![]() |
उपप्रमुख दलबहादुर तामाङ |
बट्टार । मौरी पालक कृषकहरूको छाता संस्था शनिवार नुवाकोटमा समेत गठन भएको छ । नेपाल मौरी पालक महासंघको नुवाकोटमा जिल्ला शाखा गठन भएको हो ।
प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले भिमप्रसाद अधिकारीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बेगबहादुर बोगटी, उपाध्यक्षमा बिष्णुप्रसाद सिलवाल, महासचिवमा रामचन्द्र भण्डारी, सचिवमा गंगा तामाङ र कोषाध्यक्षमा सीता घिमिरे पाण्डे चयन भएका छन् । कार्य समितिका सदस्यहरूमा तुलकुमार अधिकारी, रामकृष्ण थापा, गौतम न्यौपाने, लालबहादुर लामा, अर्जुन गुणी, भद्रबहादुर राना र शिवराम न्यौपाने छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिहरूमा भिमप्रसाद अधिकारी, रामचन्द्र भण्डारी, सीता घिमिरे पाण्डे, शैलेन्द्र लामा, रामकृष्ण थापा र अर्जुन गुणी चयन भएका छन् । केन्द्रीय महावेशन यही भदौ २३ र २४ गते हुँदै छ ।
अधिवेशन तथा साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङ मौरी पालन वातावरणका लागि समेत अत्यावश्य रहेको बताए । मह उत्पादनका लागि मात्रै नभई वातावरणमा सन्तुलन कायम राख्नका लागि समेत ‘एक घर एक मौरी धार’ अभियान आवश्यक रहेको उनले बताए । त्यसका लागि हरेक घरले चिउरीको रुख रोप्ने र प्रत्यक घरमा कम्तिमा एक धार मौरी पालन अनिवार्य गर्ने अरी स्थानीय सरकारहरूले नीति ल्याउनपर्ने बताए । उपप्रमुख तामाङले त्यसका लागि नुवाकोटका १२ वटै पालिकाका सरकारसंग आवश्यक सहजिकरण र छलफल जिल्ला समन्वय समितिले गर्ने बताएका छन् ।
कार्यक्रममा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले नुवाकोटको पैसा नुवाकोटमै राख्न सकिने गरी महासंघले नीति र ठोस कार्यक्रम बनाउनु आवश्यक रहेको बताए ।
कृषकहरूले उत्पादन गरेको मह प्रति माना ९००/१००० मुल्य हुँदा बजारमा प्रतिष्ठित कम्पनीहरूले प्रति केजी सात सय रुपैयाँमा दिँदा महका उपभोक्ताहरू सस्तोमा लागेकोले मह सम्वन्धी सचेतना कार्यक्रमको आवश्यकता रहेको उनले बताए । अहिलेको पुस्ताले महको स्वाद र रंगलाई समेत ठिक रुपमा पहिचान गर्न नसक्ने बेला भइसकेकोले महको विषयमा चेतनामुलक अभियानको नै आवश्यकता परेको अध्यक्ष खनालले औल्याएका छन् ।
झण्डै दुई दशकदेखि मौरी पालन गर्दै आएको मौरी पालनका प्रशिक्षक रामहरि पाण्डेले नुवाकोटमा मौरी पालनको ब्यवसायीक सुरुवात देखि हालसम्मको आवस्थाको बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।
रैथाने जातका मौरी अरिङ्गालबाट जोगिनसक्ने भएपनि आयातित जातका मौरीहरू अरिङ्गालका कारण मर्ने गरेको उनले सुनाए । नुवाकोटमा २० वर्ष पहिला ब्यवसायीक रुपमा आफुले सुरु गरेको अभियानको क्रममा र अहिले जिल्लामा ब्यवसायीक मौरी पालनको अवस्थामा खासै ठुलो अन्तर नआएकोमा उनले दुखेसो पोखे ।
No comments:
Post a Comment