तादी गाँउपालिका वडा नम्बर ३ खरानीटारमा निर्माण भएको भवन र शालिकको अनाबरण भएको हो । २०१४ सालबाट नेपाली काँग्रेसमा क्रियाशिल रहेका पाण्डे २०१८ देखि दश बर्षसम्म खरानिटार गाँउ पञ्चायतको प्रधानपञ्च थिए । उनकै सक्रियतामा २०२४ सालमा अमरज्योती निमाविको स्थापना भएकोले सोही विद्यालय परिषरमा पाण्डेको स्मृति भवन र शालिक स्थापना भएको छ ।
पाण्डे २०२८ सालदेखि २०३३ सालसम्म नुवाकोट जिल्ला पञ्चायतको उपसभापति, २०३९ सालमा जिल्ला पञ्चायत सभापति निर्वाचित भएका थिए । उनी २०४९ सालको स्थानिय निकायको निर्बाचनमा खरानीटारमा गाबिस अध्यक्षमा समेत निर्बाचित भएका थिए । कृषि बिकास बैंकको सञ्चालक समिति सदस्यमा ५ बर्षसम्म रहेर उनले काम गरेका थिए । स्वर्गिया पाण्डे तत्कालिन राजा बिरेन्द्रबाट सुप्रबल गोरखा दक्षिणबाहु चौथोद्धारा सम्मानित भएका थिए । उनको २०६३ साल बैशाख २८ गते देहबसान भएको थियो ।
गोबिन्दप्रसाद पाण्डे स्मृति भवन तथा शालिकको अनाबरण कार्यक्रममा उनका पुत्र एवं तादी गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बुवाले सुरुवात गरेको स्कुलमा स्मृतिमा भवन निर्माण तथा शालिक निर्माण गरेको बताए । आफ्नै पवरिवारबाट संकलन भएको रकमले उनको स्मृतिलाई ताजा बनाईराख्न भवन निर्माण र शालिक राखिएको उनको भनाई रहेको छ ।
शालिक अनाबरण गर्दै डा. महतले स्वर्गिय पाण्डेलाई स्मरण गर्दै कुशल राजनितिज्ञ र निर्भिक ब्यक्तिको रुपमा रहेको बताए । समाज परिबर्तन, सुुधार र ग्रामिण भेगका नागरिकहरूको जिबनस्तर उकास्नको निमित्त उनले जीबन समर्पण गरेको बताउदै तत्कालिन समयमा नुवाकोटको अबिभाबको रुपमा पाण्डे रहेको महतले बताएका छन् । पाण्डेको सामाजिक योगदान नरहेको भए नुवाकोटको पुर्वी क्षेत्रको सर्वाङ्गिण क्षेत्र नै पछाडी पर्ने महतको तर्क रहेको छ ।
सोही कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य अर्जुननरसिङ केसीले तत्कालिन समयमासँगै रहेर काम गरेको समरण गर्दै गोबिन्दप्रसाद पाण्डेको वाक कला र सामाजिक कार्यबाट आफु प्रभाबित भएको बताए । नागरिकहरूको सेवामा सक्रिय रहदै लाभको पदमा बस्न नचाहने तर समाज परिबर्तनको संबाहको रुपमा आफुलाई उभ्याउन सफल ब्यक्तिको रुपमा स्वर्गिय पाण्डे रहेको केसीले बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका निबर्तमान सभापति जगदिश्वरनरसिङ केसीले आर्दशवान स्वर्गिया पाण्डेका कारण नुवाकोटमा राजनैतिक र आर्थिक गतिविधि समेत अगाढी बढेको बताए । पाण्डेकै कारणले नागरिकहरूमा जागरण आएको र राजनीति चेत खुलेको केसीले बताए । नयाँ पुस्तालाई पाण्डेको योगदना र आर्दश पक्षका बारेमा जानकारी दिनुपर्ने उनको भनाई रहेको छ ।
No comments:
Post a Comment