Monday, February 28, 2022

गणेश पण्डित बारेमा पुस्तक आउने

विदुर । बाम तथा प्रजातान्त्रिक आन्दोलनका शसक्त हस्ताक्षर स्वर्गिय नेता गणेश पण्डितको स्मृतिमा नुवाकोटमा संस्था स्थापना भएको छ । 

गणेश पण्डित स्मृति केन्द्रले गएको सोमवार विदुरमा पत्रकार सम्मेलन गरेर संस्था स्थापना भएको जानकारी दिँदै संस्थाको भावी कार्य दिशा र योजनाहरूको बारेमा जानकारी गराएको छ ।

गणेश पण्डित स्मृति केन्द्रका अध्यक्ष कुमार पण्डितका अनुसार संस्था माघ २३ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । केन्द्रले गणेश पण्डितको जीवनी देखि सामाजिक जीवनका सबै पाटोहरूलाई युवा पुस्तामा परिचित गराउनका लागि पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ । ‘छ वटा खण्डामा उहाँका पुस्तक तयार भएको छ, हामी सुरुवातमा उहाँको विषयमा लेखिएको पुस्तक प्रकाशन गर्ने छौ’, अध्यक्ष पण्डितले भने– ‘उहाँको बहुआयामिक र राष्ट्रिय व्यक्तित्वलाई सबै माझ परिचित गराउनु आवश्यक देखेका छौं ।’ उहाँका अनुसार जीवनी, संसदमा स्वर्गिय पण्डितले व्यक्त गर्नुभएका बिचार, सामाजिक जीवन लगायतका विषयमा तयार भएका बेग्लाबेग्लै पुस्तक तयार भएको र त्यसको प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा स्व. गणेश पण्डितसंग कुनै समय शिक्षण पेशामा संगै काम गरेका रेमशबहादुर पाण्डेले स्व. पण्डितको राजनीतिक योगदान र उचाईलाई कम देख्न नहुने बताएका छन् । उनले राष्ट्रिय स्तरको ब्यतित्वको रुपमा रहनुभएका स्व. गणेश पण्डितको राजनीतिक, सामाजिक र शैक्षिकदेनलाई युवा पुस्तामा परिचित गराउनु आवश्यक रहेको बताएका छन् । ‘खरानीटारमा अमरज्योती स्कुलमा उहाँसंगै काम गर्ने अवसर मिलेको थियो, उहाँको सालिनता, मेहेनतले गर्दा नै त्यहाँ स्कुल सम्भव भएको हो’, पाण्डेले भने– ‘एकै भेटमा उहाँको क्षमता मलाई प्रष्ट भयो ।’

पुर्व सांसद गणेश पण्डित तत्कालिन समयमा (२०४८–५१ साल) मा २० जना उत्कृष्ठ बाम सांसदहरूमा रहेको सुनाउँदै कार्यक्रमका प्रमुख अतिथि रेशमबहादुर पाण्डेले भने– ‘त्यस बेलामा समसायिमक र नागरिक पक्षमा बल्ने शसक्त जनप्रतिनिधि हुनुहुन्थ्यो उहाँ ।’

कार्यक्रममा इन्द्रबहादुर पण्डितले गणेश पण्डितको सरल जीवन र व्यक्तित्वको विषयमा जानकारी गराउँदै उनको आनिवानीको अनुशरण अहिलेको पुस्ता र युगका लागि उपयुक्त रहेको बताए ।

गणेश पण्डित स्मृति केन्द्र दुप्चेश्वर गाउँपालिका वडा नं. ७ शिखरवेशी नुवाकोटमा स्थापना भएको छ । 

यस केन्द्रले लोकतन्त्र र लोकतन्त्र भित्र संस्कार, आचरण र पारदर्शिताको निम्ति अन्तरक्रिया सञ्चालन गर्ने छ । केन्द्रका सचिव नरहरी पण्डितका अनुसार जनताले गरेको ऐतिहासिक जनआन्दोलन, संर्घण, बलिदानको गौरवपूर्ण गाथाको स्मरण र शहिदको सम्मनका लागि केन्द्रले कार्यक्रम सञ्चालन गर्ने छ ।


No comments:

Post a Comment