विदुर । दक्षिण कोरियामा मृत्यु भएका नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. १ का प्रकाश बिकको शव यता ल्याउनका लागि उत्तर कोरियामा आर्थिक संकलन भइरहेको छ । परिवारको समेत आर्थिक दायित्व बोकेर श्रमका लागि विदेश गएका युवाको उही निधन भएपछि शव ल्याउन समेत परिवारलाई समस्या भएको हो ।
जानकारी अनुसार उता, बिको शव यता ल्याउनकै लागि सञ्चालन गरिएको आर्थिक संकलन अभियान अन्र्तगत झन्डै २१ लाख रुपैयाँ संकलन भएको छ । प्रकाश बिकको शव नेपाल पठाउन सञ्चालित ५ दिने आर्थिक सहयोग संकलन अभियानमा २२ करोड ७७ लाख ५६० वन अर्थात् २० लाख ९५ हजार २ सय ११ रुपैयाँ सहयोग संकलन भएको नुवाकोट समाज उत्तर कोरियाले जनाएको छ ।
करिब ६ महिनाअघि रोजगारीका सिलसिलामा दक्षिण कोरियामा पुगेका २५ वर्षीय बिकको भदौ १४ गते कोठामा सुतेकै अवस्थामा मृत्यु भएको थियो । उनको शव नेपाल ल्याउन र अस्पतालमा पोस्टमार्टम खर्च तिर्न रकम अभाव भएपछि परिवारको आग्रहमा कोरियामा रहेका नेपालीहरूले सहयोग अभियान चलाएका थिए ।
मृतकका बुबा रामशरण सुनारसहित परिवारको आग्रहमा शव नेपाल ल्याउन पञ्चकन्या गाउँपालिका वडा नम्बर १ ले पनि आर्थिक सहयोगको लागि सिफारिस गरेको थियो । बिक कोरियाको जिन्छन सहरमा काम गर्थे ।
प्राप्त विवरणअनुसार नुवाकोट समाज दक्षिण कोरिया २० लाख वन, विश्वकर्मा समाज दक्षिण कोरिया १० वन, वाग्मती प्रदेश एकता समाज १ लाख १० हजार वन, नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरिया १ लाख वन, लगायत विभिन्न संघसंस्थाको अगुवाइमा सहयोग संकलन गरिएको थियो ।
बिकको शव १४ तारिख नेपाल पठाइने पनि नुवाकोट समाज साउथ कोरियाले जनाएको छ । त्यस्तै खर्च विवरण शव नेपाल पठाइसकेपछि सार्वजनिक गर्ने जनाइएको छ । खर्च कटाएर बाँकी रहेको रकम काजकिरिया खर्चको रुपमा परिवारलाई हस्तान्तरण गरिने पनि उल्लेख गरिएको छ ।
No comments:
Post a Comment