Monday, February 21, 2022

फोहोरलाई मोहोर बनाउँदै नगरपालिका

विदुर । विदुर नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यलाई परम्परागत प्रणालीलाई विस्थापन गर्दै हाल प्रयोगमा ल्याएको एकीकृत फोहरमैला व्यवस्थापन प्रणाली प्रभावकारी देखिएको छ । श्रोतवाट नै जैविक र अजैविक छुट्टयाउने प्रणाली को सुरूवात गरेको विदुर नगरपालिकाले निर्माण गरेको अजैविक फोहर छान्ने सेग्रिगेसन हाउसको समेत सञ्चालन गर्दै आएको छ ।

सेग्रिगेसन हाउसको सञ्चालन भएप्छि गरक्षेत्रबाट उत्सर्जन हुने १४ टन फोहर मध्ये झण्डै ६ ट्रिप फोहर डम्पिङ साईडमा खेर गइरहेको थियो । तर सेग्रिगेसन हाउसको निर्माण पछि दैनिक २ ट्रिप फोहर मात्र डम्पिङ साईडमा पठाईने गरेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिएका छन् । बाँकी ४ ट्रिप फोहर मोहरको रूपमा बदलिएको उनले बताएका छन् । यसबाट नगरपालिकाका १५ जनाले रोजगारी प्राप्त गरेको नगरपालिकाका वातावरण तथा सरसफाई शाखा प्रमुख सुवास पाण्डे बताए । सेग्रिगेसन हाउस विदुर नगरपालिकाको वडा नंं ९ सामरी दोभानमा निर्माण भएको छ । यस अघि विदुर नगरपालिकाको फोहोर ब्यवस्थापन हुँदै आएको खम्बा क्याम्पस आसपास क्षेत्रमा केन्द्रीय कारागार निर्माण भईरहेकोले नगरपालिकालाई फोहोर ब्यवस्थापनमा समस्या हुँदै आएको छ । यस्तो अवस्थामा पूर्ण रुपमा सञ्चालनमा आएको सेग्रिगेसन हाउसले नगर सफा राख्नका लागि र पुनः प्रयोग गर्नसकिने फोहोरको व्यवस्थापन गर्नका लागि सहज भएको नगर प्रमुख पण्डितले बताएका छन् ।

सेग्रिगेसन हाउसको सञ्चालन र प्रभवकारीतालाई नगर प्रमुख पण्डितले स्थलगत रुपमा नै बुझेका छन् । नगरपालिकाको प्राविधिक शाखाका प्रमुख ईञ्जिनियर शिशिर लामिछाने, वातावरण तथा सरसफाई शाखा प्रमुख सुवास पाण्डे र फोहरमैला साझेदार संस्थाका वैकुण्ठ बोगटीलाई लिएर स्थलगत निरिक्षणमा पुगेका नगर प्रमुख पण्डितले यसको प्रभावकारीता र आफ्नो कल्पना साकार भएका बताएका छन् । सेग्रिगेसन हाउसको दिगो सञ्चालन र व्यवस्थित सञ्चालनका लागि आफ्नो योजना पनि त्यस अवसरमा उनले सुनाएका छन् । उक्त स्थान पुग्ने सडक वर्षातको समयमा भलले भत्किएको स्थानको मर्मतको लागि र साईड ड्रेन निर्माणमा लागि उनले प्रतिबद्धता जनाए ।


No comments:

Post a Comment