रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८÷०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार माघ महिनामा चीनमा ल्होसार पर्व तथा हिमपातका कारण चीनबाट सामाग्री नियमित आयात नहुँदा लक्ष्य पुरा नभएको हो । कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४४ करोड मात्र राजश्व संकलन गरेको बताएको छ । रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको मा जुन चालू आर्थिक वर्षको सात महिनामा वार्षिक लक्ष्यको ६५ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ ।
कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तः शुल्क, भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गरेको छ । नेपालतर्फ कोटा प्रणाली अन्तर्गत दैनिक नौ चिनियाँ गाडीमा रेडिमेड कपडा, इलेकट्रोनिक सामान, जलविद्युत आयोजनाका सामग्री तथा यातायातका साधन लगायतका सामग्रीहरू भित्रिने गरेको छ ।
No comments:
Post a Comment