Monday, June 06, 2022

विदुरले पायो बढी बजेट

विदुर । नुवाकोटमा सबै भन्दा बढि विदुर नगरपालिकाले बजेट पाएको छ । केन्द्रीय सरकारले विदुर नगरपालिकालाई  ५२ करोड ९४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । सबै भन्दा कम बजेट पाउनेमा म्यागङ गाउँपालिका छ । म्यागङ गाँउपालिकाले २० करोड ५५ लाख, रुपैयाँ पाएको हो । 

बेलकोटगढी नगरपालिकालाई ४३ करोड १० लाख रुपैयाँ, ककनी गाउँपालिकालाई ३० करोड ६८ लाख, किस्पाङ गाउँपालिकालाई २२ करोड १६ लाख, तादी गाउँपालिकालाई २३ करोड ८६ लाख, तारकेश्वर गाउँपालिकालाई २२ करोड ८ लाख, दुप्चेश्वर गाउँपालिकालाई २६ करोड ७१ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । 

पञ्चकन्या गाउँपालिकालाई २२ करोड २५ लाख, लिखु गाउँपालिकालाई २३ करोड ९६ लाख, शिवपुरी गाउँपालिकालाई ३२ करोड २० लाख, सुर्यगढी गाउँपालिकालाइ २३ करोड ७८ लाख र म्यागङ गाउँपालिकालाइ २० करोड ५५ लाख रुपैयाँ अनुदान दिएको छ । 

केन्द्र सरकारको बजेट भाषणमा उल्लेख भए अनुसारको यो अनुदान रकम स्थानीयतहले नीति तथा कार्यक्रम बनाएर खर्च गर्ने छन् ।

No comments:

Post a Comment