Monday, February 21, 2022

नेपालको पुस्तक शिवगढीदेखि प्रतिबन्धसम्म

पत्रकार एवं लेखक नारायण नेपालको पुस्तक ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ प्रकाशन भएको छ । पत्रकार नेपालले राजनीतिक एवं समसामयिक विषयमा कलम चलाउँदै आएका छन् ।

नेपालले तत्कालीन नेकपा–माओवादीबाट अलग भइ नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन गरेपछिको राजनीतिक घटनाक्रमलाई आलोचनात्मक विश्लेषण सहित पुस्तक प्रकाशन गरेका हुन् । 

विप्लव नेतृत्वको नेकपाभित्रको राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा भूमिका र प्रभाव तथा पछिल्लो समय नेकपाका गतिविधिमाथि लागेको प्रतिबन्धसम्मका घटनाक्रमलाई शिलशिलेवर रूपमा पुस्तकमा समेटिएको छ । २०७१ सालमा कपिलवस्तुको शिवगढीमा भएको भेलादेखिको नेकपाभित्रको राजनीतिक उथलपुथल र नेपाली राजनीतिमा देखा परेका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको विश्लेषण नेपालको पुस्तकमा पाइन्छ । कम्पन मिडिया प्रालिले बजारमा ल्याएको पुस्तकको बजार व्यवस्थापन भुँडीपुराण प्रकाशन बागबजारले गरेको छ । पुस्तकमा भूमिका लेख्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वली सुदर्शनले ऐतिहासिक घटनाक्रमको आलोचनात्मक समीक्षा गरेको अनुभूति भएको बताएका छन् । ‘एउटा प्रत्यक्षदर्शीले सात वर्षका ऐतिहासिक घटनाक्रमको आलोचनात्मक समीक्षा गरेजस्तो अनुभूति हुन्छ’ उनले भने ।

लेखक नेपालका यसअघि कञ्चना (गीतिकविता संग्रह), कुन्मिङ यात्रा (यात्रा संस्मरण), विद्रोही मनहरू (गजलसंग्रह), विद्यार्थी आन्दोलन र नुवाकोट (इतिहास विविध) र क्रान्तियात्राका भरियाहरू (कवितासंग्रह) प्रकाशित छन् । लेखक नेपालले पछिल्लोपटक सहिद भरत  ढुंगाना स्मृतिग्रन्थ संकलन एंव सम्पादन गरी प्रकाशन गरेका छन् ।


No comments:

Post a Comment