Monday, February 28, 2022

अरुण माओवादी संयोजक

विदुर । नेकपा माओबादी केन्द्र बागमती प्रदेश समितिको दोश्रो पुर्ण बैठकले नुवाकोट जिल्ला संयोजक सहित सबै स्थानीय तह तथा सबै निर्वाचत क्षेत्रमा नेतृत्व प्रदान गरेको छ । 

काठमाडौंमा बिहीवार सम्पन्न बैठकले माओवादी केन्द्रको नुवाकोट जिल्ला समन्वय समितिको संयोजकमा पुष्प लामिछाने ‘अरुण’लाई जिम्मेवारी प्रदान गरेको छ । नुवाकोटको संघीय निर्वाचन क्षेत्र नं. १ को ईञ्चार्जमा शिब खाती, संयोजकमा प्रमोदलाल श्रेष्ठ र सचिवमा धर्मराज अधिकारी तोकिएका छन् । निर्वाचन क्षेत्र नं. १ को क प्रदेश ईञ्चार्जमा तेजबहादुर तामाङ ‘रमेश’, संयोजकमा योगेन्द्र रुम्बा, सचिवमा गणेश उप्रेती छन् । १ कै ख प्रदेश निर्वाचन क्षेत्र ईञ्चार्ज सीता खतिवडा लामा, संयोजकमा धनबहादुर मिजार, सचिवमा रामहरि श्रेष्ठ छन् । 

नुवाकोटको संघीय निर्वाचन क्षेत्र नं. २ को ईञ्चार्जमा केशव पुडासैनी, संयोजकमा राजकुमार रेग्मी ‘सन्देश’, सचिवमा कल्पना रिमाल छन् । निर्वाचन क्षेत्र नं. २ को क प्रदेश ईञ्चार्जमा सुभद्रा नेपाल, संयोजकमा जगतबहादुर गुरुङ र सचिवमा लिलानाथ न्यौपाने छन् । क्षेत्र २ को  ख प्रदेश ईञ्चार्जमा राममाया बोगटी, संयोजकमा नबराज ओझा र सचिवमा जयमान वाईवा चयन भएका छन् । 

यसैगरी नुवाकोटको पालिका ईञ्चार्जहरू समेत तोकिएका छन् । जसमा विदुर नगरपालिका ईञ्चार्ज रामचन्द्र पौडेल, बेलकोटगढी नगरपालिका ईञ्चार्ज नविन पुडासैनी, ककनी गाँउपालिका ईञ्चार्ज उत्तम घिमिरे, शिवपुरी गाँउपालिका ईञ्चार्ज राजनलाल श्रेष्ठ, पञ्चकन्या गाँउपालिका ईञ्चार्ज रत्नबहादुर सुनार छन् । 

त्यसै गरी, दुप्चेश्वर गाँउपालिका ईञ्चार्ज लालबहादुर तामाङ, तादी गाँउपालिका ईञ्चार्ज गमला श्रेष्ठ, लिखु गाँउपालिका ईञ्चार्ज बिवेक ढकाल, सुर्यगढी गाँउपालिका ईञ्चार्ज सुबास तामाङ, किस्पाङ  गाँउपालिका ईञ्चार्ज  अर्जुनप्रसाद न्यौपाने, म्यागङ गाँउपालिका ईञ्चार्ज रामेश्वर खड्का र तारकेश्वर गाँउपालिका ईञ्चार्ज राजेन्द्र न्यौपाने तोकिएका छन् । 


No comments:

Post a Comment