विदुर । यस इमेज साप्ताहिकका प्रकाशक कपिलदेव खनाललाई फागुन ३० गते ह्वाट्सएपमा चिठ्ठा परेको म्यासेज आयो (माथी तस्बिरमा हेर्नुहोस्) । पाँच देशको इन्टनेशनल कोभिड–१९ लक्की ड्र २०२२ मा छनोट भएको र २५ लाख रुपैयाँ जितेको खबर आयो । ९८६३९७८८७२ नम्वरको मोवाइल प्रयोग कर्ताको ह्वाट्सएप एकाउन्टबाट आएको उक्त सन्देशमा भनिएको र पुरस्कार संकलन गर्नका लागि आकाश वर्मालाई ९८११६४६८०० मा सम्पर्क गर्नुहोस् । यही ब्यहोराको सन्देश एक महिना अघि यस इमेज साप्ताहिकका प्रमुख समाचारदाता प्रतिका थापालाई पनि ह्वाट्सएपमा आएको थियो ।
यसरी चिट्ठा परेको भन्दै ठगी गर्नका लागि सामाजिक सञ्जालमा जालो फिजाउनेहरू सक्रिय मात्रै हुन थालेका छैनन् । सामान्य नागरिकहरू झुक्किने र लाखौं रुपैयाँ गुमाउने घटना पनि हुन थालेको छ । यसै गरी चिट्ठाको म्यासेजको विश्वास गर्दा गएको हप्ता एक जनाले लाखौं रुपैयाँ गुमाएका छन् ।
चिट्ठा परेको लोभमा फस्दा काठमाडौंका एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको हो । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिट्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउन्ड भएको सुटकेस पार्सल पठाएको सूचनाका आधारमा लोभिँदा २९ लाख गुमाउनुपरेको हो । उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरूले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो । विदेशीको नामको ह्वाट्सएपमार्फत चिट्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एप मार्फत फोन गरी पार्सल र चिट्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिए ।
पीडितले भने ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका– ४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेको मानगरीय अपराध महाशाखाले जनाएको छ ।
पीडितको जाहेरीका आधारमा उनलाई गएको सोमबार पक्राउ गरी कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
No comments:
Post a Comment