विदुर । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति नुवाकोटका संयोजक पुष्प लामिछानेले पार्टीमा अनुशासन उल्लंघन गर्ने जो कोहीलाई कारबाही गर्ने बताएका छन् ।
संयोजक लामिछानेले पार्टीमा कुनै विवाद नरहेको भन्दै केही नेता, कार्यकर्ताले नेतृत्वको विरुद्ध सामाजिक सञ्जालमा बोल्ने र लेख्ने काम भएकोले त्यसलाई पार्टीले छलफल गरेर हल गरिने बताए । पार्टी भित्रको आन्तरिक विवाद भएता पनि त्यसलाई छलफलको माध्यमबाट समाधान गर्ने बताउदै पार्टीको आन्तरिक बैठकमा त्यस्ता बिबादलाई छलफलमा राख्न र समाधान खोज्न निर्देशन दिएका छन् ।
नेकपा माओबादी केन्द्रको बिभिन्न तहमा कार्यरत नेता, कार्यकर्ताहरूले सामाजिक सञ्जालमा प्रस्तुत गरेका बिषयहरूप्रति ध्यानाकर्षण भएको बताउदै उनले पार्टीमा रहने, अनुशासनमा नरहने जो कोहिलाई पनि छुट नभएको बताए ।
पार्टीको नियमबिपरित प्रस्तुत भएकाहरूलाई कारबाही गर्ने चेतावनी दिदै उनले कारबाही प्रक्रियाको चरण हुने भन्दै पार्टी अनुशासनविपरीत गतिविधि गरिरहेकाहरूलाई सच्चिने मौका दिइने पनि बताएका छन् ।
No comments:
Post a Comment