Monday, August 29, 2022

खेलकुद महासंघ संयोजकमा सुनार

विदुर । अखिल नेपाल खेलकुद महासंघ नुवाकोटको प्रथम भेलाले कुवेर सुनारको संयोजकत्वमा ३१ सदस्य सम्मेलन आयोजक समिति गठन गरेको छ । 

विदुरमा सम्पन्न भेलाले सचिवमा बिकास गुरुङलाई चयन गरेको छ । नुवाकोटको १२ वटै स्थानिय तहलाई समेटेर सम्मेलन आयोजक समिति चयन गरेको अखिल नेपाल खेलकुद महासंघको केन्द्रिय कोषाध्यक्ष एलिशा थापाले जानकारी दिए । 

भेला उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र नुवाकोट जिल्ला सह इन्चार्ज तथा बागमती प्रदेश सदस्य हिरानाथ खतिवडाले खेल क्षेत्रको विकास र युवाहरूको खेल क्षेत्र प्रतिको लगावलाई मध्यजनर गर्दै वागमती प्रदेश सरकारले बिशेष योजनाहरू ल्याएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र नुवाकोट जिल्ला अध्यक्ष पुष्प लामिछाने, अखिल नेपाल खेलकुद महासंघको बागमती प्रदेश सदस्य सुरज थापा, 

अखिल क्रान्तिकारी नुवाकोट जिल्ला अध्यक्ष निराजन बोगटी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राई, नुवाकोट खेलकुद विकास समिति सदस्य सरोज तामाङलगायत सहभागि थिए ।

No comments:

Post a Comment