विदुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सचिव श्रीराम श्रेष्ठको अध्यक्षतामा कार्यविधि मस्यौदा निर्माण उपसमितिको बैठक भएको छ ।
काँग्रेस नुवाकोटले पार्टीलाई चुस्त र दुरुस्त बनाएर कार्य सञ्चालन गर्नका लागी मस्यौदा निर्माण उपसमिति गठन भएको बताइएको छ । मस्यौदा निर्माण उपसमितिले जिल्ला कार्यसम्पादन समिति तथा जिल्ला कार्यसमितिको बैठक सञ्चालन कार्यबिधि, काठमाडौँ जिल्ला सम्पर्क समिति गठन तथा सञ्चालन कार्यबिधि, जिल्ला सचिवालय सञ्चालन कार्यबिधि, जिल्ला कार्यसमितिबाट गठन भएका तथा भविष्यमा गठन हुने उप समितिहरूको कार्य सञ्चालन कार्यविधि निर्माण गर्ने छ ।
पार्टीको सबै अङ्गहरूलाई ब्यबस्थित र नीतिगत रुपमा सञ्चालन गर्नको लागी मस्यौदा निर्माण सुरु भएको हो । सचिब श्रेष्ठको संयोजकत्वमा निर्माण भएको उपसमितिले मस्यौदा निर्माण गरि जिल्ला कार्य समितिको बैठकमा पेश गर्ने बताईएको छ । काँग्रेस नुवाकोटको पुर्ण बैठकले मस्यौदालाई छलफल मार्फत कार्य बिधिको रुप दिएर कार्यान्वयन गर्न लागेको काँग्रेस नुवाकोट सभापति रमेशकुमार महतले बताए । संगठन सुदृढिकरण, पार्टीका सबै अङ्गहरूको सही ब्यबस्थापन र कार्य सञ्चालनजको लागी जिल्ला नेतृत्व तहले कार्यबिधि निर्माण गर्नको लागि उपसमितिले काम सुरु गरेको हो ।
No comments:
Post a Comment