![]() |
चैत ३० गते सत्ता गठबन्धन दल मध्येको चार दलका पालिका प्रमुख तथा जिल्ला प्रमुखहरूको बैठकका क्रममा काँगेस पार्टी कार्यालय विदुरमा चार दलका जिल्ला नेताहरू |
नुवाकोटका दुई नगरपालिका र १० गाउँपालिकामा ८८ वटा छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष गरी १४ सित जितेको छ । त्यस्तै एमालेले अध्यक्ष÷प्रमुख, उपाध्यक्ष र उपप्रमुख गरी ६ सित जितेको छ भने माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष÷उपप्रमुख गरी चार सिट जितेको छ । काँग्रेसले प्रमुख र उपप्रमुखमा ७÷७, एमालेले प्रमुख र उपप्रमुखमा ३÷३, माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा २÷२ जितेको छ ।
८८ वटा वडा मध्ये सबै भन्दा बढी नेपाली काँग्रेसले ३८ वटा वडा जितेको थियो । एमालेले ३४, माओवादी केन्द्रले १५, राप्रपाल एउटा वडा जितेको थियो ।
हाल एमालेको ३४ वटा वडा अध्यक्ष मध्ये ४ जना वडा अध्यक्ष नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शिवपुरी गाउँपालिकाको २ जना, बेलकोटगढी नगरपालिकाको एक जना र विदुर नगरपालिकाको एक जना बडा अध्यक्ष समाजवादीमा छन् । यो हिसावले एमालेको नेतृत्वमा अहिले ३० वटा वडा छ ।
गठबन्धनमा सहभागि नुवाकोटका चार राजनीतिक दलले यही संख्याको आधारमा पालिका र वडा भाग लगाउने अनुमान गरिएको छ । समाचार श्रोतका अनुसार यस अघिको चुनावी परिणामलाई हेरेर स्थानीय सरकारको नेतृत्व गर्ने दलको टुङ्गो लगाउने तयारी भइरहेको छ । काँग्रेसले प्रमुख र उपप्रमुख गरी १८ सिटमा दावी गरेको छ । त्यस्तै माओवादी केन्द्रले प्रमुख र उपप्रमुख गरी ८ सिटमा र समाजवादीले प्रमुख र उपप्रमुख गरी ४ सिटमा दावी प्रस्तुत गरेको छ । जनता समाजवादी पार्टीले भने दुई सिटमा दावी गरेको छ ।
सत्ता गठबन्धन दलको जिल्ला संयन्त्रका एक नेताले काँग्रेसलाई १६ सिट, माओवादीलाई ६ सिट र समाजवादीलाई दुई सिटमा सहमती जुट्न सक्ने दावी गरे । ‘त्यसमा प्रमुख र उपप्रमुखको संख्या जत्तिपनि हुनसक्छ, गठबन्धन गर्ने भनेपछि हाल भइरहेको सिटमा दुई भएपनि बढाउनु नै पर्ने हुन्छ’ ति नेताले भने ।
वडा अन्र्तगत भने काँग्रेसको ३७, माओवादीको १५, समाजवादीको ४ कायम गरेर एमालेकोले जितेको बाँकी वडा भाग लगाउने सम्भावना देखिएको छ । एमालेले हाल नेतृत्वमा रहेको ३० वटा वडा मध्ये ८ वटा वडा समाजवादीलाई थप गरेर समाजवादी १२, जसपालाई ४ वटा वडा र बाँकी रहेको २० वटा वडा काँग्रेस र माओवादीले आधा आधा भाग लिने सम्भावना छ । यसो हुँदा काँग्रेसको ४७, माओवादी केन्द्रको २५, समाजवादीको १२ र जसपाको ४ वटा वडामा नेतृत्व हुने छ । जसपाले आफ्नो संगठन विस्तार र पहिचानको लागि भन्दै बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका, म्यागङ गाउँपालिका, पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर गाउँपालिकामा वडा अध्यक्ष दावी गरिरहेको छ । यस अघिको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा काँग्रेस २२ वटा वडामा दोश्रो भएकोले पनि काँग्रेस यो पाली ८८ वटा वडा मध्ये करिव ५० वटा वडा लिने मनस्थितिमा देखिएको छ ।
श्रोतका अनुसार काँग्रेले विदुर नगरपालिका सहित ७ सात वटा स्थानीय तहको प्रमुख लिने छ । माओवादी केन्द्रले बेलकोटगढी नगरपालिका सहित चार वटा स्थानीय तह लिने छ । समाजवादीले शिवपुरी अध्यक्ष र तारकेश्वरमा उपाध्यक्ष लिन सक्ने छ । तर काँग्रेसका एक नेताका अनुसार समाजवादीलाई दुई वटा गाउँपालिकामा उपाध्यक्ष दिने गरी मात्रै सहमती हुनसक्ने छ । उनका अनुसार क्षेत्र नं. १ मा एउटा र क्षेत्र नं. २ मा एउटा गाउँपालिकामा समाजवादीलाई उपाध्यक्ष दिने गरी मात्रै सहमती हुने छ ।
एकीकृत समाजवादीले भने कक्तिमा आफुलाई एउटा गाउँपालिका अध्यक्ष र दुई वटा उपाध्यक्ष चाहिने बताउँदै आएको छ । एमालेले यस अघि जितेको पालिकामा आफुहरूको दावी रहेको बताउँदै समाजवादी नुवाकोट अध्यक्ष गोबिन्द नेपालीले गठबन्धनको मर्मत अनुसार नै बाडँफाँड हुनेमा आफुहरू ढुक्क रहेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) नुवाकोटका अध्यक्ष ईश्वर राउतले भने आफुहरूले यही नै पालिका भनेर दावी नगरेको भएपनि सम्मानजनक अवस्था नभएमा निर्णय स्विकान गर्ने बताएका छन् ।
![]() |
पार्टीका पालिका प्रमुखहरू । तस्बिरहरू : कपिलदेव खनाल/इमेज |
No comments:
Post a Comment