विदुर । एमाले नुवाकोट चुनावमा होमिएको छ । जसका लागि जिल्ला अध्यक्ष बद्री मैनालीको नेतृत्वमा दुई हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटि गठन भएको छ ।
नेकपा एमाले नुवाकोट जिल्ला कमिटिको पूर्ण बैठकले कमिटि बनाएको हो । सोही बैठकले सिफारिसमा परेका उम्मेदवारहरूको छलफल गरी रायसहित प्रदेश कमिटीमा पठाउने निर्णय समेत गरेको छ । कार्यक्रममा एमाले बागमती अध्यक्ष केशव पाण्डे, जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना, संघिय सांसद नारायणप्रसाद खतिवडा लगायतको उपस्थिती थियो ।
No comments:
Post a Comment