काँग्रेसको दलदलमा अरु पार्टी
स्थानीय स्थिति र आवश्यकतालाई हेरेर मात्र स्थानीय तहको चुनावमा तालमेल गर्न सक्ने नेपाली कांग्रेसको स्पष्ट निर्णय रहेको छ । भावना प्रतिकूल नभइ स्थानीय स्थिति अनुकूल चुनावी तालमेल गर्ने निर्णयले नुवाकोट कांग्रेसको तल्लो तहसम्म अलमल पारेको छ ।
केन्द्रबाट गठबन्धन नथोपर्ने र स्थानीयस्तरमा तालमेल गर्न सकिने दोधारे कांग्रेस रणनीतिले नुवाकोट कांग्रेसभित्रै थप किचलो पैदा भएको छ । २०७४ सालमा ठुलो मतान्तरले हारेको स्थानीय तहमा पनि अहिले आफु अनुकुल रहेको भन्दै काँग्रेस नेता कार्यकर्ताहरूले गठबन्धन नचाहिने बताउदै आएका छन् । सक्ता साँझेदार दलहरू बिचमा तालमेल नहुँदा हार्ने निश्चित क्षेत्रमा पनि टिकट पाउनलाई काँग्रेस नेता तथा कार्यकर्ताहरू गठबन्धन नचाहिने बताउदै आएका छन् । पहिलाभन्दा अहिले संगठन विस्तार भएको, अन्य पार्टीप्रति मतदाता सन्तुष्ट नभइ आफ्नो पार्टीमा प्रवेश गरिरहेका र स्थानीय नेताले जनता नभड्काउने गरी काम गरिरहेकाले स्थिति अनुकूल देखिराखेका पालिका तहका काँग्रेस कार्यकर्ताहरूको भनाई छ । काँग्रेस केन्द्रिय सदस्य एवंं पुर्ब मन्त्री अर्जुननरसिंह केसीले नुवाकोटमा निर्वाचन जित्नको लागी कुनै दलसँग सहकार्य गर्न आबाश्यक नरहेको जिकिर गरिरहेका छन् । त्यसो त, काँग्रेसकै जिल्ला सभापतिका प्रत्यासी उनका सहोदर भाई डा. केदारनरसिंह केसी, निबर्तमान जिल्ला सभापति एवं अर्का भाई जगदिश्वरनरसिंह केसीले उम्मेद्धवार चयन समानुपातिक रुपमा भएका काँग्रेस एक्लैले नुवाकोटको १२ वटै स्थानीय तहमा जित निकाल्ने बताउदै आएका छन् । सार्बजानिक कार्यक्रममा नै उनीहरू काँग्रेस÷काँग्रेस एक जुट हुनु पर्ने र नुवाकोटमा एक्लै निर्बाचनमा जानु पर्नेमा जोड दिदै आएका छन् ।
नुवाकोटको २ नगरपालिका सहित १२ स्थानीय तहमा गठबन्धनबारे सकारात्मक र साझा दृष्टिकोण निर्माण भइसकेको अवस्था छैन । कांग्रेसभित्रकै नेता तथा कार्यकर्ता चुनावी तालमेलमा विभाजित हुँदा नेकपा एमालेलाई बल पुग्ने आँकल समेत गर्न थालिएको छ । तालमेल गर्नुअघि पार्टीको आवश्यक्ता र अवस्था हेर्नु पर्ने नेपाली काँग्रेस नुवाकोट निबर्तमान सभापति जगदिश्वरनरसिंह केसीले बताउदै आएका छन् । त्यसो त जिल्ला सभापति रमेशकुमार महत तथा जिल्ला सचिव बैकुण्ठ मिश्रकै गृह वडा पञ्चकन्या गाउँपालिकाको वडा नं. २ मा गएको हप्ता काँग्रेसले एक्लै लड्ने निर्णय नै गरिसकेको छ । एक्लै निर्बाचनमा जाँदा काँग्रेसले सहज रुपले निर्बाचन जित्ने र नेता कार्यकर्ताहरूको समेत सहज ब्यबस्थापन हुने समयमा गठबन्धनको नाममा काँग्रेस सिध्याउने खेलमा खेलमा लागेको आरोप लाग्न थालेको छ । नुवाकोट काँग्रेस सभापति रमेशकुमार महतले शक्ता साँझेदार रहेका सबै दलका जिल्ला नेतृत्वसँग गठबन्धनको छलफल चलाएसँगै नुवाकोटमा काँग्रेस कार्यकर्ताहरू झनै रुष्ट हुन थालेका छन् । त्यसैको जवाफका रुपमा उनकै वडामा काँग्रेसले अन्य राजनैतिक दलसंग नमिल्ने निर्णय गरेको हुनुपर्छ । नुवाकोटको १२ वटै स्थानीय तहमा शक्ता साँझेदार रहेका सबै दलहरूको बैठकले पालिका अनुसार राजनीतिक अबस्था र मतदाताको मागलाई समेटेर जिल्ला तहमा प्रतिबेदन पेश गरेका छन् । यसभन्दा अघिल्ला निर्वाचनहरूमा पनि काँग्रेसकै नेता तथा कार्यकर्ताबाट अन्तरघात हुँदा काँग्रेस उम्मेदवारले हार ब्येहोरेको उदारण रहेको छ । नुवाकोटमा बिगतदेखि देखिदै आएको गुट उपगुटको राजनीतिले काँग्रेसलाईनै घाटा रहेको भन्दै काँग्रेस एकजुट हुनुपर्ने अपिल कार्यकर्ताहरूले गर्न थालेका छन् ।
तर अक काँग्रेसमा आउने विखण्डन र हुने विद्रोहको सामना काँग्रेसले मात्रै गर्नुपर्ने अवस्था छैन । त्यसको हिस्सा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई समेत लाग्ने भएको छ । सक्ता साँझेदार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टी बीचमा नुवाकोटमा छलफल भैरहेको छ । काँग्रेसको केसी समुहलाई बेवास्ता गर्दै जिल्ला सभापति रमेशकुमार महतले गठबन्धनको बिषयमा एकतर्फी रुपमा छलफल चलाएको भन्दै नुवाकोट काँग्रेसको केसी पक्षमा रहेका नेताहरू असन्तुष्ट हुन थालेका छन् । उनीहरूले सामाजिक सञ्जालबाट आक्रोश पोखिनै रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै निर्बाचनमा जाँदा काँग्रेसले ७ स्थानीय तह, नेकपा एमालेले ३ स्थानीय तह र नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा जित निकालेको थियो । पटक पटक बसेको गठवन्धको बैठकले खास नतिजा निकाल्न सकिरहेको छैन । काँग्रेसका पुर्व उपसभापति यमबहादुर थापा एमालेमा प्रवेश गरेका छन् । यसले पनि काँग्रेसमा निर्वाचन उठ्न नपाउने अवस्थ भयो भने नेता कार्यकर्ताहरूमा कुन तहसम्म पहिरो लाग्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ । जसको प्रभाव र क्षती अन्य तीन साझेदार राजनीतिक दलहरूलाई पनि हुने पक्का छ । त्यसैले पनि गठवन्धको संयन्त्रले बेलैमा सुझवुझका साथ स्थानीय तह भागवण्डा र उम्मेदवार छनोटको प्रक्रियालाई टुङ्ग्याउनु उपयुक्त हुने छ । समय रहुन्जेल चार दलको गठवन्धनमा अलमलिने र समय घर्की सकेपछि छुट्टाछुट्टै चुनावी तयारी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । जसले गर्दा बलिदानीबाट प्राप्त संविधानमाथि प्रहार गर्ने नेकपा एमाले नै फेरि काँग्रेसपछिको शक्तिशाली दल बन्ने र मुलुकको समस्या जस्ताको त्यस्तै रहनेछन् ।
No comments:
Post a Comment