विदुर । प्रदेश युवा परिषद्को कार्यालय बागमतीको आयोजनामा युवा प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत वक्तृत्वकला प्रतियोगिता विदुरमा सम्पन्न भएको छ । बागमती प्रदेश युवा परिषद् स्थापना दिवसको अवसरमा प्रतियोगिताको आयोजना भएको हो ।
‘सिर्जनशीलता र उद्यमशिलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तीकरण’ विषयक वक्तृत्वकला प्रतियोगितामा नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका आठ र रसुवा जिल्लाका चार जना युवायुवतीको सहभागीता थियो ।
१६–२४ उमेर समुहको खुल्ला वक्तृत्वकला प्रतियोगितामा नुवाकोटका महिलातर्फ बेलकोटगढी नगरपालिकाका बिविना लामिछाने र पुरुषतर्फ रामेश्वर गजुरेल प्रथम भएका छन् ।
रसुवाबाट प्रतियोगितामा सहभागि मध्ये महिलातर्फ कालिका गाउँपालिकाका कृतिका पौडेल र पुरुषतर्फ नौकुण्ड गाउँपालिकाका दावाछिरिङ लामा प्रथम भएका छन् । विजेताहरूलाई जनही ३ हजार रुपैंयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
बिजेताहरूले आगामी असार ४ गते हेटौडामा हुने प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा उनीहरू चार जनाले नै सहभागिता जनाउने नुवाकोटका अध्यक्ष उद्वव पनेरुले जानकारी दिएका छन् ।
No comments:
Post a Comment