Monday, August 08, 2022

बागमतीको गोदाम नुवाकोटमा

विदुर । विपद व्यवस्थापनका लागि प्राप्त हुने सामग्री राख्न स्थान अभाव भएका कारण बागमती सरकारले नुवाकोटमा गोदाम सामाग्री घर सञ्चालनमा आएको छ । विदुर–३ स्थित बुधसिंगघाटमा प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका मन्त्री कृष्णप्रसाद शर्मा खनालले एक कार्यक्रमको बीचमा प्रदेश गोदाम घर नुवाकोट र सुरक्षाकर्मी ब्यारेक घरको उद्घाटन गरेका छन् । 

सरकारले प्राकृतिक बिपत्ति परेको खण्डमा तत्काल उद्धार र राहातको आवश्यक तयारीका लागि विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरेको हो । प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मताहतमा विपदका समयमा उद्धारका लागि आवश्यक पर्ने सामाग्रीसहित गोदाम घर सञ्चालनमा ल्याईने जनाएको छ । प्रदेश गोदामघरले नुवाकोट र रसुवामा आइपर्न सक्ने विपद्लाई सघाउने नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । 

प्रदेश सरकारले प्रत्येक जिल्लाका जिल्ला व्यवस्थापन समितिलाई प्रदेश सरकारले १० लाख रुपैयाँको रिवर्डिङ फन्ड उपलब्ध गराएको छ । ५ लाख रुपैयाँ घट्नेबित्तिकै शोधभर्ना हुने व्यवस्था गरिएको र सो कोषले मलमपट्टी लाग्ने आन्तरिक मामिला, कानुन मन्त्रालयका सचिव नारायण शर्माले बताए । 

प्रदेश सरकारको नुवाकोट, काभ्रे र मकवानपुर गरी ३ वटा प्रदेश गोदामघर ( रहेको छ । गोदामघर र सुरक्षाकर्मी भवन गरी २ छन् । एउटा भवनमा आपत्कालीन सामग्री राखिएको छ भने अर्कोमा सुरक्षाकर्मी छन् । उक्त गोदामघर ९० लाख रुपैयाँ लागतमा एएनडी कन्स्ट्रक्सन बट्टारले निर्माण गरेको हो ।

No comments:

Post a Comment