Monday, February 21, 2022

शैक्षिक सामाग्री वितरण गर्दै राधिका तामाङ

विदुर । बागमती प्रदेशका उपसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता राधिका तामाङले आफ्नो बुबा र आमाको स्मृतिमा नुवाकोटका बिकट गाउँका सामुदायिक विद्यलायहरूमा शैक्षिक सामाग्री वितरण गरेका छन् । 

       नुवाकोटको शिवपुरी गाउँपालिकाका दुई विद्यालयलमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले शिवपुरी–३ को मैदान आधारभूत विद्यालय र मंगलादेवी आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि विद्यालय झोला, कापी, सिसाकलम, लगायतका सामाग्री वितरण गरेको हो । बिहीबार प्रतिष्ठानका संरक्षक उपसभामुख राधिका तामाङले शैक्षिक सामाग्री वितरण गरेका छन् । उक्त प्रतिष्ठान आफ्ना स्वर्गिय बुबा शेरबहादुर तामाङ र आमा राम्री तामाङको स्मृतिमा स्थापना भएको र बुबा शेरबहादुर तामाङको ११ औं वार्षिकीको सन्दर्भमा ती समाग्री वितरण गरिएको तामाङले बताए । 

सामाग्री वितरण गर्दै उनले आफू आत्मिक कुरामा विश्वास नगर्ने भएकोले पुजा पाठ गर्न भन्दा बुबा आमाको नाममा प्रतिष्ठान बनाएर थोरै भए पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको बताए । 

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष बिरबहादुर तामाङले स्वस्थ्य रहनका लागि शिक्षाको आवश्यक्ता रहेकोले प्रतिष्ठानले शिक्षा र स्वास्थ्यको लागि विगत देखि नै सहयोग गर्दै आईरहेको बताएका छन् । साथै प्रतिष्ठानले स्वास्थ्य सचेतना, विद्यालय पोशाक वितरण, बिरामीहरूलाई आर्थिक सहयोग तथा खेलाडीहरूलाई समेत गर्ने गरेको उनले बताए । 

पूर्व शिक्षक तथा माओवादी केन्द्रका शिवपुरी उपाध्यक्ष शम्भु थापाले दिवंगत आमाबुवाको स्मृतिमा विद्यालयका बालबलिकालाई शैक्षिक सामाग्री दिएर शिक्षामा प्रेरित गर्ने कार्य अनुकरणिय रहेको बताएका छन् । मैदान आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण गुरुङले ग्रामिण क्षेत्रका बालबालिकालाई शिक्षामा प्रेरित गर्ने यस्ता कार्यहरू आगामी दिनमा पनि जारी रहोस् भन्ने कामना गरेका छन् । प्रतिष्ठानले उक्त विद्यालयमा अध्ययनरत ४८ जना विद्यार्थीका लागि झोला लगायतका सामाग्री वितरण भयो ।

विद्यार्थीहरूलाई वितरण गरिएको कपी र सीसाकलम भने समाजसेवी गार्दिका बज्रचार्यले उपलब्ध गराएका हुन् । आफ्ना मित्र शान्तिराम कार्कीको कोभिड–१९ का कारण मृत्यु भएको र उनको सम्झना र सम्मानमा बज्रचार्यले उक्त सामाग्री उपलब्ध गराएका हुन् । 

त्यस्तै मंगलादेवी आधारभुत विद्यालयमा पनि १६ जना विद्यार्थीका लागि झोला, कपी, सिसाकलम लगायतका शैक्षिक सामाग्री वितरण भएको छ । प्रतिष्ठानको व्यवस्थापनमा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य शिब खाती, प्रतिष्ठानका संस्थापक सदस्य तथा माओवादी केन्द्रका शिवपुरी अध्यक्ष मिनबहादुर तामाङ, उपाध्यक्ष सुकुराम तामाङ वडा सचिव बलबहादुर लोको उपस्थितिमा सामाग्री वितरण भयो । 

यसै बीच, प्रतिष्ठानले बौद्धस्थित तामाङ राष्ट्रिय पुस्तकालयका लागि एघार हजार १११ रुपैंया रकम प्रदान गरेको छ । बुधबार उपसभामुख राधिका तामाङले पुस्तकालयका अध्यक्ष भाषाविद अमृत योञ्जन तामाङलाई पुस्तकालयमा पुगेर चेक हस्तान्तरण गरेका हुन् । पुस्तकालयको अवलोकन गर्दै तामाङले उक्त पुस्तकालयले तामाङको अलिखित इतिहासलाई दस्तावेजिकरण गर्नमा भूमिका निर्वाह गर्ने विचार व्यक्त गरेका छन् ।



No comments:

Post a Comment