स्थानीय सरकार ध्यान देउ
ऐतिहासिक तथा पर्यटकीय स्थल साततले दरवारको अझै पुननिर्माण हुन सकेको छैन । भुकम्प गएको ७ वर्ष बितिसक्दा पनि दरवारको पुन निर्माण हुन नसक्दा दरवार आसपासका स्थानीयहरू निराश बनेका छन् । उक्त क्षेत्रमा रहेको दरबार र मठमन्दिर चीन सरकारले पुनर्निर्माण गर्ने भनेपनि अझै पुनर्निर्माण हुन नसकेको हो । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको दरबार ७ वर्ष बितिक्दा समेत पुनर्निर्माण हुन नसक्दा स्थानीयवासी चिन्तित बनेका छन् । पुरातात्विक सम्पदाको अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको नुवाकोट अहिले सुनसान भएपछि पुरातात्त्विक सम्पदा नबन्ने हो कि भन्ने चिन्ताले सताएको छ ।
नुवाकोट दरबार तथा मठमन्दिर पुनर्निर्माण नभए नुवाकोटको अस्तित्व मेटिने स्थानीयहरूको भनाइृ छ । गृष्मकालिन राजधानीको रुपमा मुलुकको केन्द्रिय साशनसक्ता सञ्चालन भएको दरबारको पुनः निर्माणमा राज्य उदासिन भएको पाइन्छ । साततले दरबार सहित सम्पदा बस्ति पुःनिर्माणको अभियान बोकेर हिडेका नुवाकोटका नागरिकह्रू दरबार पुनःनिर्माण नँहुदा सम्पदा बस्तिको अभियान समेत तुहिने भन्दै पुरातत्व बिभाग धाउन थालेका छन् । चिनिया पक्षले दरबारको पुनःनिर्माण गर्ने जनाए पनी पानिबाट जागाउने का बाहेक बिगत २ बर्ष देखि केहि हुन सकेको छैन । भूकम्पले ढलेका पुराना घरहरू नयाँ बने पनि दरबार र मठमन्दिर पुनर्निर्माण नहुँदा स्थानीयहरू निराश भएका छन् । भुकम्प गएको तिनवर्षपछि दरवार पुन निर्माण गर्ने भनेपनि कोरोना भाइरसको कारण दरवार पुननिर्माण हुन नसकेको बताईएको छ । चाइना सरकारले दरवार रेट्रोफिटिङको माध्यमबाट दरवार नयाँ स्वरुपमा निर्माण हुने बताए पनी जस्तापाताले बार्न काम मात्रै भएको छ । पुनर्निर्माण गर्नुपर्ने सम्पदाहरूमा साततले दरबार लगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजुभवानी मन्दिर छन । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले ती सम्पदाहरूमा क्षति पुगेको थियो । अहिले फलामले टेको लगाएर राखिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको बसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि नुवाकोटका सम्पदाको पुनर्निर्माण थालिने जनाएको थियो । तर, पुनर्निर्माण प्राधिकरणको अवधि सकिएर पनि नुवाकोटका पुरातात्तिवक सम्पदाले जुनी फेर्न नसकेपछि नुवाकोटका स्थानीयहरू निराश बनेका छन् । स्थानीय राजनितिक दल र जनप्रतिनिधिहरूले पहल नगर्दा समस्या भएको स्थानीयहरूको बुझाई छ । दरवार पुननिर्माण हुन नसक्दा जिल्लाको आर्थिक व्यवसायका साथै जिल्लाको पर्यटन व्यवसाय समेत छायाँमा परेको छ ।
पृथ्वीनारायण शाहले १८०१ साल असोज १५ गते नुवाकोट टाकुरोमाथि विजय गरिसकेपछि सेनाद्घारा १८१६ सालमा निर्मित दरवार समयमै मर्मत नहुँदा भग्नमावशेष हुने खतरा बढेको छ । गीर्वाणयुद्ध विक्रम शाहको पालमा २५ वर्षसम्म सोही दरवारवाट नेपालको शासनसत्ता सञ्चालन भएको थियो । आकर्षक तथा भीमकाय संरचना रहेको साततले दरवारलाई चारैतर्फबाट काठ र फलामको डण्डीले टेको लगाएर अड्याइएको छ । भूकम्पपछि दरवारको पूर्वी मोहडा रहेको दरबार अगाडि र उत्तरीभाग भूकम्पले भित्ताको इँटाको गाह्रो चर्किएको थियो । नुवाकोट दरवारलाई १० वर्ष अगाडि सरकारले राष्ट्रिय संग्रहालयको रुपमा घोषणा गरी सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । साततले दरबार गल्र्यामगुर्ल‘म्म नढलेपनि लामो समय टोकेको भरमा राखेमा त्यही हालत हुने भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । २०७२ साल बैशाख १२ र २९ गतेको भईचालोमा परि नुवाकोटमा ११ सय भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । चिँनिया प्राविधिकले स्थलगत सर्भे गरेपनि अझै दरबार पुननिर्माण हुन सकेको छैन । जेखिमयुक्त दरवार टाढैबाट हेरेर फर्कनु पर्ने अवस्था छ ।
नुवाकोटको पहिचान र शानको रुपमा रहेको साततले दरवार पुनर्निमाणमा भएको ढिलासुस्तीले नुवाकोटलाई आर्थिक रुपमा मात्रै होइन सामाजिक र साँस्कृति रुपमा समेत क्षती भइरहेको छ । स्थानीय सरकारहरूले समेत यस तर्फ ध्यान दिएको छैन । स्थानीय सरकारमा दोश्रो पटकका लागि नयाँ नेतृत्व आएको छ । नयाँ जनप्रतिनिधिहरूले यसलाई खास वास्ता गरेको पाइएको छैन । विदुर नगरपालिकाको नीति तथा कार्यक्रम समेत यस तर्फ उदाशिन छ । नुवाकोटको पहिचान साततले दरवार पुनर्निमाणका लागि स्थानीय सरकारले नै विशेष कार्यक्रम सोच्न, तयार गर्नु आवश्यक छ ।
No comments:
Post a Comment