Monday, September 19, 2022

महासचिवमा बाहेक प्याकुरेल टिम बिजयी


विदुर । नुवाकोट निर्माण व्यवसायी संघको नवौं अधिवेशनले शैलेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।  महासचिवबाहेक सबै पदमा प्यानलै विजयी भएको हो । 

उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाको प्यानललाई पराजित गर्दै प्याकुरेल २२ मतले जितेका थिए । अध्यक्ष पदमा प्याकुरेलले १४१ मत पाए भने उनका प्रतिद्वन्द्व थपलियाले ११९ मत प्राप्त गरे ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर तामाङ, उपाध्यक्ष क्षेत्र नम्बर १ मा प्रज्वल कार्की, उपाध्यक्ष क्षेत्र नम्बर २ बाट रामचन्द्र श्रेष्ठ छन् । 

महासचिवमा सुशील फुयालले १३१ मत पाए भने उनका प्रतिद्वन्द्वी रमेश बस्नेतले १३० मत ल्याई एक मतले पराजित भएका छन् । सचिवमा शिवलाल श्रेष्ठ र कोषाध्यक्षमा श्यामबहादुर तामाङ, सहकोषाध्यक्षमा योविन्द्रसिंह थापा निर्वाचित भएका छन् । नुवाकोट निर्माण व्यवसायी संघमा २९३ जा मतदातामध्ये २६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यसै बीच, शुक्रवार निर्माण व्यवसायी संघ नुवाकोटका नव निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गरेका छन् । 

संघको कार्यालय विदुरमा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित पदाधिकारीहरूले सपथग्रहण गरेका हुन् । 

संघको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष शैलेन्द्रराज प्याकुरेललाई मुख्य निवौचन अधिकृत पवनराज खड्काले सपथ खुवाएका थिए भने अन्य पदाधिकारीलाई नवनिर्वाचित अध्यक्ष प्याकुरेलले सपथ खुवाएका थिए ।

अध्यक्षमा निर्वाचित प्याकुरेलले सबै निर्माण व्यवसायीहरूलाई एकताबद्ध गरेर लैजाने बताए । उनले साना निर्माण व्यवसायीको हकहितको लागि सदैव निर्माण व्यवसायी संघ लागीपर्ने बताए । 

संघको शुक्रवार भएको अधिवेशनमा महासचिव वाहेक सबै पदमा प्याकुरेल समुहका उम्मेद्धवार विजयी भएका थिए । महासचिवमा कृष्णप्रसाद थपलिया सुमहका सुशिल फुयाँल मात्रै विजयी भएका थिए । 

No comments:

Post a Comment