धुञ्चे । रसुवा जिल्लाका ९५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार मापदण्ड पूरा गरेका १८ वर्षभन्दा माथिका नागरिकहरू ९५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका हुन् ।
तथ्याङ्क अनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १०६ जना रहेकोमा २९ हजार १०१ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । जुन ९९.९९ प्रतिशत हो । हालसम्म कोभिशिल्ड खोपको १ हजार ३० जनाले पूर्ण मात्रा लगाएका छन् भने २० हजार १५६ जनाले भेरोसेलको पूर्ण मात्रा लगएका छन् ।
एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप २ हजार जनालाई लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कुल ४ हजार २५६ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
कार्यालयका अनुसार रसुवामा १२ देखि १७ वर्षसम्मका ४ हजार ७४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य रहेको छ । जसमा ३ हजार ४०३ जना बालबालिकाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनायो ।
सबैले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएपछि रसुवा पूर्ण खोपयुक्त जिल्ला पनि बनेको हो ।
No comments:
Post a Comment