![]() |
२०७८ पुस २५ गते सम्पन्न एमाले नुवाकोटको सातौं जिल्ला अधिवेशन । फाइल तस्बिर |
नेकपा एमाले नुवाकोटको जिल्ला अधिवेशन २०७८ पुस २५ गते सम्पन्न भएको थियो । तर पदाधिकारी बाहेक जिल्ला कमिटीमा को को हुन भन्ने कुरा नेता कार्यकर्ताले अहिलेसम्म जान्न पाएका छैनन् । गोपालमानको जिल्ला कमिटीको सूची मागेको स्टाटसमा कमेन्ट गर्दै नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य नारायण घिमिरेले एमाले नुवाकोट जिल्ला कमिटी भन्दा प्रालि भैरहेको उल्लेख गरे । उनले विधान अनुसारको संख्या कति हुनुपर्ने हो त्यो सार्वजनिक गर्नुपर्ने भन्ने प्रश्न गर्दै जिल्ला कमिटी नभई मैनाली प्रालीको रुपमा जिल्ला पार्टी गइरहेको ठोकुवा गरेका छन् ।
नेकपा एमालेको विधान अनुसार नुवाकोटमा एमालेको जिल्ला कमिटी अधिकतमा १४२ सदस्यीय हुने र त्यो भन्दा धेरै संख्या नहुने एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे बताउँछन् । जिल्ला अधिवेशनले ११९ सदस्यीय कमिटी हलबाट अनुमोदन गरेर त्यहि हलबाट पादधिकारी चयन गरेको थियो । तर जिल्ला अध्यक्ष बद्री मैनालीसँग जिल्ला कमिटी सदस्य भनेर धेरै लामो सूची रहेको छ ।
अधिवेशनपछि २५० सदस्यीय कमिटीको सपथ गराइएको थियो । जिल्ला अधिवेशनबाटै निर्वाचित भएको भन्दै निर्वाचन समितिले प्रति व्यक्ति तीन हजार रूपैयाँ लिएर सपथ गराएको थियो ।
तर पछि केन्द्रीय नेतृत्वको चेतावनीपछि एमालेले ११९ सदस्यीय भन्दा बाहेकको कमिटी नभएको भन्दै गोप्य रूपमा जिल्ला कमिटीको छोटो सूची बनाएर बाँडिएको नेताहरूले बताएका छन् । अध्यक्ष मैनालीले सपत ग्रहण कार्यक्रमकै दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलको नाम नै लिएर जिल्ला कमिटीको संख्या आवश्यकता अनुसार बढाउन अनुमति पाएको भाषण नै ठोकेका थिए ।
विदुरको एक होटलमा ३ हजार रूपैयाँ तिरेर सपथ खाएका कतिपय भने केही दिनमै जिल्ला कमिटीबाट मुक्त भएका छन् । एमालेको विधान अनुसार जिल्ला अधिवेशनबाट निर्वाचित हुनका लागि निर्वाचन समितिले तोकेको फारम भरेर ३ हजार रूपैयाँ तिर्नुपर्छ । फारमको शुल्क सहित ३१ सय रूपैयाँ तिर्नुपर्ने हुन्छ ।
तर नुवाकोट एमालेले ३१ सय रूपैयाँ लिएर जिल्ला कमिटीको सदस्यको सपथ त खुवायो तर जिल्ला कमिटीको सूची चाहिँ सार्वजनिक नगरेपछि कार्यकार्ता आक्रोशित छन् ।
उनीहरूले अधिवेशनको हलबाट निर्वाचित भएका ११९ जना भन्दा बाहेकका सदस्यसँग उठाइको ३१ सय रूपैयाँ फिर्ता गर्न‘पर्ने बताएका छन् । सपथको समयमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य महेन्द्र पाण्डे र जिल्ला इन्चार्ज विन्दा ढुङ्गानाको समेत उपस्थिति थियो । तर सात महिनासम्म जिल्ला कमिटीको सूची गुपचुप राखिएको छ ।
नेकपा एमाले जिल्ला कमिटी नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले अहिले १६५ जनाको कमिटी रहेको जानकारी दिएका छन् । उनले ४१ जनाको नाम जिल्ला कमिटीमा राख्नका लागि अनुमोदनका लागि प्रदेश कमिटीमा पठाइएको जानकारी दिए । उनले जिल्ला कमिटीको बैठकका १६५ जना नै उपस्थित हुने गरेको दावी गरेका छन् ।
No comments:
Post a Comment