विदुर । मुख्य ठूला दलहरू यो समाचार तयार गर्दासम्म उम्मेदवारको छनौट र सत्ता पक्षको गठबन्धनका दलहरू गठबन्ध टिकाउने वा फुटाउने दौडमा छन् । आइतवार र सोमवार दुई दिन उम्मेदवारको मनोनय दर्ताको समय निर्वाचन आयोगले दिएकोमा मुख्य दलहरूले सोमवारलाई मात्रै प्रयोग गर्ने भएका छन् । एकै दिन मनोनयन दर्ता हुँदा पर्ने चाप कम गर्नका लागि आयोगले राखेको दुई दिनको पहिलो दिन आइतवार खासै सदुपयोग भएको छैन ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई दिन मनोनयन दर्ताको समय राख्नुको कारण स्पष्ट गरेको छ । एकैदिन मनोनयन दर्ता गराउँदा हुने अत्यधिक चापलाई दृष्टिगत गर्दै दुई दलहरूलाई मनोनयन दर्ताका लागि दुई दिनको समय दिनुपरेको आयोगको भनाइ छ । तर दलहरूको आन्तरिक विवाद र लडाई व्यवस्थापन देखि गठबन्धनको ‘तलमाथी’लाई ब्यवस्थापनका कारण अन्तिम दिनको अन्तिम समयलाई दलहरूले मनोनयन दर्ताका लागि प्रयोग गर्दै छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायतका ठूला दलहरूले आइतवार मनोनयन पत्र दर्ता गराएका छैनन् । सोमवार पनि अन्तिम समयमा मात्रै दर्ता गराउने रणनीति सबै दलको रहेको छ । आफ्ना असन्तुष्ट र उम्मेदवार बन्न नपाएकाहरू अन्य पार्टीमा प्रवेश गरेर नउठुन् र बागीको सामना गर्नु नपरोस् भनेर दलहरूले यो रणनीति तय गरेको बुझिएको छ ।
नेपाली काँग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्र आफ्नो पार्टी भित्र टिकट बाडफाडको काम बाँकी रहेकोले मनोनयन दर्ता सोमवार पुगेको बताउँछन् । यउनका अनुसार सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने गृहकार्यमा समय बितेकोले पार्टी भित्रबाट उम्मेदवार छान्ने काम आइतवार मात्रै सुरु भएको थियो । आइतवार राती वा सोमवार विहानसम्म काँग्रेसले सबै पाकिाको तथा ८८ वडाको अध्यषहरूको टुङ्गो लगाउने छ ।
यस्तै नेकपा माओवादी केन्द्रले समेत गठबन्धको नाममा समय खर्च गर्नुपरेकोले उम्मेदवारको छनोट प्रक्रिया आइतवार दिउँसोबाट मात्रै सुरु भएकोले सोमवार पुगेको बताएको छ । जिल्ला संयोजक पुष्प लामिछानेका अनुसार माओवादीको उम्मेदवारहरूको टुङ्गो लागिसकेको भएपनि अझै हुनसक्ने गठबन्धनको सम्भावनालाई हेरेर एक दिन कुरिएको हो ।
‘स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौँ महानगरपालिकामा जम्मा ८६०, विराटनगर महानगरपालिकामा ७०३ र वीरगन्ज महानगरपालिकामा ११२५ जनाको मनोनयन पत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयन पत्र दर्ता गर्ने कार्यचाप अत्यधिक रहेकोले उक्त दिन मनोनयन पत्र दर्ता कार्य सम्पन्न नभई भोलिपल्टसम्म गर्नुपरेको साथै उक्त दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरूको सुझाव समेतलाई दृष्टिगत गरी आयोगले यस निर्वाचनमा मनोनयन पत्र दर्ताको समय दुई दिनका लागि तोकेको छ’, आयोगले विज्ञप्तिमा भनेको छ ।
७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता भएपछि आयोगले वैशाख १२ गते नै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ । यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने छ । वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।
No comments:
Post a Comment