विदुर । बर्षातको समयमा जिल्ला अन्तरगतका सडकहरू बढीपहिरोका कारण अबरुद्ध भएका सडक खुलाउनलाई जिल्लाका जलविद्युत आयोजना, स्थानीय निकाय, सडक डिभिजन कार्यालय, गल्छी-त्रिशुली-बेत्रावती-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडक योजनालाई सडक खुलाउने जिम्मेवारी दिएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख जिल्लास्थित जलविद्युत आयोजनाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बर्षाको समयमा सडक यातायात सुचारू एवं जलविद्युत आयोजना सुरक्षा लगायतको विषयमा समन्वयात्मक बैठकले सडक अवरुद्ध हुन नदिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, रसुवाले जानकारी दिएका हुन् ।
उक्त बैंठकबाट रसुवाको ८ सडकखण्ड बनाई जिल्ला अन्तरगतका सडकहरू बढीपहिरोका कारण अबरुद्ध भएका सडक खुलाउनलाई जिल्लाका जलविद्युत आयोजना, स्थानीय निकाय, सडक डिभिजन कार्यालय, गल्छी-त्रिशुली-बेत्रावती-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडक योजनालाई सडक खुलाउने जिम्मेवारी दिएका छन् ।
जस अन्तरगत बेत्रावती-मैलुङ-बाह्रघुम्ती सडकखण्ड, स्याफ्रुबेशी-कुलुङपुल सम्माको सडकखण्ड र कुलुङपुल-रसुवागढी सडक अवरुद्ध भए गल्छी-त्रिशुली-बेत्रावती-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडक योजनाले सडक खुलाउने जिम्मेवारी लिएका छन् ।
यसै गरी बेत्रावती-कालिका-राम्चे-ठाडे-धुञ्चे र धुञ्चे-स्याफ्रुबेशी सम्माको सडकखण्ड जिम्मा डिभिजन सडक कार्यालय, नुवाकोटलाई, बेत्रावती-भोर्ले-पाच्र्याङ-यार्सा सडकखण्डको जिम्मा पूर्वाधर विकास कार्यालय, नुवाकोटलाई सडक खुलाउने जिम्मेवारी तोक्नुको साथै स्याफ्रुबेशी-थाम्बुचेत-गत्लाङ र आमाछोदिङमो गाँउपालिकाले सडक खुलाउने पर्ने जिम्मेवारी तोकिएका छन् ।
अवरुद्ध भएको सडकहरूलाई तोकिएको सडकखण्डमा तोकिएको रसुवा जिल्ला भित्र सञ्चालित जलविद्युत आयोजनाहरूले अवरुद्ध सडक खुलाउन प्राविधिक र भौतिक सहयोग गरिने छ ।
जसका अन्तरगत बेत्रावती-मैलुङ-बाह्रघुम्ती सडकखण्डमा मैलुङ जलविद्युत आयोजना र मथिल्लो त्रिशुली १ (२१६मेगावाट) आयोजनाले जिम्मा लिएको छन भने बेत्रावती-कालिका-राम्चे-ठाडे-धुञ्चे सडकखण्डमा कालिका गाउँपालिकाले सहयोग गर्ने भएको छ ।
यस्तै गरी धुञ्चे-स्याफ्रुबेशी सम्माको सडकखण्डमा लाङटाङ खोला जलविद्युत आयोजना, स्याफ्रुबेशी-कुलुङपुल सम्माको सडकखण्डमा साङजेन जलविद्युत आयोजना र कुलुङपुल-रसुवागढी सडकसखण्ड सम्म रसुवागढी जलविद्युत आयोजनाले अवरुद्ध सडक खुलाउन सहयोग गर्न जिम्मेवारी तोकिएको छ भने स्याफ्रुबेशी-थाम्बुचेत-गत्लाङ सडकखण्डमा लाङटाङ भोटेकोशी जलविद्युतलाई र रुँगा-पाजुङ-तातोपानी सडकखण्ड अवरुद्ध भए साङजेन खोला(सालासुुङ्गी) जलविद्युत आयोजनालाई सहयोग गर्न जिम्मेवारी तोकिएको छ ।
No comments:
Post a Comment