रामलाल श्रेष्ठ
नेपाली समाज बदलिरहेको छ । नेपाली समाज मात्र होइन पुरै मानव समाज बदलिरहेको हुन्छ । समाज तपाई हामीहरूले चाल नै नपाई बदलिरहेको हुन्छ । त्यसो त समयसंगै समाज पनि बदलिरहेको हुन्छ ।
समाज कसरी बदलिन्छ ?
मानिस जन्मेदेखी नै बदलिरहेको हुन्छ । मानिस आफू बदलिरहेको आफैंलाई थाहा हुदैन । समाज पनि मानिस जस्तै बदलिरहेको हुन्छ । समाज बदलिरहेको समाजमा बस्ने मानिसलाई थाहा नै हुँदैन । जब समयको लामो अन्तरालमा दुई परिचित मित्र भेट हुँदा मात्र मानिस बदलिरहेको चाल पाइन्छ । ठिक त्यसैगरी लामो समयको अन्तरालपछि कुनै परिचित समाजमा पुग्दा मात्र समाज बदलिएको चाल पाइन्छ ।
नेपालको राजनीतिमा समाज कसरी बदलिन्छ भन्ने बहस सुरु भएकै छैन । नेपालको राजनीतिमा सरकार बनाउने र सरकार बदल्ने बहस मात्र हुन्छ । समाज बनाउने र समाज बदल्ने बहस सुरु गर्न ढिलो भइसकेको छ । नेपाली राजनीतिको युवा कार्यकर्तालाई समाज बनाउने र समाज बदल्ने कसरी भनेर प्रश्न गर्ने हो भने कुनै उत्तर आउदैन । एउटा सामान्य उत्तर चाँही आउछ आफ्नो पार्टीको सरकार आएपछि समाज बनाउने काम हुन्छ । नयाँ युवा पुस्तालाई त समाज भनेको के हो भन्ने सामान्य ज्ञान समेत छैन ।
चिन्तनका वा दर्शनका सामान्य ब्याख्या समेत नेपाली समाजले बुझिरहेको छैन । पढेलेखेका वा जानेबुझेका ब्यक्तिहरू समेत दर्शनको सामान्य ब्याख्या समेत बुझिएन भन्ने सुनिन्छ । यसको मतलव नेपाली समाजमा चिन्तन वा दर्शनको सामान्य ज्ञान समेत छैन भन्ने देखाउछ । चिन्तन वा दर्शनको सामान्य ज्ञान बिना समाज बनाउने वा समाज बदलिने कुराहरू नबुझनु सामान्य नै हो । मानव शरीर समयसंगै जसरी बदलिरहेको हुन्छ ठिक त्यसैगरी मानव समाज पनि समयसंगै बदलिरहेको हुन्छ । मानव शरीर बदलिन पहिलो आवश्यकता समय हो । समय नबदलिने हो भने मानव शरीर पनि बदलिदैन । समय पल पलको गतीमा बदलिरहेको हुन्छ । ठिक त्यही गतीमा मानव समाज पनि बदलिरहेको हुन्छ । मानव शरीर बदलिन समयसंगै मानव सरिर बदलिन पोषण पदार्थको आवस्यकता पर्दछ । यदि मानव सरिर जिवित रहन आवश्यक पोषण पदार्थ बाहिरबाट नदिने हो भने मानव शरीर बदलिने क्रम रोकिन्छ । ठिक त्यसैगरी मानव समाज बदलिन समाजलाई आबश्यक पोषण पदार्थको जरुरत पर्दछ । समाज बदलिने पोषण पदार्थ नै समाज बदल्ने औजारहरू हुन् ।
मानव शरीर जिवित रहन जन्मना साथ आमाको दूध उसको पौष्टिक आहार हो । आमाको दूध विना भर्खर जन्मेको बालक जिवित रहन सक्दैन । केही महिना आमाको दूधको सहारामा बालक जिवित हुदै बदलिरहेको हुन्छ । छ महिनाको समय पछी शिशुलाई दूध बाहेक थप पौष्टिक पदार्थको आवश्यकता पर्दछ । यदी छ महिना पछि शिशुलाई दूध बाहेक थप पौष्टिक पदार्थ नदिने हो भने शिशुको विकास वा जीबन रहन सक्दैन । थप खाद्य पदार्थको रुपमा नेपाली समाजमा ‘भात ख्वाई संस्कृती’ गर्ने परम्परा छ । छ महिना पछि बालकलाई दूध संगै दाल भात मिची मिची ख्वाइने गरिन्छ । आमाको दूध र थप खाद्य पदार्थको सेवनले बालक बदलिरहेको हुन्छ । मानव शरीर बदलिन मानव शरीरलाई समय बित्दै जाँदा मानव शरीरलाइ पुनः अर्को पदार्थहरूको जरुरत पर्दै जान्छ । मानव शरीरको आकार वा तौल बढ्दै जाँदा थप खाद्य पदार्थको आवश्यकता पर्दछ । तीन वा चार बर्ष पछि मानव शरीरसंगै मानव मष्तिष्क समेत बदल्न पर्ने आवश्यकता पर्दछ । बालकलाई बिद्यालय पठाउन पर्ने हुन्छ । यदी सानै उमेरमा बिद्यालय नपठाउने हो भने मानव मष्तिष्क बदलिन पाउदैन । मानव शरीर समय अनुसार बदलिरहेको हुन्छ तर विद्यालय नपठाउने हो भने मानव मष्तिष्क बदलिन पाउदैन । मानव मष्तिष्क शरीर जस्तै पौष्टिक पदार्थले भरिन आवश्यक हुन्छ । मानव मष्तिष्कको पौष्टिक पदार्थ भनेको जीबन र जगतको ज्ञान हो । शरीर जिवित रहन हर पल पौष्टिक खाद्य पदार्थको जरुरत परे जस्तै मानव मष्तिष्क जिवित वा तन्दुरुस्त रहन जीबन र जगतको ज्ञानको जरुरत पर्दछ । जीबन र जगतको ज्ञान विना मानव मष्तिष्क खाली खाली वा शून्य हुन्छ । शून्य मष्तिष्क भनेको मानिस र धर्तीका अन्य जिवहरू बीच कुनै फरक नहरने स्थिति हो ।
मानव शरीर बदलिने क्रम निकै धिमा गतिमा हुन्छ । मानव समाज पनि निकै धिमा गतिमा बदलिरहेको हुन्छ । मानव शरीर बदलिने क्रम उसले पाउने पोषण पदार्थमा आधारित भए झै मानव समाज बदलिने क्रम पनि समाजले पाउने पोषण पदार्थमा नै आधारित हुन्छ । मानव शरीरलाइ एकै चोटी पाँच बर्षको बनाउन सकिदैन । ठिक त्यसैगरी मानव समाजलाई पनि एकै चोटी पुँजीवादी वा समाजवादी बनाउन सकिदैन । नेपाली समाजले नबुझेको दर्शन समाज बदलिने गति हो । नेपाली समाज छिटो छिटो बदलिन चाहन्छ । यसको पछाडि उसका छिमेकी र अलि पर खाडी मूलुक र अली पर युरोप र अमेरिका देखेको छ । आफू पनि त्यस्तै बन्न हतार गर्दछ । एउटा पाँच बर्षको मानव शरीर अर्को तीन बर्ष भित्र बीस बर्षको जवान मानव शरीरमा बदलिन सकिन्छ र ? समाज बदलिने एउटा गति हुन्छ । त्यो गति भन्दा छिटो समाज बदलिदैन । यही गतिको नाम हो डाइलेक्टिकल गति ।
डाइलेक्टिकल गति के हो ?
मानिस बदलिने, समाज बदलिने गतिको नाम हो डाइलेक्टिकल गति । मानव शरीर बदलिने जुन गति छ त्यही गतिको नियम भित्र मानव समाज बदलिन्छ । मानव समाज बदलिने गतिको नियम नबुझेसम्म डाइलेक्टिकल गतिको नियम बुझिदैन । प्रत्येक दिन पछि रात हुने समयको गतिको नियम हो । धर्ती आफ्नो धुरीमा एक चक्कर लगाउन २४ घण्टा लाउने समयको गति हो । यो गतिलाई मानवले न बढाउन सक्छ न घटाउन सक्छ । यो गतिको नाम हो धर्तीको यान्त्रिक गति । धर्तीले सूर्यलाई एक चक्कर लगाउन ३६५ दिन लगाउछ । यो एक बर्षको समय धर्तीको मेकानिकल गति हो । यो गति भित्र धर्तीमा जीबनको जन्मने र हुर्कने गति निर्धारण भएको हुन्छ । धर्तीमा जिवनको जन्मने र हूर्कने गति मेकानिकल वा यान्त्रिक गति जस्तो हुदैन । धर्तीमा जीबनको जन्मने र हुर्कने र बदलिने गतिको नामलाई नै डाइलेक्टिक्ल गति भनिन्छ । डाइलेक्टिकल गतिको नियम भित्र मानव समाज बदलिरहेको हुन्छ । मानव समाज बदलिने यो नियम नबुझेसम्म समाज बदल्ने कुरा कुइरोको काग झैं हुन्छ ।
No comments:
Post a Comment