रानीपौवा । ककनी गाँउपालिकाको वडा नम्बर ७ चतुरालेमा निःशुल्क स्वास्थ्य शिविर र वृक्षारोपण कार्यक्रम भएको छ । निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ५० जनाभन्दा बडि बिरामीहरूले सेवा लिए ।
ककनी गाउँपालिका वडा नं. ७ को कार्यालय र चतुराले स्वास्थ्य चौकीको आयोजना तथा मद्दत नेपाल र नेप अंश एसोसिएसन एण्ड नेप अस डेन्टल क्लिनिक काठमाडौको प्राबिधिक सहयोगमा चतुराले स्वास्थ्य चौकिमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सँगै वृक्षरोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सुमन तामाङले गाँउपालिकाले स्वाथ्य क्षेत्रलाई प्राथमिकमा राखेर काम गरिरहेको बताउदै नागरिकहरूको स्वास्थ्य प्रति चिन्तनशील रहेको र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि आफु सदैव प्रयासरत रहेको बताएका छन् ।
गएको सोमबार र मंगलबार दुई दिन राखिएको स्वास्थ्य शिविरम दाँत तर्फ ३३३ ले सेवा लिएको र जनरल तर्फ ४२० जना गरि जम्मा ७५३ जनाले सेवा लिएको वडा नम्बर ७ का वडाध्यक्ष रामकृष्ण तामाङले जानकारी दिएका छन् । उनका अनुसार शिविरबाट रोग पहिचान भएका बिरामीहरूलाई फलोअप गर्ने व्यवस्था मिलाईएको छ ।
गाउँपालिका र ७ नम्बर वडा कार्यालयको पहलमा स्वास्थ्य चौकी स्वच्छ र हरियाली बनाउने उद्देश्यले त्यहाँ भएका भिरपाखा र खाली जग्गामा समेत धुपी, कल्की, कपुर, तेजपत्ता लगायतका बोटबिरुवाहरू बृक्षारोपण गरिएको वडा अध्यक्ष तामाङले बताए ।
No comments:
Post a Comment