Monday, February 21, 2022

निर्वाचनमा खुट्टा कमायौँ भने क्लब जस्तो हुन्छौँ : डा. महत

छहरे । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन हुने पक्का रहेको उल्लेख गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं १ को प्रदेश (ख)को प्रदेश कार्यालयको शनिवार छहरे बजारमा उद्घाटन गर्दै प्रवक्ता डा. महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन निर्देशन दिए । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धाका रूपमा आसन्न निर्वाचनलाई लिनुहुन्न’, उनले भने, ‘पार्टीको निर्वाचन जितेर सत्तामा पुग्नु भएकाले आम निर्वाचनमा खुट्टा कमायौँ भने क्लब जस्तो मात्रै हुन्छौँ ।’ वडा तहदेखि नै पार्टी बलियो बनायो भने पार्टीको संरचना पालिका हुँदै जिल्लासम्म बलियो बनाउन सकिनेतर्फ स्मरण गर्न उनले कार्यकर्ताको ध्यनाकर्षण गराएका छन् ।


No comments:

Post a Comment