजा

प्रितिका थापा
नुवाकोट दरवार\नुवाकोटको भैरवी मन्दिर परिसरमा तेश्रो कुमारी पुजा २०७६ सम्पन्न भएको छ । कुमारी पुजामा पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका थिए । त्यस अवसरमा उनले संस्कृति संरक्षणका लागि नागरिक र सकरका बरोवरी हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । उनले पहिचान गराउने संस्कारको बिकाश संरक्षण तथा कुप्रथाको परिबर्तन गर्नुपर्ने बताए ।
पृथ्वीनारायण शाहको एकीकरणका कारण नेपाल र नेपाली भएर यहाको कला धर्म संस्कृति र भाषमा गर्व गर्न पाएको बताउदै यी राष्ट्रिय धरोहरको सबै मिलेर संरक्षण गर्नुपर्ने खनालले बताए ।
संघिय सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटका पर्यटकीय तथा धार्मिकक्षेत्रको अबलोकन भ्रमणका लागि काठमाडौंका जनप्रतिनिधि तथा कुमारी पुजामा उपस्थिती सबै सरोकारवाला पक्षहरूलाई आग्रह गरेका थिए । काडमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नेपाल सरकारले बिकास निर्माणको कामसँगै पर्यटकीय, धार्मिक सम्पदाको क्षेत्रमा निकै बिकास गरेको बताए ।
बागमती प्रदेश सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, सांसद केशवराज पाण्डेले धर्म र संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धमा आफु लागी पर्ने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, नेताहरू राजु नापित, बिरेन्द्रकुमार शाही लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको आयोजना ह्युमत महिला समुह काठमाडौ नेपालले गरेको हो । ह्युमत महिला समुह काठमाडौं नेपालको विभिन्न स्थानमा विराजमान रहेको जिवित देवी कुमारीहरूको अवस्थाको बारेमा राज्यलाई जनकारी गराई उचित संरक्षण र सम्बद्र्धनको लागी पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको समुह काठमाडांैका अध्यक्ष मचानानी महर्जनले बताए । समुहले नेपालको विभिन्न स्थानमा रहेको जिवित देवि कुमारीहरू रहेको स्थानमानै भक्तजनहरूका साथ २०७० साल देखी पुजा सुरु गरेको बताएको छ । यो समुहले २०७३ मा दोश्रोपटक पुजा गरेको थियो ।
    समुहले माघ ११ मा उपत्यकाको ८ जिवित देवी कुमारीहरूको पुजा सम्पन्न गरी  नुवाकोटको कुमारीको पुजा गरेको हो । पुजाकालागि काठमाडौ बाट झण्डै ७ सय जना भक्तजनहरू नुवाकोट आएका थिए ।
नेपालमा नुवाकोट कुमारी सहित बसन्तपुर कुमारी, मखन कुमारी, किलाघल कुमारी, तोखा कुमारी, साँखु कुमारी, भक्तपुर कुमारी, साँखु कुमारी, पनौती कुमारी, बुंगमती कुमारी, ललितपुर कुमारी र आजिवन कुमारीलाई जिवित देवी कुमारीको रुपमा पुँजिदै आएकोे छ ।
नुवाकोटकी जिवित देवी कुमारी इतिहास
रिना खनाल
विदुर\नेपालको इतिहासमा नुवाकोटको विशिष्ट स्थान छ । सयौं वर्षअघि देखिको आफ्नै सम्पदा, कला संस्कृतिमा धनी रहेको ऐतिहासिक स्थल हो, नुवाकोट । ऐतिहासिक सम्पदाले भरिपूर्ण, साँस्कृतिक धरोहर तथा पुरातात्विक महत्वका स्थलहरूले सजिएको नुवाकोट आफैंमा दर्शनीय त छ नै यसलाई विश्व समुदायमाझ चिनाउन सकियो भने काठमाडौं आउने कुनै पनि पर्यटक नुवाकोट भ्रमण नगरी फर्किने छैन । यहाँको मौलिक कला, संस्कृति एवं दर्शनीय स्थलहरूको आकर्षणले पक्कै मुग्ध बनाउने छ ।
नुवाकोट कला र संस्कृतिको धनी जिल्ला भनेर चिनिन्छ–तीमध्ये एक हो कुमारी ।    हामी कुमारी भन्ने बित्तिकै नेपालको राजधानी काठमाडौंको बसन्तपुरमा रहेको जीवित कुमारीलाई मात्र बुझ्ने गर्छौं । यहाँकी कुमारी राजकीय मानिन्छिन् । कुमारीबाट प्रसाद ग्रहण गर्न राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च ओहोदाका व्यक्तिहरू पुग्छन् । तर यति मात्र होइन, नेपालका विभिन्न स्थानमा जीवित देवीस्वरूपा कुमारी रहेका छन् । कति लोपोन्मुख भए भने कतिपय स्थानमा अहिले पनि अस्तित्वमै छन् । त्यस्तै, नुवाकोट मण्डला (दरबार क्षेत्र)का जात्राहरूमा कुमारी नभइ हुँदैन । विभिन्न जात्राहरूमा कुमारीकै विशेष भूमिका रहन्छ ।
नुवाकोट जिल्लाभरमा एकमात्र कुमारी नुवाकोट (दरबार क्षेत्र) मण्डलामा रहेकी छन् । जहाँ २०७० सालदेखि हाल ७ वर्षीया दिनिशा डंगोललाई कुमारीका रूपमा पूजा गरिँदै आएको छ । नुवाकोटमा कुमारी राख्दा १२ भाइ खलकीबाट राख्ने प्रचलन रहेको छ । मौलिक कला र संस्कृतिले नुवाकोटको पहिचानलाई झल्काउने गर्छ । हाल कुमारी प्रथाले यस जिल्लाको लोकसंस्कृतिको गरिमा र इतिहासलाई उच्च र जीवन्त राखेको छ । कला र संस्कृति सधैं कार्य क्षेत्रसँग जोडिएकोले यसको महत्व सबै क्षेत्रमा रहेको छ । कुमारी राख्ने चलन कहिलेबाट सुरू भयो भन्ने सन्दर्भमा ठ्याक्कै मिति नै तोक्न मिल्ने कुनै लिखित प्रमाण छैनन् ।
तथापि, नेपालको इतिहासमा कतिपयले लिच्छवी राजा मानदेवले आफ्नो सम्पत्ति दान गरेर गुठीको सुरूआत गरेको भन्ने पाइन्छ ।

त्यस्तै, अर्को मान्यता, मल्लकालीन समयमा राजालाई सपनामा तुलजा भवानीले आफ्नो खलकमा अन्तिम राजा भएको र शासन अवधि १२ वर्षभन्दा बढी समय टिकाउने हो भने पुजारीहरूको खलकबाट भवानीको प्रतिरूपमा बालिकालाई कुमारी बनाएर मन्दिरमा प्रतिस्थापन गरी पूजा गर्न‘ भनिएको जनश्रुति रहेको छ । सपनाकै आधारमा राजाले कुमारी पूजा गर्न थालेको र त्यो प्रथालाई निरन्तरता दिइएको हो भनिन्छ ।
अन्तिम मल्लहरूका अन्तिम राजा जयप्रकाश मल्लले १८ वर्ष शासन गरे र आफ्नो शासनकालमा कुमारी पूजालाई निरन्तरता दिएका थिए । त्यसपछिका शाह राजाहरूले पनि यो परम्परा
तोडेनन् । कुमारी पूजाको सन्दर्भमा विभिन्न सांस्कृतिक तथा धार्मिक मान्यता रहेका पाइन्छन् । धार्मिक रूपमा कुमारी पूजा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा प्रतीकका रूपमा लिइन्छ । बौद्ध धर्मावलम्बीहरूले कुमारीलाई बज्रदेवीको रूपमा पूजा गर्ने र हिन्दुहरूले भवानीको रूपमा पुज्ने गरेका छन् ।
कुमारीको पूजा देश र जीवनको रक्षाको रूपमा गरिने भैरवीका पूजारी हरिमानसिंह डंगोल भन्छन्, ‘कुमारीको पूजा देश र जीवनको रक्षाका निम्ति गरिएको हो ।’ कतिपय कुमारी पूजा गर्न‘ भनेको कौमार्यको सम्मान गरिएको अर्थमा पनि बुझ्छन् । वास्तवमा भन्ने हो भने कुमारी भनेको स्त्री जीवन चक्रको प्रारम्भिक अवस्था हो ।
त्यसैले हुनुपर्छ, रजस्वला नभएसम्मको अवस्थालाई कुमारी भन्ने गरिएको ।
जानकारहरूका अनुसार जबदेखि यहाँ मानव बस्ती बस्न थाल्यो त्यही समयदेखि नै यो पूजा गर्दै आइएको हो । यो नेवार समुदायमा बढी प्रचलनमा रहेको, वर्षौंदेखि चल्दै आएको मौलिक, संस्कृति त हो जाति विशेष जनाउने पहिचान पनि हो । नुवाकोटको प्रसिद्ध देवीका पूजारी डंगोलका अनुसार कुमारी जीवित देवी रहेको र तुलजा भवानीको स्वरूप मानिने गरिँदै आइएको छ । यो पूजाले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ ।
नुवाकोटमा कुमारी राख्ने प्रचलन पहिलैदेखि रहेता पनि पछिल्लो समयमा आएर यो प्रथा छायामा पर्दै गएको प्रतीत हुन्छ ।
नेपालमा राजकीय कुमारीबाहेक विभिन्न ११ स्थानमा कुमारी छन् । ती हुन्, बसन्तपुरको राजकीय कुमारी, काठमाडौं मखनटोलको कुमारी, काठमाडौं किलाथलको  कुमारी, टोखाको कुमारी, भक्तपुरको कुमारी, पनौतीको कुमारी, ललितपुरको आजीवन कुमारी, बुङ्गमतीको कुमारी, साँखुको कुमारी, पनौतीको कुमारी र नुवाकोटको कुमारी । यसरी सय स्थानहरूमा कुमारी रहेको बताइन्छ । विगत केही वर्षदेखि काठमाडौंका ह्यूमत महिला समूहले, यस संस्थाका प्रचारप्रसार संयोजक राजु नापितले बताएअनुसार, हरेक तीन तीन वर्षमा विभिन्न कार्यक्रम गरी कुमारी पूजा गर्दै आइरहेको छन् ।
यो संस्था कुमारीको प्रचारप्रसार गर्दै यस प्रथाको संरक्षण गर्न‘पर्छ भनेर लागि परेको छ । कुमारी पूजामा स्थानीयहरूको चासोमा कमी रहेको देखिन्छ । यस सम्बन्धमा स्थानीय सरकारको ध्यान जान जरूरी छ । यस्तै, स्थानीय सांस्कृतिक पहिचानले नै समृद्ध नेपालको राजमार्ग बन्न सम्भव हुन्छ । कुमारी भन्ने बित्तिकै यसलाई नेवारी समुदायको पहिचान मात्रै हो भन्न मिल्दैन, यो नेपालकै पहिचान हो । हरेक घरमा कन्या कुमारीको पूजा गर्ने चलन रहेको छ । जीवित कुमारी देशका ११ स्थानमा रहेको कुरा पनि प्रचारप्रसारको कमीले नुवाकोटकी कुमारीबारे कमैलाई मात्र जानकारी भएको स्थानीय नुवाकोट कुमारीका काका उमेशमान डंगोल बताउँछन् ।
विभिन्न रितिरिवाज तथा संस्कृतिको संरक्षण गर्न सके त्यसको रक्षा गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ । स्थानीय जात्राहरूको संरक्षणतर्फ यसर्थ स्थानीय समुदाय तथा सरोकारवालाहरूको पनि विशेष ध्यान जानु जरूरी देखिन्छ ।
पुजा गर्न आएका झलनाथले अरु के भने ?
सरोज डंगोल
विदुर\नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । शनिबार विदुरमा प्रेस सङ्गठन नेपाल नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व प्रधानमन्त्री खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताएका हुन् । पत्रकारले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै नेता खनालले भने– ‘पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।’ उनले पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत बताएका छन् ।

उनले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताए । ‘पार्टी एक ढिक्का भएर अघि बढ्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन’, खनालले भने । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को शंसोधन पछि मात्रै पारित गर्नु पर्ने बताए । उनले अनुदान सहायताका बारेमा सरकार र एमसिसीबीच भएको सम्झौता र हिन्दप्रशान्त रणनीति अध्ययन गरेकाले शंसोधनको आबाश्यक रहेको बताए । एमसिसी शंसोधन भएमा मात्रै संसदबाट पारित हुने उनको धारणा रहेको छ । नेकपा पार्टीभित्रै एमसीसीका बारेमा चर्को विरोध भएपछि नेकपा केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गरेको थियो । खनाल कार्यदलका सदस्य थिए ।


बट्टार क्याम्पसको ३४ औं बार्षिक उत्सव

बट्टार\नुवाकोट, रसुवा र धादिङ्गको अग्रणी क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न सम्पन्न भएको छ । क्याम्पस परिषरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व पराराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले शिक्षा समाज परिवर्तनका लागि नभई नहुने स्थायी साधन भएको प्रमाणित भई सकेकोले पुनः प्रमाणित गर्न नपर्ने कुरामा जोडदिए ।
उनले शिक्षाले नै समाज परीवर्तन गर्न सकिने भएकोले युग अनुसारको सूचना सञ्चार तथा प्रबिधिको प्रयोग गरी शैक्षिक स्तर माथि उठाउनु पर्ने कुरामा जोड दिएका छन् । नेपालमा भर्खर भर्खर कम्प्युटर शिक्षा र कम्प्युटर प्रणालीको सुरुवात भएको अवस्थालाई स्मरण गर्दे केही वर्ष पहलिा नै भारतीय राजदुतावासको सहयोगमा उक्त क्याम्पसमा भवन सहित कम्प्युटर लाईब्रेरीको लागि आफुले निर्माण गराएको बताए । ‘म मन्त्री नै भइराख्नु पर्दैन नुवाकोट जिल्ला र यस क्याम्पसको विकासका लागि, पदमा हुदाँ वा नहुदाँ जतिबेला पनि भौतिक तथा शैक्षिक क्षेत्रको बिकासका लागि सक्दो सहयोग रहिरहने छ’ डा. महतले भने ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङले जुनसुकै क्षेत्रमा गुरु योजना बनाएर कार्य गर्दा सफल हुने भएकोले नुवाकोटको शैक्षिक धरोहरको रुपमा रहेको यस क्याम्पसको बिकास शैक्षिक श्रोत केन्द्रको रुपमा बिकास गरी अघि बढ्नु पर्ने कुरामा जोड दिए ।
यस्तै, कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल प्राध्यापक संघका निवर्तमान अध्यक्ष रामेश्वर उपाध्यायले क्याम्पसको शैक्षिक योगदानको चर्चा गर्दै क्याम्पसको शैक्षिक भौतिक बिकासमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाली काँग्रेस नुवाकोटका पुर्व सभापति ध्रुव अधिकारीले ऐतिहासिक बट्टार क्याम्पसलाई उत्कृष्ठ शैक्षिक गन्तब्यको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले देश भरीको क्याम्पसमध्ये ४५ क्याम्पसहरू छनोटमा ४३ स्थानमा उक्त क्याम्प्स छनोट भएको र क्याम्पसको शैक्षिक तथा भौतिक गुणस्तर अभिबृद्धिका लागि बिभिन्न निकायहरूसंगको समन्वय तथा सहयोगमा गरेका प्रयासहरूको बारेमा जानकारी गराए । उनले आगामी दिनमा क्याम्पसलाई उत्कृष्ठ शैक्षिक थलोको रुपमा बिकास गर्न क्यूएए अर्थात् गुणस्तर सुनिश्चितताको प्रत्याभुतिका प्रमाण पत्र यसै वर्ष प्राप्त गरी क्याम्पसलाई देशको नमुना क्याम्पस बनाउने बताए । उनले गएको असारको ७ देखि ९ गते सम्म क्याम्पसमा क्यूएएका लागि प्रिभिजिट सम्मन्न भईसकेको र प्रिजिटले औल्याएका सुझावहरू छिटै कार्यान्वयन गरी अन्तिम भिजिटका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । क्याम्पसका संस्थापक शिवप्रसाद गजुरेलले क्याम्पसको शैक्षिक आरोह अवरोहका बारेमा चर्चा गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई क्याम्पसको विकासमा र क्यूएए प्राप्त गर्नका लागि एक जुट भएर लाग्न अपिल गरेका छन् ।
क्याम्पसका सञ्चालक समितिका सदस्य निवर्तमान तथा विदुर नगर पालिकाका पुर्व कार्यकारी प्रमुख लिलानाथ न्यौपानेले पनि क्याम्पसको शैक्षिक गतिबिधिको चर्चा गर्दै सरोकारवालाहरूलाई क्याम्पसको विकासमा र क्यूएए प्राप्त गर्नका लागि एक जुट भएर लाग्न अपिल गरे । क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले आर्थिक वर्ष २०७६।७७ सालको  २ करोड ८१ लाखको आयब्यय र आब २०७६।७७ को अनुमानित ४ करोड ६८ लाख रुपैयाँको बजेट पेश गरे । पूर्व क्याम्पस प्रमुख नारायणमान डंगोलले क्याम्पसको समग्र उत्तरचढावको चर्चा गर्दै क्याम्पसको बिकासमा कसैले रोक्न नसक्ने र सबैको सहकार्यमा हरेक प्रगती सम्भव हुने कुरा उल्लेख गरेका छन् । पब्लिक क्याम्पस प्राध्यापक संघका जितेन्द्र अर्यालले पेशागत हकहितमा सदैव लाग्ने तथा प्राध्यापकहरूले आफ्नो दायित्व निर्वाह गर्न चुक्न नहुने बताए ।
कार्यक्रममा लिखु गाउँपालिका वडा नं. ३ का रुकुमणी सेढाईका प्रतिनिधि तथा क्याम्पसका संस्थापक एवं सञ्चालक तर्कराज सिलवाल ले स्वर्गिय सान्नानी सिलवालल असाहय गरीब तथा जेहेन्दार बिद्यार्थी अक्षय  कोषबाट असाहय गरीब तथा जेहेन्दार २ जना बिद्यार्थीहरू श्रीराज पाण्डे र योजना  अधिकारीलाई जनही पाँच् पाँच हजारका दरले छाज्ञवृीत्त प्रदान गरे । स्वर्गिय बलबहादुरभक्तकुमारी प्याकुरेल स्मृति उत्कृष्ठ बिद्यार्थी सम्मान पुरस्कार अक्षय कोषका संरक्षक नानीकाजी प्याकुरेलले असाहय गरीब तथा जेहेन्दार ५ जना बिद्यार्थीहरू ज्योती भुजेल, प्रकृती अधिकारी, निर्जला भट्ट, बिशाल घिमिरे र श्रीजन रिजाललाई जनही दुई÷दुई हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरे । सिलबाल समाजको तर्फबाट हरेक बर्ष झै यस वर्ष पनि कोषका संस्थापक सुरज सिलबालले पञ्चमाया तामाङ र भगवती तिमिल्सिनालाई दुई हजार पाँच् सय रुपैयाँको दरले छात्रबृत्ति प्रदान गरेका थिए ।
सानिमा बंैक विदुर शाखाका प्रबन्धक भोलाराज पन्तले हरेक बर्ष २ जना बिद्यार्थीका लागि लाग्ने सम्र्पूण किताब, कापी स्टेशनरी लगायत क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क समेत प्रदान गर्दै आएकोमा क्याम्पसको तर्फबाट सम्मान गरिएको थियो । प्रभु बैंक बट्टार शाखाका प्रबन्धक दिपक सिंखडालाई क्याम्पसका फुटबल खेलाडीलाई जर्सी उपलब्ध गराए बापत पनि सम्मान गरियो ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, होटल ब्यावसायी संघ बागमती प्रदेशका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती, नेपाल शिक्षक संघ नुवाकोटका पुर्व अध्यक्ष श्री सापकोटा, क्याम्पसका पुर्व स्वबियु सभापति लक्ष्मण श्रेष्ठ, अनेरास्वबियुका अध्यक्ष बिष्णुहरि रिमाल सत्य, नेविसंघका अध्यक्ष अनिल ढकाल, अनेरास्वबियु क्रान्तिकारीका अध्यक्ष राजेन्द्र पनेरु लगायतले मन्तब्य राखेका थिए ।
सो अवसरमा उत्कृष्ठ अभिभावक तथा बिभिन्न बिधामा राष्ट्रिय स्तरमा उत्कृठ बिद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०७५ मा क्याम्पस टप गर्ने, बिभिन्न संकायमा प्रथम, द्धितीय तथा तृत्तिय र अतिरिक्त कार्यक्रममा उत्कृष्ठ बिद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

सालको काठ सहित पक्राउ

सहरेटार\नुवाकोट प्रहरीले अबैध काठ बोकेको एक थान गाडी सहित दुई जनालाई डिभिजन वन कार्यालय विदुर नुवाकोटमा बुझाएको छ ।
पञ्चकन्या गाउँपालिका वडा नम्वर २ कबिलासबाट अबैध सालको काठ चोरी निकासी गर्दै गरेको अबस्थामा सोही वडाका दीपेन्द्र राई र बिकास परियारलाई प्रहरीले गएको सोमबार पक्राउ गरेको हो ।
काठ चोरी निकासीमा प्रयोग गरिएको बा २ ख ६४४२ नम्बरको आईचार सहित चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटवाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइएको छ । 

२०७६ फागुन १९ गतेको सम्पादकीय

सांस्कृतिक संवेदनशिलता
स्थानीय तहमा जनप्रतिनिधि आएपछि संस्कृति, सम्पदा संरक्षणमा ठोस काम हुने अपेक्षा गरिएको थियो । तर स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बित्नलाग्दा पनि सोचेअनुरूप काम हुन नसकेको नागरिकहरूको अनुभब रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानीय तहलाई सांस्कृतिक नगरी वा क्षेत्र घोषणा गर्न सक्नेसम्म अधिकार जनप्रतिनिधिलाई दिएको छ ।
स्थानिय तहको कार्यान्वयन भएसँगै ठुलो बजेट सडक पुर्बाधार बिकासमा खर्चिएपछी संस्कृति, सम्पदा संरक्षणमा चुनौती उत्पन्न भएको हो । यससँगै साँस्कृतिक सम्पदा पुनःनिर्माण र एतिहासिक गाँउको पुनःनिर्माणमा समेत चुस्तता पाउने बिस्वास गरिएको थियो । भूकम्पपछि पुनर्निर्माण थाल्ने धेरैले आधुनिक शैलीमा पुनर्निर्माण थालेका छन् । यसले मौलिकपन, परम्परा, रहनसहन, संस्कृति र सांस्कृतिक सम्पदा लोप हुने खतरा बढेको छ ।
पुराना मौलिक शैलीका घरमा झिँगटी छाना, रङ पोताइ, काठको भुइँ, ढोका, फ्रेम, जोर्नी, चुकुल, दलिन, थामको प्रयोग गरिएको हुन्छ । त्यस्तै बाहिरी र भित्री भित्ताको सतहमा प्रयोग गरिएको चुन सुर्खी, सजावटका वस्तुमा माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएको हुन्छ । यसले विभिन्न शासनकालमा बनेका परम्परागत वास्तुकलालाई समेत चिनाउन मद्दत गर्छ । यसले ढलान घरभन्दा पनि बढी सुरक्षित, जाडो याममा न्यानो र गर्मीमा शीतल प्रदान गर्ने ग्रामिण भुगोलका घरहरू रहेका थिए । तर बिनासकारी भुकम्प पछीको पुनःनिर्माणमा सबै कङक्रिट घरहरू बनेका छन् । जसले गर्दा एतिहासिक घरहरू र प्राचिन शैलीको लोप भएको छ ।
हुन त विदुर नगरपालिकाले नुवाकोट सम्पदा गाउँ अन्र्तगत रहेका घरहरूले पुरानो शैलीमा तयार गर्दा थप अनुदान दिँदै आएको छ । तर यसले मात्रै आफ्नो सम्पदाको संरक्षणमा टेवा पुग्दैन । विदुर नगरपालिकाले आफु भित्रका सबै गाउँमा सम्पदा झल्कने घरहरूको निर्माणमा र अन्य ११ वटै स्थानीय सरकारले नागरिहरूलाई सहयोग गर्नु जरुरी देखिएको छ । 

गल्छी रसुवागढी सडक ४० प्रतिशत बाँकी

रसुवाको मैलुङ्ग क्षेत्रमा नेपाली सेनाले निर्माण गरिरहेको
सडकको फाइल तस्बिर । 
शर्मिला उप्रेती
विदुर\राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडकले ६० प्रतिशत काम सकेको छ । आयोजनाले ३ खण्डमा काम गरिरहेको यो आयोजना अन्र्तगतको सडक गल्छीदेखि रसुवागढी नाकासम्म ८२ किलोमिटर छ ।
पहिलो खण्ड गल्छी–मैलुङसम्मको ४६ किमि भित्र आयोजनाले ६० प्रतिशत कामको प्रगति गरेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । पहिलो खण्ड धादिङको गल्छी हुँदै नुवाकोटको कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पीपलटार, गंगटेसम्म २० किलोमिटर सडक स्तरोन्नति गरेको छ । अब ४० प्रतिशत काम बाँकी रहेको बताइएको छ । त्यस्तै, योजना अन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका ११ वटा पुलको प्रगति भने ३० प्रतिशत मात्रै रहेको छ ।
पिच नभएको ठाउँमा बेस, सब–बेस राखिएकाले बाह्रै महिना सडक सुचारु हुने आयोजनाका योजना प्रमुख भण्डारीले बताए । त्यसैगरी, मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १९ किमि सडक ठेक्का आह्वान गरेको छ । स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म १७ किमि चीन सरकारको सहयोगमा निर्माण हुनेछ । आगामी वर्षमा पहिलो खण्डको बाँकी ४० प्रतिशत काम भित्र पर्ने २३ किमि सडक पूरै पिच गरिसक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
२०७७ साल जेठ २२ सम्ममा कार्य सक्ने गरी काम भइरहेको छ । आयोजनाले ३ बर्षभित्र पूरै काम सक्ने गरी काम अघि बढी रहेको प्रमुख भण्डारीले बताए । मैलुङ–स्याफ्रुबेंसी ३० महिनामा काम सक्ने लक्ष्य छ भने स्याफ्रुबेंसी–रसुवागढी ३९ महिनामा काम सकिनेछ । २०७२ सालको मन्त्रिपरिषद्को निर्णय अनुसार गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक गौरवको आयोजना सूचीकृत गरेको हो ।
आयोजनाको कार्यालय विदुरमा स्थापनाको समयमा नौ अर्ब ५० करोड बजेट प्रक्षेपण भएपनि त्यो रकम अहिलेनै सडक निर्माणका लागि अपुग हुने देखिएको छ ।
पृथ्वी राजमागस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमि सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि सुरु भएको हो । विसं २०७८ भित्र यो सडक निर्माणको काम सकिनु पर्नेछ ।
सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनी मार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशुली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सन मार्फत भइरहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम गरिरहेको छ । 

हेल्थ डेस्क स्थायी बन्दै

मन्त्री दुलाल रसुवागढीको हेल्थ डेक्स हेर्दै । 
विदुर\कोरोना भाइरसको परीक्षणका लागि नेपाल र चीन बीचको सिमानाका रसुवागढी नाकामा स्थापना भएको अस्थायी संरचनालाई बागमती प्रदेश सरकारले स्थायी हेल्थ डेस्क बनाउने भएको छ ।
रसुवागढी नाका अवलोकन पछि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सीमा वारपार गर्ने मानिसहरूको चेकजाँचमा स्थायी हेल्थ डेस्क निर्माण गर्ने बताए । नाकाबाट भित्रने मानिसहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि स्थायी हेल्थ डेस्क आवश्यक देखिएकाले प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
हाल प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन थालेको समेत मन्त्री दुलालले जानकारी दिएका छन् । अर्को सातामा स्थायी संरचना निर्माणको काम सुरु गरिने उनको भनाइ छ । हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश अस्पतालबाट चिकित्सक सहितको टोली खटाउनले निर्णय प्रदेश सरकारले गरेको उनले बताए ।
कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि हाल उक्त नाका बन्द गरिएको छ ।
यसै बीच, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रसुवागढी नाकामा राखिएको ‘हेल्प डेस्क’ को अवस्थाबारे अध्ययन अबलोकन गरेका छन् ।
मन्त्री दुलालसहितको टोली गएको आइतबार नाकामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको हो ।  त्यहाँका कर्मचारीले चीनबाट आएका नेपाली वा चिनियाँको सुरुमा अध्ययन गर्ने, भाइरस छ वा छैन भन्नेबारे बुझ्ने र तीन पटक जाँच गरेर मात्र पठाउने गरेको जानकारी दिए । निरिक्षणपछि मन्त्री दुलालले रसुवागढी नाका हुँदै चीनबाट आउने पर्यटकको स्वास्थ्य परिक्षणका लागि हेल्प डेस्क राखेको र यसलाई अझै व्यवस्थित बनाउने बताए । 

६२ हजारले लिए तेश्रो किस्ता

सुजित भण्डारी
विदुर\२०७२ सालको विनाशकारी भुकम्पका कारण घर क्षति व्यहोरेका नुवाकोटका ६२ हजार घरपरिवारले तेश्रो किस्ताको रकम लिएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय नुवाकोटका अनुसार ७६ हजार लाभग्राही मध्ये ६२ हजार ६५० लाभग्राहीले तेश्रो किस्ताको अनुदान रकम लिएको छ ।
भुकम्प लगत्तै भएको सर्भेक्षण र त्यसपछी गुनासो सम्बोधनबाट थपिएका सहित ७६ हजार ८१६ जना लाभग्राहीहरू छन् । राज्यले भुकम्पबाट क्षतीग्रस्त भएका संरचनाको पुनःनिर्माणको लागी ३ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउदै आएको छ । ३ किस्तामा उपलब्ध गराउने अनुदान रकम मध्ये पहिला किस्ताको ५० हजार रुपैयाँ रकम लिने नागरिकहरूको संख्या ७४ हजार ४२२ छ ।
६९ हजार ८९८ जनाले दोश्रो किस्ताको डेढ लाख रुपैयाँ लिएका छन् । निजि आबास निर्माणको डिपिसी तहसम्मको संरचना तयार भए पछि दोश्रो किस्ताको रकम प्राप्त गर्ने ब्यबस्था छ । अन्तिम किस्ता एक लाख रुपैयाँ लिनका लागी भने लाभग्राहीले आफ्नो घरको छाना हालेको हुनु पर्ने छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएका संरचनालाई मात्रै राज्यले अनुदान रकम दिइरहेको  बताइएको छ ।
प्राधिकरणबाट गाँउमा खटिएका प्राबिधिकहरूले प्रमाणिकरण गरेर पठाएका घरहरूलाई मात्रै राज्यले अनुदान रकम उपलब्ध गराउदै आएको हो । ७६ हजार लाभग्राही रहेको नुवाकोट जिल्लामा निजि आबास निर्माण सम्पन्न गर्ने नागरिकहरूको संख्या धेरै रहेपनि मापदण्ड अनुसार निर्माण सम्पनन भएका नागरिकहरूको संख्या मात्रै प्राधिकरणसँग रहेको जनाएको छ । राज्यले तोकेको निश्चित मापदण्ड भन्दा बाहिर गएर केहि संरचना निर्माण भएकाले त्यसलाई प्रबलिकरण गरेर मात्रै अन्तिम किस्ताको रकम उपलब्ध गराउने जनाएको छ ।
नुवाकोट जिल्लामा सबै भन्दा बढि लाभग्राही बेलकोटगढी नगरपालिकामा रहेका छन् । २ नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा बेलकोटगढी नगरपालिकामा १३ हजार ९७ लाभग्राही कायम भएका छन् ।
नुवाकोट जिल्लामा रहेका लाभग्राही मध्ये १४ हजार नागरिकहरूले अन्तिम किस्ताको रकम लिन बाँकी रहेका सरकारी तथ्याङ्क रहेको छ । यस्तै, दोश्रो किस्ताको रकम लिन बाँकी रहने लाभग्राहीको सख्या १४ सय ३९ रहेको छ ।

लाभग्राहीद्धारा रकम फिर्ता
निजी आवास निर्माणका लागि अनुदान पाउने सूचीमा नाम भएका तर घर बनाउन आवश्यक नठान्ने नुवाकोटका एक लाभग्राहीले पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गरेका छन् ।
अनुदानको लागि पाएको रकम फिर्ता गर्नेमा विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका उत्तम अधिकारी रहेको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानिय शाखाले जनाएको छ ।
प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिले लाभग्राही सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी सरकारले आग्रह गरेको छ ।

गुरु योजना कार्यान्वय माग
विदुर\विदुर नगरपालिका वडा नम्बर २ नुवाकोट दरबार परिषरमा पुनःनिर्माण भैरहेको सम्पदा बस्तीमा गुरु योजनाको सार्थक कार्यान्वयन आबाश्यक रहेको  सरोकारवालाले बताएका छन् । 
साततले दरबार र दरबार परिसरलाई बिश्व सम्पदा सूचीमा समाबेश गर्नको लागी युनेस्कोले सम्भाब्यताको सूचीमा समेत राखेको छ । दरबार सहित आसपासका सम्पदाको समयमा नै पुनःनिर्माण सकिएमा बिश्व सम्पदा सूचीमा सुचिकृत हुने सम्भाबना रहेको पुरातत्व बिभागले जनाएको छ ।
पुरातत्व बिभागका अनुसार नुवाकोटको ऐतिहासिक साततले दरबारको परिसरमा नुवाकोट सम्पदा बस्ति गुरुयोजना बनाएर काम अगाडी बढेको छ । ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणको लागी पुनःनिर्माण प्राधिकरणले बिशेष योजना सहित पुरातत्व बिभाग अगाडी बढेको हो । चिन सरकारले पुनःनिर्माण थालेको साततले दरबार यसको उदाहरण रहेको पुरातत्व बिभागको भनाई छ । सम्पदा बस्ती अन्तर्गत ४२८ घरधुरी समाबेश छन् । बस्तीमा मापदण्ड विपरित घरहरू बनेका छन् भने
नगरपालिकाले नियमन गर्नुपर्ने नागरिकहरूको भनाई छ । सम्पदा बस्ती अन्तर्गत सिनर्माण हुने घरहरूलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र विदुर नगरपालिकाले समेत अनुदान रकम उपलब्ध गराउदै आएको छ ।
सम्पदा बस्ती अन्तर्गतका घरहरूलाई निजर्माण सम्पनन भए पस्चात राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थप ५० हजार रुपैयाँ दिने प्राबधान छ । साथै विदुर नगरपालिकाले थप ४० हजार रुपैयाँ दिँदै आएको छ । यसका साथै नुवाकोट सम्पदा गाँउले घर नक्सा बनाउनको लागी १५ हजार रुपैयाँ समेत उपलब्ध गराउदै आएको छ ।
सम्पदा बस्तीको नियम अनुसार संरचना निर्माण गर्नेहरूको लागी थप सेवा सुबिधा समेत वडा कार्यालयले निर्धारण गरेको छ ।
एकिकृत रुपमा प्राचिन महत्व झल्किने घरहरू निर्माले पर्यटन प्रबद्धनमा ठुलो महत्व राख्ने नुवाकोट सम्पदा गाँउमा अध्यक्ष पुस्कर शर्मा रिमालले बताए ।  

सह चालकका कारण दुर्घटना

प्रितिका थापा
बस दुर्घटनाका घाइतेलाई अस्पतालमा भेट्दै संघीय सांसद
हितबहादुर तामाङ र बागमती प्रदेशका
 उप सभामुख राधिका तामाङ । तस्बिर : 
एलिसा थापा
विदुर\नुवाकोट र रसुवामा गत साता भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा २० जना घाइते भएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको बढि गम्भिर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ । काठमाडौंका लागि गुढेको बा २ ख ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा बिहिवार बिहान करिब सवा नौ बजे दुर्घटनामा भएको हो ।
इलाका प्रहरी कार्यालय पञ्चकन्याका प्रहरी नायव निरीक्षक रामेश्वर सहनीले घटनामा १६ जना घाइते भएको पुष्ट गरेका थिए । १५ घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको थियो । एक जना सामान्य उपचारपछि गाउँबाटै घर फर्किएका छन् । दुई जनाको अवस्था गम्भिर रहेकोमा सुधार भइरहेको छ । घाइतेहरूको काठमाडौंको ग्राण्डी र ग्रिनसिटीमा उपचार भइरहेको छ । 
गम्भिर थप्रेक आरुखर्कका इन्दिरा खतिवडा र अर्का एक जनालाई भने हेलिकप्टर मार्फत काठमाडौं पठाईएको थियो । बस चालक फरार छन् भने सहचालक हरि मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सहचालकले बस चलाएका बेला दुर्घटना भएको यात्रुहरूले बताएका छन् । बस सडकबाट करिब २० मिटर खसेको थियो । दुर्घटनामा थप्रेक आरुखर्ककी मंगलबहादुर तामाङ, अनिल तामाङ, रामेश्वर खतिवडा, लालरि तामाङ, सपना तामाङ, छावाछिरिङ तामाङ, बुद्धिबहादुर तामाङ, विष्णु बिक, लालसिंह तामाङ, सुरेन्द्र तामाङ, रविन तामाङ, राजु तामाङ, अजय तामाङ घाइते भएको इलाका प्रहरी कार्यालय पञ्चकन्याका हवलदार सन्तोष खड्काले जानकारी दिए ।
यसै बीच, रसुवामा मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोट किस्पाङ गाउँपालिका वडा नम्बर ५ का सवारी चालक ४५ वर्षीय खिलप्रसाद भट्टराई, ४२ वर्षीय हेमप्रसाद भट्टराई, रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका आइतमान तामाङ र ३२ वर्षीय बुटीमाया तामाङ छन् । उनीहरूको पनि काठमाडौंमा उपचार भइरहेको छ । शान्तीबजारबाट मैलुङतर्फ जाँदै गरेको बा३ख ५२२७ नम्बरको खाली मिनिट्रक मंगलबार बिहान सिम्लेमा दुर्घटना भएको हो । 

नुवाकोटमा चार अरबको योजना

सडकको शिलान्यासको क्रममा नुवाकोटको शिवपुरी
गाउँपालिकाको वडा नं. ६ मा आइपुगेका बागमती प्रदेशका
मुख्य मन्त्री  डोरमणि पौडेल । 
रोशन बोगटी
शिवपुरी\बागतमी प्रदेशका मुख्यमन्त्री डोरमणी पिौडेलले नुवाकोट विकास निर्माणको दृष्टिमा अग्रस्थान उन्मुख भएको बताएका छन् । त्यसका लागि असारे विकसालाई अन्त्य गर्नुपर्ने सुझाव उनको छ । चार अरब भन्दा बढिको विकास योजनाहरू नुवाकोटमा हाल सञ्चालनमा रहेको पौडेलले बताए ।
बिहिबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा गुर्जेभन्ज्याङ–मानेभन्ज्याङ–दुप्चेश्वर (समुन्द्रटार) सडकको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले उक्त धारणा राखेका हुन् । आर्थिक वर्ष सकिनै लाग्दा बजेट निकासा हुने र वर्खाको समयमा हुने कामले दिगो विकास हुन नसकेको उनले बताएका छन् । पछिल्लो एक वर्षमा बागमती प्रदेशले गरेको कामका सवालमा सातवटै प्रदेशमा नमूना रहेको दावी उनको छ ।
भौतिक संरचना निर्माण देखि सबै पक्षमा जिल्लामा भइरहेको कार्य र प्रयासका कारण नुवाकोट प्रदेशका जिल्लाहरूका बीचमा विकासशिल जिल्ला रहेको जिकिर उनले गरे ।
यसै बीच उनले जनताको शिर निहुरीने काम आफुहरूले नगरेको बताएका छन् । दुई वर्षको अवधीमा प्रदेश सरकारले बागमती प्रदेशका जनताले शिर निहुराउने काम नगरेको बताए । पैसा छरेर र भाग भण्डा गरेर राखिने योजनाले विकास नहुनेमा आफु प्रष्ट रहेकोले प्रदेशको बजेट दुरुपयोग नभएको उनको भनाई छ ।
उनले आफुहरूले चाहे अनुसार काम गर्न नसकेको भएपनि भएका कामहरू उपलिब्धपूर्ण रहेको दावी गरे । मुख्यमन्त्री पौडेलले फरक प्रसंगमा बागमती प्रदेशले ५० वटा कानुन बनाइसकेको र बागमती अन्य प्रदेशको तुलनामा अघि रहेको दाबी गरे । उनले प्रदेशको विकास निर्माणले तिब्रता नपाउनुमा आफुहरू दोषी नरहेको भन्दै विधि, प्रक्रिया र व्यवस्था दोषी रहेको आरोप लगाए । आफुहरू आउँदा बस्नका लागि सुकुल÷गुद्री समेत भएको प्रदेश संरचनालाई यहाँसम्म ल्याउननका लागि आफ्नो समय बढि खर्च भएको उनले बताए ।
संघीय विकासका मोडल र नागरिकहरूको आवश्यकताका आधारमा प्रदेश सरकारले काम गरिरहेको उनको भनाई रहेको छ । मुख्यमन्त्रिले प्रदेशको प्राथमिकतामा नुवाकोट रहेको सुनाए ।
नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदशे सांसद केशबराज पाण्डे, हिरानाथ खतिवडा, बद्री मैनाली शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी लगायतले विकास निर्माणको सम्भावना र सरकारका प्रयासहरूका बारेमा आफ्नो धारण राखेका थिए । 

बाघखोरमा सानिमा बैंक

विदुर\सानिमा बैंकले बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरमा बिस्तारित काउन्टर खोलेको छ ।
स्थानीय सरकार स्थापना भएको साढे दुई वर्ष बित्दा पनि बेलकोटगढी नगरपालिकाको केन्द्रमा कुनै बैंक स्थापना भएको थिएन । काउन्टरको उद्घाटन गर्दै बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको केन्द्रमा बैंकको अभाब टरेको बताए । ठुलो रकम स्थानिय तहले कार्यान्वयन गर्नु परेको समयमा बैंक तथा बित्तिय संस्था नँहुदा समस्या हुँदै आएको थियो । 

नुवाकोट टिम बिजयी

विदुर\सेना दिबसको अबसर शुक्रवार महाशिबरात्रीका दिन जबरजङग गण देबिघाटले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा नुवाकोट जिल्ला टिम बिजयी भएको छ ।
राष्ट्रसेबक कर्मचारी र नुवाकोट जिल्लाबासी टिम बिचमा भएको मैत्रिपुर्ण प्रतियोगिता ३-१ अन्तरले नुवाकोट जिल्ला टिमले जितेको हो ।
सेना दिबसको अबसरमा आयोजना भएको मैत्रिपुर्ण प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नेपालमा संकट परेको समयमा नेपाली सेनाले गरेको कार्य उल्लेखनिय रहेको बताए । सबैलाई एकताको सुत्रमा बाँध्दै सम्बृद्ध नुवाकोट निर्माणमा लाग्नको लागी उनले आग्रह गरे ।
कार्यक्रममा जबरजङ गण देबिघाटका गणपति उदयबहादुर लामिछानेले मैत्रिपुर्ण फुटबल प्रतियोगिताले समुदायसँग सेनालाई जोडने पुलको काम गरेको बताए । बिकास निर्माण, सेवाको भावना बिकास र सम्बन्ध बृद्धिको लागी प्रतियोगिता सञ्चालन गरेको उनको भनाई रहेको थियो ।
हिन्दु धर्मावलम्बीले शुक्रवार शिवरात्री पर्व मनाएका छन् । फागुन कृष्ण चतुर्दशीमा पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दुहरूको विश्वास छ । शुक्रबार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । महाशिवरात्रि मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । नुवाकोटका शवशक्ति पिठहरूमा शुक्रवार भिड लागेको थियो ।

गजुरेल प्रथम

विदुर\राष्ट्रिय युवा परिषदले गरेको नुवाकोट जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा विदुर नपाका रामेश्वर गजुरेल प्रथम, बेलकोटगढी नपाका मन्दिप पौडेल दोश्रो र पञ्चकन्या गापाका क्षतिज न्यौपाने तेश्रो भएका छन् । उनीहरूलाई क्रमश ७, ५ र  ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रथम भएका  गजुरेल प्रदेश स्तरमा हुने  वक्तृत्वकला प्रतियोगितामा नुवाकोटको तर्फबाट सहभागि हुनेछन्। प्रतियोगितामा नुवाकोटको १२ वटै स्थानिय तहको सहभागीता थियो ।

भ्रष्टाचार संस्थागत भयो : लोहनी

ककनी\राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन तहको सरकार स्थापनाले झन् अनियमितता र भ्रष्टाचारलाई संस्थागत गरेको बताएका छन् ।
जसले जहा सक्छ लुट भन्ने शिद्धान्तमा सरकारका नेतृत्व गर्नेहरू देखिएको उनको आरोप छ । नुवाकोटको ककनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै डा. लोहनप्ले भ्रष्टाचार काण्डमा मुछिएका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले राजिनामा दिएर मात्र नपुग्ने भन्दै उनले चर्को टिप्पणी गरे । अरबौं भ्रष्टाचारमा बास्कोटा मुछिएको आशंका रहेको उल्लेख गर्दै छानविनको माग गरे ।
नुवाकोट जिल्लाको ककनी गाँउपालिका वडा नं १, २, ३ को संयुक्त मेलामा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नुवाकोटमा भइरहेको विकास निर्माणका कार्य र प्रयासहरूको विषयमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो अर्थमन्त्री हुँदाको कार्यकालमा भएका विकासका केही महत्वपूर्ण पक्षहरूलाई टालटुल गर्ने बाहेकको देखिदो र खास काम नभएको टिप्पणी उनको छ । 

राष्ट्रपति रनिङशिल्ड निलकण्ठको पोल्टामा

शशीकुमार डंगोल
बेत्रावती(रसुवा)\दोश्रो उतरगया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि बुधवार बोगटीटार स्थित निलकण्ठ माबिले हात पारेको छ । नबबिजयी महेन्द्र मावि भलायडाँडाँ भने दोश्रो भएको छ ।
पहिलो रनिङशिल्ड बिजेतालाई अंक र पदक तालिकाको आधारमा पछि पार्दै यसपटक निलकण्ठ माबि बोगटीटारले शिल्ड हात पारेको छ । भलिबल छात्र र छात्रा, चार सय मिटर रिले दौड, लमजम्प छात्रा, सटफुट् छात्रा, दुई सय दौड छात्र, चार सय मिटर रिले दौड छात्र, लमजम्प छात्रमा प्रथम निलकण्ठ मावि प्रथम भएको थियो ।
नबबिजयी महेन्द्र माविले हाइजम्प छात्र छात्रा दुबै, एक सय मिटर दौड छात्र, दुई सयम मिटर दौड छात्रा, ज्यावलिङ थ्रो छात्रामा पदक जितेको थियो । तेश्रो भएको डाँडागाँउ माविले एक सय मिटर दौड छात्र, ज्याबलिङ थ्रो छात्रा, भलिबल दुबैमा तेश्रो स्थानमा पाएको थियो । भुमेदेबी मावि ठुलोगाउँले भलिबल छात्र छात्रा दुबैमा द्धितीय, सटफुट छात्र पहिलो भए पनि पदकको आधारमा चौथो भै सान्त्वना स्थान हात पारेको छ । भलिबलमा उत्कृष्ट खेल प्रदर्शन गरे बापत छात्र तर्फ निलकण्ठ माविका पेम्बा तामाङ, छात्रा तर्फ भुमेदेबी माविका बिनिता गुरुङ पुरस्कृत भए ।
पुरस्कार तथा शिल्ड वितरण समारोहमा बोल्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले गाउँपालिका स्तरमा हुने यस्ता खेलकुदका गतिविधिहरूबाटै राष्ट्रिय खेलाडीको उत्पादन हुने बताए । उनले अन्य क्षेत्रमा झैं खेलकुद र युवाको क्षेत्रमा समेत उत्तरगया गाउँपालिका विशेष रुपमा लाग्ने बताएका छन् । कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशाकिय अधिकृत अर्ज‘न खड्का, वडाअध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ रसुवा जिल्ला अध्यक्ष मोचनाथ न्यौपाने, जिल्ला स्काउट रसुवाका आयुक्त श्याम पुडासैनी, उत्तरगया गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत पदमबहादुर कुबँर, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष पुर्णबहादुर घले लगायत मन्तब्य राखेका थिए ।
प्रतियोगितामा रसुवाको उत्तरगया गाउँपालिका भित्रका निलकण्ठ मावि बोगटीटार, नबबिजयी महेन्द्र मावि भलायडाँडा, डाँडागाउ मावि, ठुलोगाउ मावि, र मोर्डन ट्रिनिटी अङ्ग्रेजी बोर्डिङ स्कुल बेत्रावती गरी ५ समुहको सहभागिता थियो । 

तस्बिर खबर


काठमाडौंमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न भारत्तोलनका खेलाडी अस्मिता राई (विदुर नगरपालिका वडा नं. २ विदुर) लाई छैठौं नुवाकोट महोत्सवको समापनको दिन गएको सोमवार कदर पत्र प्रदान गरेर जिल्लावासीको तर्फबाट सम्मान गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, साथमा महोत्सव आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की । – सरोज डंगोल

चौथो निर्वाचन दिवस

विदुर\जिल्ला निर्वाचन कार्यलय नुवाकोटले चौथो निर्वाचन दिवस मनाएको छ ।
नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ मा निर्वाचन भएको दिनको स्मरणमा आयोगले यो दिवस फागुन ७ गते मनाउन सुरु गरेको हो । 
दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय नुवाकोटले अन्तक्रिया कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति नुवाकोका प्रमुख सन्तमान तामाङले निर्बाचनको माध्यमबाट नै जनताले प्रजातन्त्रको आभाष गर्न पाएको बताए । हाल तीनै तहाको निर्बाचन पछि बनेको दिगो सरकारले मुलुकमा स्थायित्व पाएको तामाङले बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मतदाता नामावलीमा दर्ता हुन अझै पनि छुटिरहेकोहरू आफ्नो अधिकारबाट बञ्चित रहेकोले त्यस तर्फ निर्वाचन कार्यालयले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए । 

कर्मकाण्डी बन्दै प्रजातन्त्र दिवस

विदुर\बीर वीरागङ्ना शहिदहरूको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नुवाकोटमा प्रजातन्त्र दिवस मनाईएको छ । नागरिकस्तरबाट वेवास्था हुँदै आएको यस दिवसलाई जिल्ला समन्वय समितिले यसपालि प्रवचनात्मक कार्यक्रम राखेर मनाएको हो । जनप्रतिनिधि, कर्मचारीको बढि सहभागिता रहेको कार्यक्रममा नागरिक समाजका केही अगुवाको उपस्थिति थियो । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको चौथों निर्वाचन दिवस कार्यक्रम पनिसंगै जोडिएको कारण दिवस मनाउने कार्यक्रममा केही देखिने संख्यामा सहभागिहरूको उपस्थिति थियो ।
तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरका सामू राणा शासकहरूको केही जोर चलेन, जनताको बोलीका अगाडि बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो आजभन्दा ७० वर्ष अघि, विसं २००७ फाल्गुन ७ अर्थात्  प्रजातन्त्र उदय भएको दिन ।
उतिबेला आएको प्रजातन्त्र नेपालीहरूको पोल्टाबाट फेरि विसं २०१७ मा खोसिएको इतिहास जिवितै छ । क्रमशः ब्यापक धाँधलीका बीच भएको ३६ सालको जनमतसंग्रह सहित विभिन्न कालखण्डमा भएका नागरिकको आवाज दबाउने श्रृंखलाहरूको अन्त्य भने विसं २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो । क्रमशः विभिन्न चरणका आन्दोलन, सशस्त्र द्वन्दकाल हुँदै ६२ अनि ६३ सालको आन्दोलनसँगै नेपाल आज संघीय गणतान्त्रीक देश भईसकेको छ । शायद आज यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो ।
जिल्लागत रुपमा मनाईएको  प्रजातन्त्र दिबसको अबसरमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्रजातन्त्रसँगै भएका उपलब्धिहरूलाई संस्थागतमा चुनौती थपिदै गएको बताए । प्रजातन्त्र भनेर दिबस मनाईरहनु भन्दा प्रजातन्त्रको उदयको भएको दिनको स्मरण गर्दै भएका उपलब्धिलाई संस्थागत गर्नु सबै भन्दा ठुलो दायित्व रहेको बताए । प्रजातन्त्रको नाममा हुने छुटले निम्त्याएको समस्यालाई नजरअन्दाज गर्दा मुलुकले पटक पटक समस्या भोग्दै आएको प्रमुख तामाङले बताए । 
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शहिदहरूको बलिदानी ब्यर्थ हुँदै गएको बताए । सरकारको बागडोर सम्हाल्ने राजनितिक दलहरूले शहीदले बगाएको रगत र पसिनालाई बुझ्न नसक्दा प्रजातन्त्रलार्य संस्थागत गर्न नसकेको बताए । लामो ईतिहास बोकेको राणशासनको अन्त्यको लागी रगत बगाएका शहिदहरूको सपना पुरा गर्नु नै जनप्रतिनिधिहरूको कर्तब्य र प्रजातन्त्रको संस्थागत रहेको पण्डितले बताए । उनले अझैपनि प्रजातन्त्रको अनुमुभी आम नागरिकहरूले गर्न नसकिरहेको जिकिर गरेका छन् ।
कार्यक्रममा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले प्रजातन्त्र भन्दैमा नागरिकहरूले आफ्नो कर्तब्य भुल्न नहुने तर्क गरे । नागरिक र शासन बीचको सम्बन्धलाई समानान्तर भएर अगाडी बढेमा मात्रै प्रजातन्त्रको संस्थागत हुनु पर्ने उनको धारणा छ । 

नागरिकस्तरबाट सडकको अनुगमन

विदुर\रसुवाको मुलखर्क सडक स्तरोन्नतिमा अनियमितताको सवाल उठेपछि नागरिकस्तरबाट अनुगमन भएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्ज‘न भण्डारी, नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ, पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, गैसस महासंघ जिल्ला सचिव प्रमोदकुमार तितुङ रसुवा चेम्बर अफ कर्मसका अध्यक्ष सन्जिव अमात्यय सहित प्राविधिक टोलीले पहिरो क्षेत्र, सडक ढलान भइरहेको स्थानमा अनुगमन गरेको हो । उनीहरूले गुणस्तरिय सडक ढलान गर्न र सडक आवतजावत सुचारु गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका छन् ।
यस अघि उक्त सडकको अप्ठ्यारो स्थानमा भइरहेको सडक ढलामा गुणस्तरिय काम नभएको आबाज उठेको थियो । ढलानलाई बलियो बनाउन आवश्यक निर्माण सामाग्रीको मात्रा बढाउनका लागि भ्रमण गरेका नागरिक समाजका अगुवाहरूले आग्रह गरेको छ ।
नेपाल चीनबाट व्यापारका लागी एक मात्र रसुवागढी नाकाबाट आयात÷निर्यात हुने सडक ढलान हुन थालेपछि दिनहँु सबारी जाम हुने भएकाले बैकल्पिक मार्गको प्रयोगको व्यवस्था मिलाईएको छ । रसुवागढी नाका बाट सामाग्री आयात÷निर्यात गर्ने कन्टेनरहरूलाई मैलुङ स्याफुबेशीको सडक मार्ग प्रयोग गरेका छन् ।
सडक विभागबाट उक्त सडकका लागि विनियोजित १ करोड १३ लाख रुपैयाँबाट २२० मिटर पर्खाल तथा पिच निर्माणको काम भैरहेको छ ।

जेष्ठ नागरिकको उपचार घरघरमै

विदुर\विदुर नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मानमा स्वास्थ्य परिक्षण घरघरमै पुगेर गर्न थालेको छ । यो अभियानको शुक्रवार औपचारिक रुपमा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गरेका छन् । उनले त्यस अवसरमा नगरवासीलाई सम्वोध गर्दै सबै ज्येष्ठ नागरिकलाई  स्वास्थ्य सेवाको पँहुचमा ल्याउनको लागी अभियान सुरु गरेको बताए ।
विदुर नगरपालिका वडा नम्बर ८ को भैरमकोटमा सेवाको सुभारम्भ गर्दै नगर प्रमुख पण्डितले स्वास्थ्य संस्थाको पँहुचमा भएपनि परिक्षण गर्ने बानीको बिकासको जरुररी रहेकोले अभियान आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार विदुर नगरपालिकाको १३ वटै वडामा ज्येष्ठ नागरिकको प्रत्येक ३÷३ महिनामा घरघरमै पुगेर स्वास्थ्य परिक्षण गरिनेछ । अभियान सुरुवातमा नपाका उपप्रमुख गिताकुमारी दाहालले ज्येष्ठ नागरिक जिवन्त ईतिहास र साक्षी रहेकोले उनीहरूको सम्मान स्वरुप निःशुल्क स्वास्थ्य परिक्षण अभियान सञ्चालन गरेको बताए । नगरपालिकाले नीतिगत रुपमै सबै नागरिकहरूलाई स्वास्थ्य सेवाको पँहुचमा ल्याउन अभियान सफल हुने बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष फैसिङ तामाङले आफ्नो वडामा स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य क्लिनिक नभएको र यस्ता निःशुल्क स्वास्थ्य परिक्षण अभियानले नागरिकहरूले राहत महशुस गरेको बताए । विदुर नपाले सामाजिक सुरक्षा भक्ता लिने सबै ज्येष्ठ नागरिकको सहजताको लागी  घरघरमा स्वास्थ्य परिक्षण र निःशुल्क औषधि बितरण गरेको हो ।

तस्बिर खबर

विदुर नगरपालिका वडा नं. १० को कार्यालय भवनको शुक्रवार महाशिवरात्रीको दिन शिलान्यास गर्दै नगरप्रमुख सञ्जु पण्डित, साथमा उपप्रमुख गीताकुमारी लाहाल लगायतका । ५१ लाख रुपैयाँ लागतमा गेर्खुटारमा भुकम्प प्रतिरोधी चारकोठे भवन निर्माण हुने उक्त कार्यक्रमको अवसरमा वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए । –संगम भड्ताल

दृष्टिबिहिनलाई घरमै नागरिकता

विदुर\जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक जना दृष्टिबिहिन घरमै पुगेर नागरिकता दिएको छ । घरमै नागरिकता वितरण भएको नुवाकोटमा यो पहिलो घटना हो ।
प्रशासकीय अधिकृत जनक रेग्मी र खरिदार राजु श्रेष्ठले अपांगता भएका विदुर नगरपालिका ११ चालिसे टोलका १७ वर्षीय कृष्णप्रसाद चालिसेलाई गएको सोमबार घरमै नागरिकता प्रदान गरेका हुन् । हिँड्डुल गर्न नसक्ने र दृष्टिविहीन कृष्णप्रसादलाई बोकेर विदुर ल्याउनु भन्दा घरमै नागरिकता पठाउनु सजिलो भएकाले यसो गरिएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार उनलाई नागरिकता दिनका लागि पुरा गर्नु पर्ने सरकारी प्रक्रियाका लागि आवश्यक कर्मचारी र कागजपत्र घरमा पठाइएको थियो ।

अशक्तलाई परिचय पत्र

समुन्द्रटार\दुप्चेश्वर गाउँपालिकाले शारिरिक र मानसिक रुपमा अपाङ्गता भएका नागरिकहरूलाई परिचय पत्र वितरण र पाएकाहरूको नवीकरण सम्बन्धी शिविर सम्पन्न गरेको छ ।
शिविरबाट १२३ जना लाधान्विय भएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जनाकारी दिए । सामाजिक न्याय दिवसको अवसरमा सम्बोधन परियोजनासँग सहकार्य गरेर गाउँपालिकाले परिचय पत्र वितरण र नविकरण कार्यक्रम गरेको हो ।
त्यस दिन ७५ जनालाई अपांगता परिचय पत्र प्रदान गरिएको छ भने ४८ जनाको परिचयपत्र नवीकरण भएको छ । २ जनालाई रातो, ४० जनालाई निलो, २४ जनालाई पहेँलो र ९ जनालाई सेतो रङको परिचय पत्र प्रदान गरेको गाउँपालिका कार्यालयले जनायो ।
यस्तै यसअघि वितरण भएको १७ रातो कार्ड, २२ निलो कार्ड, ३ पहेँलो कार्ड र २२ सेतो कार्डको नवीकरण भएको छ । विभिन्न प्रकारका अपांगता भएकाहरूको पहिचान गरी हरेक महिनाको २७ गते परिचय पत्र वितरणका साथै नवीकरण हुँदै आएको छ ।
गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई आयआर्जनमा जोड्न गैर सरकारी संस्थाहरूसंगको सहकार्यमा जीविकोपार्जनको कार्यक्रम समेत सञ्चालन भइरहेको उपाध्यक्ष अञ्जु आचार्यले बताए । 

सामाजिक सञ्जालबाट

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल (कालो टोपी लगाउने), उप सभामुख राधिका तामाङ (बाँयाँबाट पहिलो) लगायतकाहरू नुवाकोटको शिवपुरी गाउँपालिका स्थित पर्यटकिय स्थल सुइरेचौरमा ।

गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?

पुरुषोत्तम लम्साल
मैले गाँजा नपिएको होइन, अनकूलता र आवश्यकतामा उपलब्ध भयो भने अझै पनि पिउन आपत्ती छैन । तर पत्याउनुहोस्, आजको लेख गाँजै खाएर लेखिरहेको छैन ।
गाउँबाटै व्यक्तिगत अनुभव बाँड्छु । गाउँमा बाँकेघर (शैलीगत रुपमा एक प्रकारको ग्रामीण घर) मा बाँके हजुरबा थिए । बाँकेघरको पल्लोपटि थियो जो बा (समवयी रामशरनका पिता) थिए । त्यो भन्दा अलिक पर तीनथुम्कीमा थियो तीनथुम्की महादेव । त्योभन्दा पर गएपछि लामाबाजे भेट हुन्थ्यो । अब फटाफट पाँच मिनेट हिडेपछि बितलव छोइन्थ्यो जहाँ दामेकाका भेटिन्थे । दामेकाकाको घरै मुन्तिर थियो बितलव महादेवथान । दामेकाकाको दबाइखाना थियो र, उहाँ ननरजिस्टर्ड मेडिकल पर्सन । तर त्यहाँ सांसारिक वा भौतिक दबाईभन्दा आध्यात्मिक दबाईको अन्तरंग चर्चा हुन्थ्यो । ‘गाँजालाई यसरी पिस्नपर्छ कि सिलौटोमा जमेको गाँजाको लेपमा लोहोरो टाँसिनपर्छ’, काका भन्थे– त्यसपछि मात्रा मिलाएर उडाए पनि भो, घोटे पनि भो, बीषै बनाए भो, अमृतै बनाए पनि भो । विरामी वस्तुभाउलाई दिए पनि भो, बिरामी मान्छेलाई मात्रा पु¥याए पनि भो ।’
पात्रमा नजाऔं तर, गाँजा के हो भन्ने थाहा नहुँदा चलन र सँस्कृति भनेर मैले तिनथुम्की र बितलव महादेवका आँगनमा पर्वअनुसार गाँजा सेवन गरें । कोकोसँग बसेर ? प्रश्नको गोपनियता राखौं तर धूनी जगाउँदै पनि, धूनीबेगरै पनि । त्यो थियो सँस्कृतिमा बाँधिएको सन्दर्भ । सामाजिक यथार्थ अन्यत्रसरह मेरा गाउँमा पनि उही थियो, तागाधारी बर्गभित्र मदिराजन्य पदार्थ तुच्छ थियो, घृणित थियो भनौं बर्जितसरह थियो तर गाँजा एक किसिमले स्वीकृत । यसैले होला बालबालिकाले विशेष पर्वमा गाँजालाई विशेष उपयोग गर्न‘ आपत्ति मानिएन । त्यो थियो सामाजिक बर्गको मनोविज्ञान ।
गाउँमा पेट दुखे पनि गाँजाको चिलिम पड्काउने थिए, टाउको दुखे पनि सोतेमा गाँजा भर्ने र त्यसमाथि जुटको डोरी सल्काएर धुँवा उडाउने भेटिन्थे । काम नगर्नेले आनन्दका लागि, काम गर्नेले थकान मेट्न र उर्जा जोहो गर्ने बाटो । लामो नलीयुक्त हुक्काको शीरमा रहेको फराकिलो चिलिममा सख्खरै मिसाएर मोलिएको मुठ्ठीभरी गाँजाको उच्चबर्गीय आनन्द र विलासको सन्दर्भ अर्कै हो । तर गाउँको बेसीदेखि शिरसम्म मादक वासना छर्ने त्यो गाँजा प्रतिबन्धित पदार्थ हो भन्ने न कसैलाई थाहा थियो न चासो नै ।
उमेर बढ्यो । गाँजा नशालु वस्तु भन्ने थाहा भयो । गाँजाको कुलत हुन्छ र त्यसमा फसेकालाई गँजडी भनिन्छ भन्ने थाहा भो । जब गाँजा बीष होइन, मस्तिष्क र स्नायुको ओखती पनि हो भन्ने थाहा भयो त्यसपछि अवसर र उपलब्धतामा ‘लौ त सोम !’ भन्न छाडिएन । त्यो उमेरमा तहतहका बर्गबर्गका ‘सोम’ भेटिए । त्यो ‘सोम’ शब्द र गाँजाको सम्बन्ध धेरै पछि बुझें ।
‘सोम’ अर्थात् चन्द्रमा अर्थात् शितलता । अर्थात् सोमपान । सौम्यपान अर्थात् शान्त नशा । अर्थात्, मुक्तिकारी धुँवा । ऋग्वेदमा एउटा श्लोकको अर्थ रहेछ ‘हे सोम ! हामीलाई सबै कोणबाट पबित्र बनाइदेऊ, मनभित्र पूर्ण उर्जा (जोश) प्रवेश गराइदेऊ, हाम्रो वााणी सशक्त होस् र हामीमा उत्तम बुद्धि उत्पन्न होस् (९.९७.३६) ।’ यो ‘सोम’ ले ध्यानको उच्चतम अवस्था वा तेजोमय अवस्था प्राप्त गर्न सकिन्छ भन्दोरहेछ । त्यहाँ थप रहेछ, ‘सोम’ अति सामान्य मान्छेका लागि मात्र नशा रहेछ । सामान्य मान्छेका लागि त्यो ओखती रहेछ । ऋग्वेद भन्दोरहेछ ‘नशामा लीन हुनेहरूले आफ्नो बुद्धि गुमाउँछन्, निर्वस्त्र हुन्छन् र कलह निम्त्याउँछन् (८.२.१२) तर, प्रज्ञा वा बुद्धिको प्रयत्न गर्नेका लागि त्यो ‘सोम’ रहेछ । सोम औ मित्र । अर्थात्, मन्दबुद्धिका लागि नशा र ऋषि वा ज्ञानीका लागि दिव्य कर्म्तिर प्रेरित गर्ने पदार्थ रहेछ ।
यसलाई पछि विज्ञानका बादशाह अल्बर्ट आइन्स्टाइनले शब्दमा यसरी उतारेछन्,No Problem can be solved from the same level of consciousness that created: Einstein. अर्थात् कुनै पनि समस्या चेतानाको त्यही तहबाट समाधान गर्न सकिंदैन जुन तहबाट त्यो उत्पन्न भएको हो । यसमा वैज्ञानिकहरूले थपेस ‘गाँजाको सेवनले तपाईलाई चेतनाको अर्को तहमा पु¥याएर सोच्ने वा कल्पनाशक्तिमा फेरबदल ल्याइदिन्छ’ । त्यसैले होला आइन्टाइनले व्यक्तिको धुम्मपानको अधिकारमाथि प्रतिबन्ध लगाउने विपक्षमा मत प्रकट गरेका । तर विज्ञानको चर्तिकला शुरु हुनभन्दा हजारौं वर्षअगाडि पूर्वीय संस्कृतिले गाँजाको महत्व स्थापित गरिसकेको थियो । झण्डै चार हजार वर्षअगाडि (इशापूर्व १५ सय) नै लेखिएको रहेछ ।
पञ्च राज्यानिवीरुधां सोमश्रेष्ठनि ब्रुमः । दर्भो भङ्गो यवः सहस्ते नो मुञ्चन्त्ववंहस ।। (अथर्ववेद भाग ५) अर्थात् लहराका पाँच पवित्र वनस्पति कुश, भांग (गाँजा) जौलगायतले हाम्रो पापमोचन गरुन्, कष्ट हटाउन् । यो त्यही गाँजा हो जसलाई सँस्कृतले अहिफेन भन्यो, अपभ्रंश भयो अफेन बन्यो र अंग्रेजीले अफिम बनाएर सर्पको बीषभन्दा कडा बीषवर्धक पदार्थको रुपमा व्याख्या गर्यो । पछि सुश्रुत संहितामा गाँजालाई सुस्ती, नजला र पाचनको दीव्यऔषधी पहिचान दिइएको रहेछ ।
दशकअगाडिसम्म कहिले उर्जाको बहानामा त कहिले आध्यात्मिक बहानामा मैले अवसर बनाएरै गाँजा पिएँ । मेरा केही समकक्षी समवयी जो विभिन्न खेलकलामा सम्लग्न थिए तिनले पनि उर्जाका लागि भन्दै सखारै चिलिम दर्शन गरेर मैदानमा गए । सँगै ट्रयाकमा दौडने साथी दौडको आनन्द लिनको सट्टा दूरी र गतिको चिन्तामा हुन्थ्यो । उसले पछि थाहा पायो दौडको आनन्द गाँजासँगै रहेछ । जो हात र खुट्टाको कलामा विश्वास गर्दथ्यो उसले पनि विपक्षीको चाल र आफ्नो ध्यानमा केन्द्रित हुने भन्दै भीडन्तअगाडि गाँजा पिएर उपस्थित हुनथाल्यो । यो त लडाईमा जानुअघि र लडाईबाट फर्किपछि भाङ्ग वा गाँजा पिउने भारतीय सँस्कृतिको अर्को अध्यायजस्तो लाग्यो ।
तर एउटा कुरा ढुक्क हुनुस्, गाँजा पिउने सबै बब मार्ली हुन्छन् भन्ने होइन । सबै बैज्ञानिक गाँजा पिउँछन् वा गाँजा सेवन गरेर बैज्ञानिक भइन्छ भन्ने होइन । विख्यात पौडिबाज माइकल फ्लेप्सले फगत गाँजाकै भरमा ओलम्पिकमा कूल २३ स्वर्णपदक प्राप्त गरेका होइनन् । पाइप तानेर सबै चे ग्वेभारा हुने भए विश्व अहिले साम्यवादी क्रान्तिकारीहरूको परेडस्थलै हुने थियो । गाँजा पिएरै सबै कम्युटर इञ्जिनियर स्टिभ जब्स हुने भए एप्पललाई विस्थापन गर्न उहिल्यै बनाना, ग्रेप, म्याङ्गो, पिच नामका मोबाइल कम्पनी खडा भइसक्थे । गाँजाकै नशामा लठ्ठिएर सबै साधु, सन्त, ऋषि वा शिवजी नै भएको कल्पना गर्न‘ फगत गँजडी कल्पना हो ।
किनकि, स्वैरकल्पनाको उत्पत्ति पनि नशाको गुणै हो, धर्मै हो ।
गाँजा ओखती हो
कि नशा ?
एउटा चक्कुलाई चिकित्सकले शल्यक्रियामा उपयोग गर्दछ । त्यही चक्कु अपराधीका लागि अपराधको हतियार हुन्छ । यसको अर्थ चक्कुलाई प्रतिबन्ध लगाउनपर्छ भन्ने तकसँग सहमत हुन सकिदैन । गाँजालाई त्यही चक्कुको रुपमा व्याख्या गर्दा हुन्छ । नत्र विश्वका २४ वटा देशले चिकित्सकीय प्रयोजनका लागि गाँजालाई बैध घोषणा गरेको र ४८ वटा देशले गाँजालाई प्रतिबन्धको स्थानमा नियमन गरेको अज्ञानी र अबुझ भएर हो भन्न मिल्दैन । विश्व स्वास्थ्य संगठनले क्यान्सर, एड्स, दमलगायतका दर्जनौं रोगका लागि गाँजा औषधी हो त्यसै भन्ने थिएन । एपिलेप्सी एण्ड बिहेभियर पुस्तक लेखेर कुष्ठरोगका लागि गाँजा नै अचूक ओखती हो भनेर संसारले पछ्याउने थिएन ।
नेचुरल थेरापी एण्ड क्यान्सर ड्रग डिस्कभरीले अर्ब‘द रोगका बिरामीलाई केमोथेरापी चलाएपछि गाँजाको उचित मात्र सेवन गराउने हो भने विकृत सेलको विकास रोकिन्छ भनेर भन्ने थिएनन् । इन्टरनेशनल जर्नल अफ आयुर्वेद एण्ड फर्मास्यूटिकल्सले गाँजालाई रोग प्रतिरोधी ४० तत्व भएको संसारकै शक्तिशाली वनस्पति नामाकरण गर्ने थिएनन् । संसारका श्रेष्ठ खेलाडीहरूले द मोस्ट डाइनामिक प्लान्ट अन अर्थ भनेर ध्यान केन्द्रित गर्न खेलाडीका लागि गाँजाको वकालत गर्ने थिएनन् । क्यानाबीसः इभोल्युसन एण्ड एथनोबोटनी पुस्तक लेखेर पश्चिमाहरूले गाँजाको विधिपूर्वक सेवनले स्नागु र मस्तिष्कका दर्जनौं जटिल रोगहरूमा काम गर्ने व्याख्या गर्ने थिएनन्चाइनिज पर्माकोपिया (परम्परागत चिनियाँ पद्दति अनुसार औषधी बनाउने विधि) को नक्कल गरेर अमेरिकाले दर्दनाशक र स्नायु तन्तुका लागि गाँजा र गाँजानिर्मित औषधिलाई शहरशहरमा खुल्ला गर्ने थिएन । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानले जहाँ गाँजालाई बैधता दिइएको छ त्यहाँ लागूऔषध र सम्बन्धित अपराधमा बृद्धि भएको कुनै तथ्याङ्क छैन भनेर संसारलाई भन्ने थिएनन् । गाँजाकै कारण तेस्रो चरणमा पुगेको क्षयरोगबाट बचेकी प्रिया मिश्राले गाँजालाई गरिबको नशा र औषधी दुबै मानेर त्यसको समूचित प्रयोगका लागि संसारलाई आग्रह गर्ने थिइनन् । क्यानाबीज फ मेडिकल यूज स्अ साइन्टिफि रिभ्यु (२०१७) ले ४८ देशमा गाँजाको उपयोगको विषद् अध्ययन गरेर गाँजाको प्रयोगका लागि जहाँ कानुनी अड्कचन छ त्यहाँको व्यवस्थामा लचकतापूर्वक फेरबदल गर्न भइरहेको प्रयत्नको प्रशंसा गर्ने थिएन ।
हिप्पीकालीन समयमा नेपाल र भारतलगायतका देशमा गाँजामाथि प्रतिबन्ध लगाउन दवाव दिने र हस्तक्षेप गर्ने अमेरिकाको ९ शहरमा अहिले गाँजा बैध छ र त्यहाँ तिब्रत्तर विकास भइरहेको उद्योगमा गाँजा खेती पर्दछ । त्यहींको ३१ राज्यमा औषधिय प्रयोजनका लागि गाँजा उत्पादन, विक्रि र उपभोग छुट छ । अल्जाइमरका बिरामीका लागि दीव्यौषधी भनेर गाँजा पसलपसलमा उलपब्ध छ । उसै पनि अमेरिकाको कृषि इतिहासमा सीमान्तकृत किसानको आयआर्जनमा सुधार ल्याउन गहूँ र मकैपछि गाँजा खेतीलाई उपयोग गरिएको दृष्टान्त भुल्न हुँदैन (मार्टिक बेकर सन् १८१२ को केन्टकी) । त्यहाँको जुन राज्यमा गाँजा प्रतिबन्ध छैन त्यहाँ दर्दनाशक (पेनकिलर) औषधी र मदिराको व्यापार चौपट भएपछि मदिरा (लिकर) उत्पादक र व्यवसायीले गाँजा प्रतिबन्ध फुकवा रोक्न संघीय सरकारसँग गरेको गुहार (द वाशिंगटन पोष्ट) रिपोर्ट बनेर आउने थिएन । र, गाँजा उत्पादक ठूलो संस्था ग्रिनवेभका संस्थापक म्याट कार्नेसले आउँदो वर्षसम्म अमेरिकामा गाँजाको वार्षिक कारोबारले ३० बिलियन डलरको आँकडा छुने र केही वर्षपछि अमेरिकाले अन्य वस्तुसहर गाँजालाई पनि अन्य देशमा निर्यात गर्ने दावी गर्ने थिएनन् । र, हामी चाँहि प्रतिबन्धको नाममा गाँजाको अवैध व्यापारलाई चालिस वर्षदेखि संरक्षण गर्दै आइरहेका छौं । गाँजा नष्ट गर्न‘ प्रहरी र प्रशासनका मुखियाहरूको पदबहाली र सरुवाताकाको हतियार मात्र बनाइरहेका छौं । जंगबहादुरको अफिमको उदाहरणमै रमाइरहेछौं । त्यसैले सांसद विरोध खतिवडा लगायतका नेताको अगुवाईमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको सकारात्मक सुनुवाई आवश्यक छ । गाँजालाई अपराध र घृणाको वस्तु होइन औषधिय वनस्पतिको रुपमा स्वीकार गरौं । केशव स्थापितको शैलीमा वायुपंखी घोडा चढेर गाँजाले कायापलट गर्छ नभनौं, तर नियामक निकायको निगरानीमा माउन्टेन मारिवाना फर मेडिसिनसम्म चाँहि सोचौं । जय शम्भो !
(नुवाकोट, हाल भर्जिनिया)