समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङफेदी माध्यमिक विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि विज्ञान र कानुनको विषयको पढाई हुने भएको छ ।
दुप्चेश्वर गाउँपालिका शिक्षा समितिको बैठकको निर्माणार्थ आउँदो शैक्षिक सत्रबाट विद्यालयले मानविकी सङ्काय तर्फ कानुन विषय र विज्ञान विषयमा पठाई गर्ने गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् । २०७१ सालमा प्राथमिक विद्यालय हुँदा उक्त विद्यलायमा पढ्ने विद्यार्थीहरूको संख्या २५ रहेको थियो । २०७३ सालपछि ७ कक्षासम्म सञ्चालित घ्याङफेदी माध्यमिक विद्यालयले २०७६ बाट मात्रै एसईई परीक्षामा सहभागिता जनाउन थालेको हो । पहिलो वर्ष १० जना र दोस्रो वर्ष ७ जनाले एसईई उत्तीर्ण गरेका छन् । यो वर्ष १९ जनाले एसईईको तयारी गरेको सहायक प्रअ प्रेम स्याङ्तानले जानकारी दिए ।
विद्यालयमा आधार संस्थाबाट ८ जना शिक्षक र २ जना कार्यालय सहयोगीलाई सम्पूर्ण तलब सुविधा र विद्यार्थीलाई खानासहित पोसाक व्यवस्थापन भएको छ । साथै गाउँपालिकाको कार्यालयबाट ६ जना शिक्षकलाई तलब सुविधा उपलब्ध हुँदै आएको छ ।
No comments:
Post a Comment