विदुर । नेकपा एमालेका सांसद नारायण खतिवडाले नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको लागि भइरहेको समस्याहरूको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । जेठ २४ र २५ गते फोहोर व्यवस्थापनको क्रममा प्रहरीले ज्यादती गरेको भन्दै त्यसको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसद खतिवडाले स्थानीय चुनावमा भोट लिनको लागि चुनाव चिह्नको लागि प्रयोग भएको लौरो नुवाकोटका जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गरे ।
‘फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरूमाथि दमन भएको छ । स्थानीय चुनावमा चुनाव चिह्न रहेको लौरो अहिले नुवाकोटका जनताहरूको टाउको र ढाडमा बजारिन पुगेको छ । उनले भने ।
No comments:
Post a Comment