कपिलदेव खनाल
म अहिले श्री केदारनाथ मन्दिर परिषरमा छु । सडक छाडेर ४ घण्टा २० मिनेट (१६ किलोमिटर उकालो) पैदल हिडेर यहाँ आइपुगेको छु । केदारनाथ मन्दिर भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा अवस्थित एक प्रसिद्ध हिन्दू मन्दिर हो । यहाँको प्रतिकूल हावापानीका कारण यो मन्दिर अप्रिलदेखि नोभेम्बरसम्म मात्रै दर्शनका लागि खुल्छ ।
यो मन्दिर काटिएको ढुङ्गाको खैरो रङ्गको विशाल र बलियो ढुङ्गा जोडेर बनाइएको छ । ६ फिट अग्लो मञ्चमा उभिएको ८५ फिट अग्लो, १८७ फिट लामो र ८० फिट चौडा मन्दिरमा १२ फिट बाक्लो पर्खाल छ । अचम्म लाग्छ, यति ठूला ढुङ्गाहरू यति उचाइमा ल्याएर मन्दिरको आकार कसरी बन्यो होला ? विशेष गरी यो विशाल छाना स्तम्भहरूमा कसरी राखिएको थियो ? ढुङ्गालाई एक आपसमा जोड्न इन्टरलकिङ प्रविधि जस्तो प्रयोग भएको देखिन्छ ।
कत्युरी शैलीको ढुङ्गाले बनेको यस मन्दिरको बारेमा पाण्डवका नाति महाराज जनमेजयले निर्माण गरेको पनि भनिन्छ । यहाँ अवस्थित स्वयम्भू शिवलिंग अति प्राचीन छ । आदि शंकराचार्यले यस मन्दिरको जीर्णोद्धार गराएका थिए ।
यस मन्दिरको उमेरको बारेमा कुनै ऐतिहासिक प्रमाण छैन, तर केदारनाथ एक हजार वर्षदेखि महत्वपूर्ण तीर्थस्थल हो । राहुल सांकृत्यायनका अनुसार यो १२÷१३ औं शताब्दीको हो । र यसो पनि भनिन्छ कि : वर्तमान मन्दिर आदि शंकराचार्यद्वारा आठौं शताब्दीमा निर्माण गरिएको थियो, जुन द्वापर कालमा पाण्डवहरूले बनाएको पहिलेको मन्दिरको छेउमा छ । मन्दिरको ठूला खरानी पाइलाहरूमा पाली वा ब्राह्मी लिपिमा केहि कुँदिएको छ, जुन स्पष्ट रूपमा थाहा पाउन गाह्रो छ ।
हालको केदारेश्वर मन्दिरको पछाडि पाण्डवहरूले पहिलो पटक मन्दिर बनाएका थिए तर यो मन्दिर लोप भयो। पछि ८ औं शताब्दीमा आदि शंकराचार्यले नयाँ मन्दिर बनाए, जुन ४०० वर्षसम्म हिउँमा दबिएको थियो। त्यसपछि यो मन्दिर आदि शंकराचार्यद्वारा निर्माण गरिएको थियो । उनको समाधि यस मन्दिरको पछाडि छ । पाण्डवहरूका नाति राजा जनमेजयले उनीहरूलाई यस मन्दिरमा पूजा गर्ने अधिकार दिएका थिए र त्यसपछि तीर्थयात्रीलाई पूजा गर्न लगाउँदै आए ।
आदिगुरु शंकराचार्यको पालादेखि नै दक्षिण भारतका रावल र जंगम समुदायका पुजारीहरूले मन्दिरमा शिवलिंगको पूजा गर्ने गर्छन् भने तीर्थयात्रीहरूको तर्फबाट पूजा यी तीर्थ पुरोहित ब्राह्मणहरूले गर्छन् । केदारनाथको आकृति चाहिँ हाम्रो श्री दुप्चेश्वर महादेव (नुवाकोट) को जस्तो छ । दुप्चेश्वर भन्दा केही सानो देखिएपनि आकार ९० प्रतिशत मिल्दोजुल्दो छ ।
नेपालसितको सम्बन्ध :
केदारनाथ मन्दिरलाई अर्ध ज्योतिर्लिङ्ग पनि भनिदो रहेछ । हाम्रो पशुपतिनाथ मन्दिरलाई समेटेर मात्रै यसलाई पूरा भएको मानिन्छ । यहाँ अवस्थित स्वयम्भू शिवलिंग अति प्राचीन छ। यहाँको मन्दिर जनमेजयले बनाएका थिए र आदि शंकराचार्यले जीर्णेेद्धार गरेका थिए ।
४०० वर्षसम्म हिउँमा :
केदारनाथको मन्दिर ४०० वर्षसम्म हिउँमा कसरी दबिएको थियो र हिउँबाट बाहिर निस्केपछि पूर्णरुपमा सुरक्षित थियो । वाडिया इन्स्टिच्युट देहरादूनका हिमालयन भूवैज्ञानिक वैज्ञानिक विजय जोशीका अनुसार १३ औं शताब्दीदेखि १७ औं शताब्दी अर्थात् ४०० वर्षसम्म एउटा सानो हिमयुग थियो, जसमा हिमालयको ठूलो क्षेत्र बरफमुनी दबिएको थियो । त्यहाँ यो मन्दिर क्षेत्र पनि थियो । वैज्ञानिकहरूका अनुसार मन्दिरको पर्खाल र ढुंगामा आज पनि यसको निशान देख्न सकिन्छ ।
भविष्यमा भविष्याद्री नाम रहने :
पुराणको भविष्यवाणी अनुसार यस क्षेत्रका तीर्थयात्राहरू लोप हुनेछन् । नर र नारायण हिमाल मिल्ने दिन बद्रीनाथ जाने बाटो पूर्ण रुपमा बन्द हुने र भक्तजनले बद्रीनाथको दर्शन गर्न पाउने छैनन् । पुराणका अनुसार वर्तमान बद्रीनाथ धाम र केदारेश्वर धाम लोप हुने र वर्षौपछि भविष्यमा ‘भविष्याद्री’ नामको नयाँ तीर्थको जन्म हुनेछ ।
विनाशमा पनि जोगियो :
२०१३ को जुन १६ तारिखको रातमा प्रकृतिले विनाश गर्यो । बाढीले धेरै ठूला र बलियो भवनहरू भत्किएर पानीमा बगाए तर केदारनाथको मन्दिरलाई बिगारेन । अचम्म त तब भयो जब पछाडीको पहाडबाट पानीको बहावमा गुडिरहेको एउटा ठूलो ढुङ्गा अचानक मन्दिरको पछाडि रोकियो । त्यो चट्टान रोकिएपछि बाढीको पानी दुई भागमा विभाजित भयो र मन्दिर धेरै सुरक्षित भयो । यस प्रलयमा हजारौं (भारत सरकारसित करिव १० हजारको मात्रै तथ्यांक छ) मानिस मरे ।
००००००
उत्तराखण्डलाई देवताहरूको देश भनिदो रहेछ । यस पवित्र भूमिमा चारधाम मध्येको एक हो गंगोत्री । चारधाम यात्राको दोस्रो चरणमा आज हामीले गंगोत्रीमा स्नान गर्यौ । बाँकी धाम केदारनाथ र बद्रीनाथको यात्रा सुरु गरेका छौ । गङ्गोत्री गंगा नदीको उद्गम रहेछ । यसको उचाई समुन्द्र सतह देखि ३०३२ मिटर छ । यो नदीको धारालाई भागीरथी भनिन्छ ।
अनि यो पावनभुमि हामी नेपाली र नेपालसित जोडिएको छ । आधुनिक इतिहासमा यहाको मुख्य मन्दिर (गंगा मन्दिर) तत्कालिन गोरखा सेनापति अमरसिंह थापाले १८ औ शताब्दीमा बनाएका हुन् । त्यसपछि मात्रै जयपुरका राजा माधोसिंह द्वितीयले गंगा मन्दिरको जीर्णेेद्धार गराए । गंगोत्री धाम हिमालयको भित्री भागमा रहेको यस्तो पवित्र स्थान हो जहाँ गंगा नदीको पवित्र धारा पृथ्वीमा पहिलो पटक अवतरण भएकि मान्यता छ । हिन्दू धार्मिक पौराणिक कथाहरू र ग्रन्थहरू अनुसार देवी गंगाले कठोर तपस्या पछि नदीको रूप धारण गरी महाराजा भगीरथका पुर्खालाई पापबाट मुक्त गराएकी थिइन् । महाराजा भगीरथको तपस्याका कारण गंगाजीको नाम भागीरथी भयो ।
००००००
हाम्रो गढवाललाई ईण्डियाले टिहरी गढवाल जिल्ला बनाएको छ । खासमा म अहिले हाम्रो भुगोलमा छु भन्छ मनले । गढवाल क्षेत्र १७९४–९५ को समयमा भयंकर अनिकालको सामना गर्यो र फेरि १८८३ मा यो क्षेत्र भयानक भूकम्पबाट प्रभावित भयो । त्यतिबेलासम्म गोर्खाहरूले यस क्षेत्रमा आक्रमण गर्न थालेका थिए र यस क्षेत्रमा उनीहरूको प्रभाव सुरु भइसकेको थियो । १८०३ मा महाराजा प्रद्युम्न शाहको शासनकालमा उनले फेरि गढवाल क्षेत्रमा आक्रमण गरे । देहरादुनमा गोर्खाहरूसँग लड्दा महाराजा प्रद्युम्न शाहले मारिए । तर उनका एकमात्र नाबालक छोरा सुदर्शन शाहलाई उनका विश्वसनीय भारदारले बचाए ।
युद्धपछि गोर्खाहरूको विजयसँगै गढवाल क्षेत्रमा आफ्नो अधिराज्य स्थापना भयो । यसपछि उनको राज्य कांगडासम्म फैलियो र १२ वर्षसम्म यहाँ शासन गरे । ईस्ट इण्डिया कम्पनीले कुमाऊँ, देहरादून र पूर्वी गढवाललाई ब्रिटिश साम्राज्यमा गाभ्यो र पश्चिमी गढवाललाई राजा सुदर्शन शाहलाई सुम्प्यो जुन टिहरी रियासतको रूपमा चिनिन्थ्यो ।
ठाउँहरूको नामाकरण मध्ये मलाई किन किन नेपालको तानसेन जस्तै भारतको देहेरादुन (कुनै समय यो पनि नेपाल थियो) असाध्यै मन पर्छ । आज टेकियो, म प्रफुल्लित छु । देहरादुन दुई शब्द देहरा र दून मिलेर बनेको छ । यसमा देहरा शब्दलाई डेराको अपभ्रम्श मानिएको छ । जब सिख गुरु हर रायका छोरा राम राय यस क्षेत्रमा आए, उनले आफ्नो र आफ्ना अनुयायीहरूको लागि यहाँ आफ्नो शिविर स्थापना गरे । र वरपर बिकासको थालनी गरे । यसरी दून शब्दसँग डेरा शब्दको सम्बन्धको कारण यस ठाउँलाई देहरादून भनिन्छ । केही इतिहासकारहरू पनि देहरा शब्दको आफ्नै अर्थ रहेको विश्वास गर्छन् । देहरा शब्द अहिले पनि हिन्दी र पञ्जाबीमा प्रयोग गरिन्छ । हिन्दीमा देहराको अर्थ ‘देवग्रह’ वा ‘देवालय’ हो, जबकि ‘पञ्जाबी’मा ‘समाधि’, ‘मन्दिर’ र ‘गुरुद्वारा’को अर्थमा सुविधा अनुसार गरिएको छ । त्यसैगरी, डून शब्द डुन शब्दबाट आएको हो र यो संस्कृतमा दुना शब्दको व्युत्पत्ति हो । अनि अर्को कुरा, संस्कृतमा द्रोणीको अर्थ दुई पहाड बीचको उपत्यका हो । यो पनि विगतमा ऋषि द्रोणाचार्यको शिविर थियो भन्ने विश्वास गरिन्छ ।
उत्तराखण्डको राजधानी देहरादूनको गौरवशाली इतिहासले यसको धेरै पौराणिक कथाहरू र विविध संस्कृतिहरू समेटेको छ । रामायण कालदेखि देहरादूनको बारेमा विवरण यो छ कि भगवान राम र उनका भाइ लक्ष्मण रावणसँग युद्ध पछि यस क्षेत्रमा आएका थिए । यो स्थान द्रोणाचार्यसँग पनि सम्बन्धित छ । ऋषिकेशको बारेमा स्कन्द पुराणमा उल्लेख छ कि भगवान विष्णुले मधु–कैटभ आदि राक्षसहरूलाई मारेर यो भूमि ऋषिहरूलाई दिएका थिए । रामायण र महाभारत कालसँग सम्बन्धित देहरादून जिल्लाका स्थानहरूमा पुरातन मन्दिर र मूर्तिहरू वा तिनका भग्नावशेषहरू पुराणहरूमा पाइन्छ ।
No comments:
Post a Comment