विदुर । गृह मन्त्रालयले नुवाकोट सहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । नियमित सरुवाअन्तर्गत नै सिडिओ हेरफेर भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
नुवाकोटमा नारायणप्रसाद रिसाल सिडिओ बनेका छन् । उनी यस अघि पनि नुवाकोटमा बसेर काम गरिसकेका छन् । उनी २०७२ सालमा तत्कालिन जिल्ला विकास समिति नुवाकोटको स्थानीय बिकास अधिकारी (एलडिओ) थिए । यस अघि अख्तियार दुरुयोग अनुसन्धान आयोगमा कार्यरत रिसाल आयोगमा प्रवक्ताका रुपमा थिए । उनी आज सोमवार नुवाकोट आउदै छन् ।
नुवाकोटमा कार्यरत सिडिओ जीवनप्रसाद दुलाललाई भने गृह मन्त्रालय तानिएको छ ।
No comments:
Post a Comment