विदुर । नुवाकोटको प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्र वा नेपाली काँग्रेसको नेतृत्व हुने भन्ने विषयले बढी चर्चा पाउन थालेको छ । आसन्न निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धन हुँदा कसको भागमा क्षेत्र नं. १ पर्ने भन्नेमा कार्यकर्ताको आ–आफ्नो अनुकुलको तर्क रहेको छ भने नेताहरूले आफुले नै पाउनुपर्ने दावी पेश गरिरहेका छन् ।
माओवादी केन्द्रका नेता हितबहादुर तामाङ र काँग्रेसका नेता डा. प्रकाशशरण महतले निर्वाचन क्षेत्र नं. १ मा आफु नै हुने कारण पेश गरेका छन् ।
प्रतिनिधिसभाका सांसद एवं माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हितबहादुर तामाङले गठबन्धन भए पनि कुनै हिसाबले नेकपा माओवादी केन्द्रले नुवाकोट क्षेत्र नम्बर १ नछाड्ने बताएका छन् । तामाङले २०७४ सालमा माओवादी केन्द्रबाट आफूले जितेको र तुलनात्मक हिसाबले सोही क्षेत्रमा आफ्नो पार्टी बलियो भएकोले अरुलाई नछाडिने दाबी गरेका हुन् ।
‘दलगत हिसाबमा हितबहादुर तामाङलाई पठाउँछ अथवा अरुलाई पठाउँछ । अलग कुरा हो । नेकपा माओवादी केन्द्रले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ पाउनुपर्छ भन्ने अन्त्यसम्मै दाबी हुन्छ । कुनै पनि हिसाबले माओवादी केन्द्रले त्यो निर्वाचन क्षेत्र छाड्दैन’, उनले भने– ‘चुनाव लड्न जाने भनेको सिनियर, जुनियर भनेर हुँदैन । क्रियाशीलता, संगठन बनाउन खटिने र जनताले चाहेको उम्मेदवार हुनुपर्छ ।’
‘कि त नुवाकोटबाट माओवादी केन्द्रले पाउँदै पाउँदैन भन्न सक्नु प-यो । माओवादीले प्रतिनिधिससभा प्रतिनिधित्व गर्दैगर्दा त्यो १ नम्बर निर्वाचन क्षेत्रबाहेक हुन सक्दैन’ तामाङले भने । पार्टीले जोसुकैलाई उम्मेदवार पाउन सक्ने भए पनि जनताले आफूलाई नै रोज्ने उनको दावी रहेको छ । उनले भने– ‘जनभावनाअनुसार मेरो पनि दाबी जोडदाररुपमा छ । म कुनै पनि हिसाबले उठ्न पाउनुपर्छ भन्ने मैले आफ्नो दलमा राखेको छु । दलले मलाई अथवा अरुलाई पठाउँछ अलग कुरा ।’
उता, नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नुवाकोटको लागि बाँकी रहेका पूर्वाधार विकास पूरा गर्न काँग्रेसको नेतृत्व आवश्यक रहेको दावी गरे । लिखु गाँउपालिका–४ मा शुक्रबार आयोजित ‘तिज विशेष कार्यक्रम’लाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले काँग्रेस नेतृत्वमा यसअघि गरिएका विकासलाई संस्थागत गर्दै बाँकी योजना पूरागर्न आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा काँग्रेसको सक्षम व्यक्ति उम्मेदवारको रुपमा प्रस्तुत हुने बताएका छन् ।
‘यसअघि हामी (डा रामशरण महतसमेत) योजना आयोग र मन्त्री हुँदा बनाएका पुल, विद्यालय, स्वास्थ्य संस्थालाई समय अनुकूल सुधार र स्तरउन्नतीको काम पूरा गनै काँग्रेस नेतृत्व आवश्यक छ’, डा. महतले भने– ‘शिक्षामा गुणस्तर, रोजगारको सुनिश्चित, आर्थिकरूपमा उपार्जनसहित बाह्रै महिना चल्ने कालोपत्रे सडकसहित छहरे–टोखा सुरुङ मार्गको अधुरा योजना पूरागर्न योग्यता, क्षमता, पहुँच, इमान र समपर्ण भएको व्यक्ति प्रतिनिधि हुनुपर्ने भएकाले त्यो काँग्रेसमा छ ।’
दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्दै गरिबी निवारणका लागि अहिले कमजोर बनेको अर्थतन्त्रमा सुधार आवश्यक रहेको उनको भनाइ छ । ‘सडक विस्तार र ऊर्जाको उत्पादन बढाउन सक्यो भने मुलुकलाई अर्थतन्त्रमा बलियो बनाउन सकिन्छ’, महतले भने–‘बहुदलीय व्यवस्था, जनताप्रति उत्तरदायी जनप्रतिनिधि भएर आफूले थालनी गरेको सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत कार्यक्रम यो बीचमा रोकिएको छ, त्यो पूरा गर्न नुवाकोटको क्षेत्र नं १ मा काँग्रेसको नेतृत्व अत्यावश्यक छ ।’
माओवादी केन्द्रका नोता तथा सांसद हितबहादुर तामाङले पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत उठ्ने चाहना राख्नुलाई स्वाभाविक रुपमा लिएको बताएका छन् । उनले महत एक पटक प्रत्यक्षतर्फ चुनाव जित्न नसकेको अवस्थामा गठबन्धन भएमा सजिलै जित्ने ठाउँ नुवाकोट १ बाट उठ्ने मनस्थितिमा पुगेको आकलन गरेका छन् ।
‘त्यो क्षेत्रमा जान डा. महत लाललित हुनुहुन्छ । जीवनमा उहाँले एक पटक पनि चुनाव जित्न पाउनुभएको छैन । त्यो हुनाले नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र १ चाहिँ नेपाली काँग्रेस र नेकपा माओवादी मिल्दाखेरी झन्डै ८० प्रतिशत मत खस्ने वाला छ । माओवादी केन्द्र त्यो क्षेत्रमा तुलात्मक हिसाबले बलियो छ । काँग्रेस बलियो हुने कुरा नै भइहाल्यो । त्यसको आधारमा त्यहाँ जान पायो भने सजिलै जित्न सकिन्थ्यो । जीवनमा एक पटक निर्वाचित सांसदको हैसियतले संसद्मा प्रतिनिध्तव गर्नुपाए हुन्थ्यो भन्ने चाहना उहाँले राख्नुभएको छ त्यो अस्वाभाविक पनि होइन,’ तामाङले भने ।
०७४ निर्वाचनमा तामाङ नुवाकोट १ बाट पूर्वअर्थमन्त्री एवं काँग्रेसका नेता डा. रामशरण महतलाई भारी मतान्तरले पराजित गर्दै सांसद बनेका थिए । गत निर्वाचनपछि झन् माओवादी केन्द्र बलियो भएको अनुमानसहित एक्ला एक्लै भिड्न परे पनि तयारीमा माओवादी नेता, कार्यकर्ता तयार देखिएका छन् ।
१ मा माओवादी २ मा काँग्रेस
विदुर । नुवाकोटको दुई निर्वाचन क्षेत्र मध्ये काँग्रेस–माओवादीबचि एक÷एक क्षेत्र लिनेगरी केन्द्मा छलफल भइरहेको छ । सिट बाँडफाँडका लागि गठित कार्यदलमा त्यसबारे अनौपचारिक समती भएको छ । लिखित हुन बाँकी रहेको र तर अनामैपचारिक रुपमा भएको समहती अुनसार नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्र र क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई भाग लाग्ने छ ।
यस अघिको निर्वाचनमा एमालले बिजयी भएको संघ र प्रदेशका निर्वाचन क्षेत्रहरू काँग्रेसलाई र माओवादी केन्द्रले जितेको क्षेत्रहरू माओवादीलाई नै कामय हुने सम्भावना रहेको एक नेताले बताएका छन् । उनका अनुसार एकीकृत समाजवादीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समेत छलफल हुन थालेको छ ।
२०७४ को निर्वाचनमा नुवाकोटको क्षेत्र नम्बर–१ मा माओवादी केन्द्रका हितबहादुर तामाङ र क्षेन नं. २ मा एमालेका नारायणप्रसाद खतिवडा निर्वाचित भएका थिए । क्षेत्र नं. १ मा माओवादीबाट भने पुनः हितबहादुर उम्मेदवार बन्ने पक्का छ ।
क्षेत्र नं. २ बाट काँग्रेस नेता अर्जुननरसिंह केसीको दाबी छ । ०४८ सालदेखि सोही क्षेत्रबाट चुनाव लड्दै आएका केसी अघिल्लो निर्वाचनमा बाम गठबन्धनका कारण एमालेका खतिवडासंग पराजित भएका थिए । नेता केसीले शुक्रवारपिपल्टारमा भएको फुटसल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्ने क्रममा भने आफुले चुनवा उठ्ने वा नउठ्ने विषयमा आधिकारिक धारणा सार्वजनिक नगरिसकेको बताएका छन् । एक महिना अघि विदुरमै भएको कार्यक्रममा भने उनले क्षेत्र नं. २ बाट आफु उम्मेदवार बन्ने बताएका थिए । शुक्रवार नेता केसीले आफुले आफ्ना परिवारका अन्य सबै सदस्यहरुको मतदातानामावली विदुर नगरपालिकामा स्थानान्तरण गरिसकेको बताउँदै क्षेत्र नं. २ मा आफुनै उठ्ने संकेत गरेका छन् । ‘म आजसम्म नुवाकोटबाहेक अन्य क्षेत्रबाट चुनाव लडेको छैन, जे जे गरे यहीको लागि गरे, म नुवाकोट छाडेर अन्त कहि राजनीति गर्न जान्न’ केसीले भने ।
क्षेत्र नं. २ मा काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङको दावी पनि उत्तिकै रहेको छ । एक पटक यही क्षेत्रबाट प्रत्यक्ष निजर्वाचित भएका लामाले यस पटक पनि आफ्लाई प्रत्यक्ष निर्वाचित हुन रहर लागेको बताएका छन् । उनी अहिले काँग्रेसको समानुपातिक कोटाबाट संघीय सांसद छन् ।
No comments:
Post a Comment