विदुर । सरकारले २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो ।
वर्ष २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरी ९५ दिन सार्वजनिक बिदा हुने भएको छ । बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा, पाँच दिन तिहार बिदा, पाँच दिन सबैका लागि दिवस बिदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र बिदा गरेर ६ दिन दिवस बिदा दिइएको छ । यस्तै ३ दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि बिदा भए पनि अरू २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ । दसैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ । तिहार बिदा भने कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ । विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा बिदा दिने भएको छ । बुद्ध जयन्तीमा देशभर सबैलाई लागू हुने गरी बिदा दिने र फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्तीमा सम्बन्धित धर्मालम्बीहरूलाई मात्रै बिदा दिइने छ ।
No comments:
Post a Comment