विदुर । नुवाकोटबाट अमेरिका गई बसोबास गर्ने नेपालीहरूको संगठित संस्था नुवाकोट अमेरिका सम्पर्क समितिले शहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।
विदुर नगरपालिकाको वडा नम्बर ५ देवीघाटमा रहेको विद्यालयलाई समितिले १ लाख ५३ हजार रुपैया सहयोग गरेको हो । विद्यालयका विद्यार्थीको खानपान र आवासका लागि उक्त सहयोग प्रदान गरिएको समितिका प्रचार विभाग प्रमुख जनकराज ढुंगानाले जानकारी दिए ।
अंग्रेजी माध्यमबाट अध्यापन गराउनुका साथै विद्यालयले वेद वेदाङ्ग आदि विषयहरू गुरुकुलीय वातावरणमा आवसीय सेवा सुविधा सहित निःशुल्क अध्ययन गराईरहेको छ ।
विद्यार्थीका लागि खानपान र बसोबासका लागि खर्च अभाव भएकोले सबै पक्षलाई सहयोगको लागि आग्रह गरिएको र सोही अनुसार नुवाकोट अमेरिका सम्पर्क समितिले सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले जानकारी दिए ।
No comments:
Post a Comment