![]() |
नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ मा हुनु पर्ने शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (काठमाडौं) वडा नं. २ मा फेला परेको छ । तस्बिर : इमेज साप्ताहिक |
काठमाडौं न्यूरोडमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड नुवाकोटमा शाखा स्थापना गर्ने गरी वडा नं. २ को बट्टारमा भेटिएको छ । तै पनि वडा नं. ४ का अध्यक्ष अझै पनि अर्को सहकारी पो हो की आफ्नोे वडामा स्थापना हुने चाँही भनेर खोजी गरिरहेका छन् ।
यही विषयमा जानकारी लिन आइतवार सो सहकारीको कार्यालयमा पुगेको इमेज प्रतिनिधिलाई सेवा केन्द्रका प्रबन्धक जयबहादुर थापाले पुष्टि गरे । ‘हामीलाई विभागले विदुर नगरपालिकाको वडा नं. ४ को लागि नै स्विकृत दिएको हो, तर हामी वडा नंं .२ मा बसिरहेका छौं’ उनले भने । यस विषयमा वडा नं.४ का अध्यक्ष श्रेष्ठले पनि अनौपचारिक रुपमा सुनेको र वडा नं. २ मा स्थापना भएको सहकारी भएकोले केही सोधिखोजी गर्न नमिलेको बताएका छन् । ‘बट्टार चोकमा पुगेर यसो साइनबोर्ड पढ्यो कार्यालयको ठेगाना वडा नं. २ लेखेको छ, मेरो वडाबाट हराएको सहकारी यही हो भनेर दावी गर्न मिल्यो त अब ?’ श्रेष्ठले भने ।
वडा नं. २ का अध्यक्ष बिरेन्द्रकुमार शाही भने आफ्नो वडाका कुनै सहकारीले शाखा स्थापना गरेको र सदस्य बनाएर बचत संकलन गर्ने अनुमती लिएको जानकारी नभएको बताउछन् । ‘मलाई त यो बारेमा कसैले केही पनि भनेन् त’ शाहीले भने । अझ उनले शुभप्रभात नाम गरेको सहकारी आफ्नो वडामा रहेको स्मरण गर्दै प्रश्न गरे– ‘शुक्रपथ भन्या की शुभप्रभात ? शुभप्रभात सहकारी चाँही छ २ नं. मा ।’
विदुर नगरपालिका सहकारी शाखामा समेत यो सहकारीको विवरण भेटिएको छैन । शाखा प्रमुख पुष्कर शर्मा रिमालले त्यस्तो नाम गरेको कुनै सहकारी विदुर नगरपालिकाभित्र स्थापना भएको जानकारी कार्यालयसंग नभएको बताए । ‘हाम्रो कार्यालयको रेकर्डमा त्यो नाम गरेको सहकारी देखिदैन’ रिमालले भने ।
यो सहकारीले २०७८ असोज ६ गतेबाट नुवाकोटमा कारोवार गर्दै आएको छ । साढे छ महिनादेखि काम गरिरहेको यो सहकारीले आफ्नो कार्यक्षेत्र नुवाकोट जिल्लाभरी रहेको दावी गरेको छ । ‘काम गर्न थालेको साढे छ महिना हुनै लाग्यो, तर यहाँ हामी दर्ता हुन भने बाँकी छ’ सेवा केन्द्र प्रवन्धक थापाले भने ।
No comments:
Post a Comment