पिपल्टार । पिपलटार फुटवल क्लवद्वारा आयोजित पिपलटार कप फुटसल प्रतियोगिता शनिवार सम्पन्न भएको छ । २० टिम सहभागी प्रतियोगिताको छात्र तर्फ च्वाडी पब्लिक मावि र छात्रा तर्फ चन्द्रज्योती मावि पिपल्टारले उपाधी जितेको छ । छात्र र छात्रा तर्फको दुवै फाइनल खेलमा अर्किड एकेडेमी बट्टारले हार ब्यहोरेको हो ।
प्रतियोगिताको समापन कार्यक्रम एकीकृत समाजवादिका पोलिटव्युरो सदस्य तथा पुर्व संसद राजेन्द्र लोहनी, विदुर नगरपालिका वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपानेले विजेता र उपविजेतालाई पुरस्कार र प्रमाणपत्र प्रदना गरेका थिए । विजेता टिमले नगद सात हजार, ट्रफी र मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, द्धितिय हुने टिमले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् । छात्रा तर्फ प्रथम हुनेले भने नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेले नगद २ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धब पनेरुले जानकारी दिएका छन् ।
विदुर नगरपालिकाको वडा नम्बर ५ पिपलटारमा रहेको पिपलटार फुटबल क्लबको आयोजनामा शुक्रवार र शनिवार अन्तर बिद्यालय पिपलटार कप फुटसल प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्ज‘ननरसिंह केसीले गरेको थिए । उद्घघाटन कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल, विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाललगायते खेलक्षेत्र र खेलाडीको विकासको लागि हरेक स्थानीय तहले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
No comments:
Post a Comment