बाहुनवेंशी । नुवाकोटबाट अमेरिका गई बसोबास गर्ने नेपालीहरूको संगठित संस्था नुवाकोट अमेरिका सम्पर्क समितिले हेमन्तेश्वर बेदविद्याश्रम (गुरुकुल) लाई आर्थिक सहयोग पठाएको छ ।
समितिले तादी गाउँपालिकाको वडा नम्बर ५ बाहुनबेंशीमा रहेको उक्त गुरुकुललाई एकलाख २६ हजार ४१९ रुपैयाँ सहयोग गरेको हो । संस्कृती जगेर्नार्थ र संरक्षणार्थको साथै विद्यार्थीको खानपान र आवासका लागि उक्त सहयोग प्रदान गरिएको समितिका अध्यक्ष विज्ञान खनालले जानकारी दिए ।
समितिका सदस्य सुरेश भण्डारीको परिवारको तर्फबाट बुधबारनै लक्ष्मी भण्डारीले गुरुकुलका अध्यक्ष भृगुऋषि मिश्रलाई २४ हजारको चेक हस्तान्तरण गरेका छन् । गुरुकुल वैदिक सनातन धर्मको संरक्षण, सम्बद्र्धन र आधुनिक गुरुकुलको परिकल्पनालाई साकार पार्नको लागि स्थापित भएको हो ।
समितिले नुवाकोटका शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा सहयोग परियोजना शीर्षक राखी सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
No comments:
Post a Comment