विदुर । जिल्ला समन्वय समिति रसुवाको निर्वाचनमा दुई पक्षले बरोवरी मत पाएपछि गोला प्रथाबाट बिजेता छानिएका छन् । त्यसरी गोला तान्दा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ ।
नौ सदस्य पदको लागि शनिबार भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो । गोला तान्दा प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा विजय लामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।
समितिको सदस्यहरूमा एमालेका कामी छिरिङ तामाङ, खुवाप्रसाद पौडेल र कांग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएका छन् ।
महिला सदस्यमा एमालेको देशी रानी तामाङ, कांग्रेसको कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी छन् । पाँच वटा गाउँपालिका रहेको रसुवा जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले ५/५ सिट जितेका थिए ।
No comments:
Post a Comment