Monday, February 28, 2022

सर्वोच्चले भन्यो : अस्पतालको अध्यक्ष नहटाउ

विदुर । त्रिशुली अस्पतालमा शुक्रवार अपरान्ह अस्पताल ब्यवस्थापन तथा सञ्चालन ब्यवस्थापन समितिको अध्यक्षको पदभार ग्रहणको औपचारिक कार्यक्रम भइरहेको थियो । तर त्यही समयमा सामाजिक सञ्जालमा पुष्टि हुन बाँकी रहेको खबर फैलियो– ‘अध्यक्षमा भएको नयाँ नियुक्तिलाई रोक्दै पुरानैलाई काम गर्न दिने सर्बोच्च अदालतको अन्तरिम आदेश आयो । ’ केही बेर अघि मात्रै अध्यक्षको जिम्मेवारीमा रहेका राजु पण्डित र नेपाली काँग्रेसका नेताहरूले हत्तारहत्तार मन्तब्यको कार्यलाई छोट्याए तर कार्यक्रम स्थलमा बस्दाबस्दै पुष्टि भएको खबर आयो । केही मिनेट अघि सामाजिक सञ्जालमा हल्लाभएको खबर सत्य सावित भयो । सर्बोच्च अदालतको अन्तरिक आदेशका कारण पदभार ग्रहण गर्दागर्दै अस्पताल ब्यवस्थापन समितिका नयाँ अध्यक्ष राजु पण्डितको पद गुम्यो । 

सर्वोच्च अदालतले अर्जुनप्रसाद न्यौपानेलाई त्रिशुली अस्पतालको अध्यक्षबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि पण्डितले अध्यक्ष पदका कारण कारण लगाएको खादा र माला राम्रोसंग मिलाउन भ्याएनन् । 

नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामले प्रदेश अन्तर्गताका सबै अस्पतालका अध्यक्ष हटाएकोमा प्रदेशका चार वटा अस्पतालका अध्यक्षहरूले सर्वोच्च अदालतमा रिट हालेका थिए । शुक्रबार सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै त्रिशुली अस्पतालका अध्यक्ष न्यौपाने सहितका चारै जनालाई नहटाउन भनेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बागमती प्रदेश अन्तर्गतका त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष न्यौपाने, रसुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेल र धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाई नहटाउन आदेश दिएको हो । शुक्रबार नै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई अस्पतालको अध्यक्षको रूपमा नियुक्त गरेर पठाएको थियो ।

चार वटा अस्पतालका अध्यक्षहरू बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आफूलाई हटाउने निर्णय विरुद्ध सर्वाेच्च गएका थिए । उनीहरूले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय र प्रदेशका स्वास्थ्यमन्त्री विरुद्ध रिट दायर गरेका थिए । स्वास्थ्य मन्त्री निमा लामाले २६ वटा अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष रहेको एमाले र माओवादीहरूलाई छानिछानि हटाएका थिए । 

No comments:

Post a Comment