![]() |
बोगटीको सालिक अनावरण कार्यक्रममा बाजा बजाउदै महिलाहरू । तस्बिर : इमेज |
विदुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा पार्टी आफ्नै बलमा जित्ने गरी अगाडि बढ्ने बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेलको कुरा आए सोच्न सकिने तर मूल रूपमा आफ्नै बलमा अगाडि बढ्ने नीति लिएको बताएका हुन् ।
विदुर नगरपालिका वडा नं. ५ पिपल्टारमा गएको शनिवार आयोजित पोष्टबहादुर बोगटीको पुर्णकदको सालिक अनाबरण कार्यक्रमका लागी नुवाकोट आईपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलनमा निर्वाचनको कार्यक्रम, नीति र योजना बनाउने क्रम चलिरहेको बताएका छन् । पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा लागेको उनको भनाई छ ।
पार्टी आफैमा बलियो भएर आफ्नै खुट्टामा उभिएर, जनतासँग सम्बन्ध बलियो बनाएर, आफ्नै तागतमा जित्ने कुरालाई उच्च प्राथमिकता दिने उनको भनाई रहेको छ । मुलुकलाई निकास दिन र स्थायित्व दिनको लागी निर्वाचनमा तालमेल बन्ने स्थिति गठबन्धनकै बीचमा नै तालमेल गर्ने निति माओवादीको रहेको स्पष्ट पारे ।
यस क्रममा नेता दाहालले एमसीसी सम्झौतालाई लिएर पार्टीभित्र चलेको विषयमा पनि आफ्नो धारणा राखेका थिए । उनले एमसीसी सम्झौताको विषय व्याख्यात्मक टिप्पणीमार्फत् टुंगो लगाइएको बताए । सुरुदेखि नै माओवादीले एमसीसी जस्ताकोतस्तै पारित गर्न हुँदैन भन्ने धारणा राखेको र संसद्बाट सोहीअनुसार व्याख्यात्मक घोषणा गरिएको उनको भनाई रहेको छ ।
एमसीसी सम्झौतालाई संसदमा निर्णयार्थ प्रस्तुत गर्दा यथास्थितिका पक्षमा मतदान नगर्ने भनेर सरकारको प्रमुखलाई जानकारी दिइएको र सडकमा पनि आन्दोलन गरेकाले व्याख्यात्मक घोषणा गरिएको दाहालको भनाई रहेको छ ।
यसै बीच, नेकपा माओवादी केन्द्रका तत्कालिन उपाध्यक्ष पोष्टबहादुर बोगटी दिवाकरको पुर्ण कदको शालिक अनाबरण भएको छ । विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको पोष्टबहादुर बोगटी स्मृति पार्कमा पुर्ण कदको सालिक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अनाबरण गरेका हुन् । सालिक अनाबरण गर्दै उनले नेकपा माओबादी केन्द्रलेनै मुलुकलाई स्थाईत्व र निकास दिने बताएका छन् । तत्कालिन समयमा बोगटीले गर्नुभएको योगदानको चर्चा गर्दै पार्टी र मुलुकलाई समस्या पर्दा बार्ताको माध्यम मार्फत समस्या समाधान गर्ने एक कुटनीतिक ब्यक्तित्वको रुपमा बोगटी रहेको उनले बताएका छन् ।
भुमिगतकाल देखिनै बोगटी र आफु एकै स्थानमा रहेर पार्टीको कार्यक्रमलाई निरन्तरता दिएको स्मरण गर्दै ब्यक्तिगत रुपमा समेत बोगटीको अभाब अहिलेसम्म खड्किरहेको उनले बताए । पार्टीको अन्तरसंघर्ष, र बिबाद समाधानको एक मात्र उपाय बोगटी रहने गरेको उनले स्मरण गरेका छन् । माओवादीमा मात्रै नभई अन्तर पार्टी संघर्ष, शान्ति सम्झौता तथा हरेक कार्यक्रमा उनको योगदानको चर्चा गरेर नसकिने बताएका छन् ।
यस्तै, कार्यक्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पोष्टबहादुर बोगटीको नेतृत्व शैली, आदर्श र निष्ठामा हिड्ने ब्यक्ति कहिले पनि बिचलित नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रले पाएको सफलता, सरकारमा रहँदा हुने काममा समेत बोगटीलाई सोधेर गर्ने गरेको स्मरण गर्दै मुलुकलाई नै अतुलनिय क्षती पुगेको उल्लेख उनले गरेका छन् ।
सालिक अनाबरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले तत्कालिन माओवादी केन्द्रको उपाध्यक्ष भएता पनि पोष्टबहादुर बोगटी साझा ब्यक्तिको रुपमा रहेको बताएका छन् । कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्यहरू डा. रामशरण महत, अर्जुननरसिङ केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रप्रकाश लोहनी लगायतले पोष्टबहादुर बोगमटीको बारेमा बोलोका थिए ।
No comments:
Post a Comment