Monday, August 29, 2022

रामेश्वर गजुरेल जिल्ला सभापति

बट्टार । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा बेलकोगढी नगरपालिका नलगाउँका रामेश्वर गजुरेल चयन भएका छन् । गएको आईतवार नुवाकोटमा भएको जिल्ला भेलाले उनलाई जिल्ला सभापति बनाएको हो । 

जिल्ला उप–सभापतिमा लक्ष्मी पाण्डे र सचिब सुवास भण्डारी, विदुर नगरपालिकाको संयोजकमा भरत पुलामी मगरलाई जिल्ला भेलाले चयन गरेको छ । 

उक्त कार्यक्रममा प्मुख आकर्षकका रुपमा उपस्थित पार्टीका केन्द्रीय सभापति रबी लामछिानेले नेपालमा भएका राजनीतिक दलप्रति जनताहरूमा वितृष्णा पैदा भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जन्माउनु परेको बताएका थिए ।

No comments:

Post a Comment