Monday, September 19, 2022

सापकोटाको बंशाबलीका बारेमा प्रशिक्षण

विदुर । नुवाकोट जिल्लाका सापकोटा थर भएकाहरूलाई बंशाबलीबारे प्रशिक्षण दिईएको छ । बिदुरमा भेलागरी सापकोटा बंशावली सम्बन्धि जिल्लाको १० पालिकाका सापकोटाहरू जम्मा परेर बृहत प्रशिक्षण दिएको थियो । 

सापकोटा कल्याण केन्द्र नेपालको कौडिण्य ऋषि आश्रम देबघाटधामको बिधानको अधिनमा रहि बाग्मती प्रदेश समिती अन्तर्गत नुवाकोटमा रहेको सापकोटा कल्याण केन्द्रको आयोजनामा भेला र प्रशिक्षण भएको हो । 

सापकोटा कल्याण केन्द्र नुवाकोट जिल्ला अध्यक्ष मुरली सापकोटाको अध्यक्षतामा भएको कार्याक्रममा केन्द्रिय निर्देशक कबिन्द्रप्रसाद सापकोटा, बाग्मती प्रदेश समितिका उपाध्यक्ष थम्मलाल सापकोटाले प्रशिक्षण दिएका थिए । 

जिल्लामा रहेका सापकोटा बन्धुको बिबरण संकलन गरी सदस्यता बितरण गर्न लागेको जिल्ला समितिका कोषाध्यक्ष गोपालबहादुर सापकोटाले जानकारी दिएका छन् । सापकोटा बन्धु बीच एकता, सदभाब, सामिप्यताको लागि जिल्ला समितीमा आबद्ध हुन सचिब टिकाराम सापकोटाले जिल्ला भरीका बन्धुलाई अनुरोध गरेका छन् । 

नुवाकोट जिल्लामा रहेका सापकोटाको बंशहाल ३६ पुस्तामा रहेको छ । २०६८ को जनगणना अनुसार १३ लाख नेपालमा र १ लाख सापकोटा  बिदेशमा रहेको अनुमान सापकोटा कल्याण केन्द्र नेपालले गरको छ । 

नुवाकोटमा सापकोटाको प्रबेश पृथ्बीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा मुल ज्योतीषी सल्लाहाकारको रुपमा ल्याएको इतिहासमा उल्लेख छ । गोरखाबाट नुवाकोटको सामरीमा आएका सापकोटा सामरीबाट जिल्लाको बिभिन्न भागमा छरिएको बताइन्छ । नुवाकोट जिल्लामा सापकोटा को सख्या ३० हजार को हाराहारीमा  रहेको जिल्ला उपाध्यक्ष शरण उत्सुक सापकोटाले बताएका छन् । 

No comments:

Post a Comment