Monday, September 19, 2022

मापदण्डको पालना गर्न आग्रह

विदुर । कोभिड–१९ र डेंगु संक्रमणबाट जोगिन जनस्वास्थ्यका आधारभूत मापदण्डको पालना गर्न स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ । 

कोभिड–१९ को नियन्त्रणसँगै हाल डेंगु लगायत सरुवा रोग, विभिन्न संक्रामक रोग र नसर्ने रोगले मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिएको छ । 

त्रिशुली अस्पताल नुवाकोटका मेसु डा. दिपेन्द्र पाण्डेले कोभिड–१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधि तथा सरोकारवाला निकाय गम्भिर भएर लागेको स्मरण गर्दै हाल डेंगु तथा बिभिन्न सरुवा रोगको नियन्त्रणमा समेत सबैलाई सक्रिय हुन उनले आग्रह गरेका छन् । 

जिल्लामा हुन सक्ने सम्भाबित स्वास्थ्य जोखिमको आकलन गरि अस्पताल तयारी अबस्था रहेको बताउदै सबै निकायले हदैसम्म स्वास्थ्य मापदण्डको पालना गर्नका लागि समेत आग्रह गरेका छन् । 

अहिले त्रिशुली अस्पताल नुवाकोटमा दैनिक रुपमा डेङगुका संक्रमितहरू पुष्टि हुन थालेका छन् । डेङगुबाट हुन सक्ने संभाबित जोखिम नियन्त्रणको लागी अस्पतालले निःशुल्क डेङगु परिक्षण समेत गर्न थालेको छ ।

No comments:

Post a Comment