Monday, August 29, 2022

बन्दुकसहित एक जना पक्राउ

विदुर । बेलकोटगढी नगरपालिकाका एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् । वडा नम्बर ४ बानियाँगथाउँ आँपबोटेका ४० वर्षिय सन्तवहादुर गुरुङ समातिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनायो ।

उनलाई गत सोमवार भरुवा बन्दुकसहित झिल्टुङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी झिल्टुङबाट गस्तीमा जाने क्रममा प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनायो । 

No comments:

Post a Comment