बसपार्क प्रयोगमा ध्यान दिऔं
नुवाकोट जिल्लामा सुबिधासम्पन्न दुइवटा बर्सपार्क रहेका छन् तर सवारीसाधन सडकमा नै रोक्ने गर्नाले नुवाकोटको विदुर नगरपालिकामा अहिलै दैनिक जाम हुने गरेको छ । व्यवस्थित पार्किङ हुन नसक्दा सबारी दुर्घटना दैनिक रुपमा बढ्न थालेका छन् । वि.सं. २०१० सालदेखि काठमाडौ–ककनी–त्रिशूली सडक सञ्चालन भएको नुवाकोटमा अहिले दैनिक एकसय भन्दा धेरै बस र पाँच सय थान मालवाहक गाडी र एक हजार बढी मोटरसाइकल र स्कुटर सञ्चालन हुँदै आएको छ । तर, नुवाकोटको अधिकांश स्थानमा सवारी साधन अब्यबस्थित रुपमा पार्किङ हुने गरेको छ । दैनिक रुपमा जिल्लामा रहेका बट्टार, बिदुर, ढुङ्गे, त्रिशूली, कोलोनीलगायतका स्थानमा सवारीसाधन अब्यबस्थित रुपमा सडकमा नै पार्किङ गरिएको भएपनि सम्बन्धीत निकायले व्यवस्थित पार्किङका लागि ध्यान नदिँदा बजारको सौन्र्दयता समेत कुरुप हुँदै गएको छ । नुवाकोटमा रहेको मालबाहक सवारीसाधन मालसामान ओसारपसारको क्रममा सडकमा नै राख्ने तथा सडकमा नै सवारीसाधन धुने गर्नाले नुवाकोटको मुख्य शहर वट्टार र त्रिशूलीमा दैनिक रुपमा जाम हुने गरेको हो । विदुर नगरपालिका वडा नं. ४ वट्टारमा निर्मित आधुनिक वसपार्क सञ्चालनमा ल्याइएपनि वस पार्क सञ्चालन व्यवस्थित नहुँदा बजार क्षेत्र कुरुप हुँदै गएको छ ।
बट्टारमा रहेको बर्सपार्क पटक पटक सञ्चालन हुने र रोकिने गर्नाले पनि यो समस्या निम्तिएको छ । अहिले पनि बसपार्क पुर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनको लागी निजी कम्पनीलाई ठेक्कामा दिएता पनि औपचारिकताको लागी मात्रै सबारी साधनहरू बसपार्क पुग्ने गरेका छन् । बसपार्क सञ्चालनको जिम्मा लिएको ठेकेदार कम्पनीले समेत मुख्य सडकमानै बसेर बसपार्क शुल्क उठाउने गरेको छ । यसरी नियमन गर्ने र बसपार्क सञ्चालनको जिम्मा लिएको निकायनै बसपार्क छाडेर सडकमै बसेर शल्क उठाउँदा बसपार्क प्रयोग गर्ने तर्फ कुनै भूमिका र प्रोत्साहन देखिएको छैन ।
एशियालि विकास बैंकसंग ब्याज तिर्ने गरी लिएको ऋणबाट निर्माण भएको बसपार्क प्रयोगमा नआउने एकतर्फको समस्या छ भने अर्को तर्फ सकडमा हुने सवारी साधनको भिडभाडका कारण कुरुप र दुर्घटनाको कारक बनिरहेको छ । विशेष गरी बसपार्क सञ्चालन र व्यवस्थापनका लागि विदुर नगरपालिकाले नै कठोर कदम चाल्नु आवश्यक देखिएको छ । नीति मात्रै तयार गरेर पनि बसपार्क सञ्चालनमा नआउने घटनालाई विगतले प्रष्ट पारिसकेको छ । यस कारण पनि विदुर नगरपालिकाले बसपार्क सञ्चालनका लागि तत्कालै ठोस कदम चालोस् ।
No comments:
Post a Comment